Thursday, December 24, 2015

My Husband

मेरो लोग्ने
हजारौ नर नारीहरुको धुइरो,
गाजा बाजा,नाटक,नतर्की,
भासन,प्रसंसा,बख्यनबाट, मेरो लोग्ने,

गराबाट आलीमा घाम तापेका भ्यागुता झैँ
गलाले थाम्न नसक्ने,माला पन्छाउदै,
पालै पालो सम्बोधन,र सुभकमनामा बेस्त मेरो लोग्ने,

श्रीमतीलाई माया गर्ने,सहयोगी लोग्ने,
लुगा धुने,भाडा माज्ने, मान्छे,नमुना पुरुष,
रक्सि नखाने, जुवा नखेल्ने,
वल्तिर,पल्तिर आखा लाउन नजानेको पत्नीब्रत,
कलियुगको सास्वत देवता,
जिबनी लेखिदै छ, एउटा एउटा .
मेरो आधा जिबन, मेरो लोग्ने.

महिला हिसाको बिरोधि,
महिला अधिकारको पहेरदार,
समाज रुपन्तरन्को अगुवा,
सबैले चिन्ने, आखाको नानी, मेरो लोग्ने,

बीच बीचमा परर ताली,
प्रतिबद्द गर्नेहरुको घुइचो,
किसिम किसिमका कसम,
नमुना पुरुषहरु मद्येको पनि नमुना मेरो प्यारो लोग्ने,

पत्रकारको मारामारी,
रेडियो, पत्रिकामा छ्याप्छ्याप्ती,
बाटो घाटो दुनियानै मेरो लोग्ने परि,

लाग्छ, उल्टा असर नभएको,
बांगे पानीको निर्माण कसैले गरिदिए,
म अधिकार उपभोग गरिरहन्थे, सधै नमुना मेरो लोग्ने.
(I would like to extend my sincere gratitude to women who trust me and share their stories)

Dignified Menstruation'

 Here in UK for talks around #DignifiedMenstruation