Thursday, January 21, 2016

Keep Intact your Dignity: A Letter to Daughter

प्रिय छोरी स्मारिका,
मिठो सम्झ्नना र माया ।

मलाई थाहा छ मलाई जती तिम्रो माया लागेको  छ, म जती तिम्रा लागि पलपल जलेको छु, तिमीलाई एस्को बारेमा पत्तोसम्म छैन र भैइ हालेपनि फेरी तिमीले ओठ लेप्राउने छौ, भन्ने छौ नौटन्की । किन भने मैले तिमीलाई नौ महिना पेटमा बोकेकी छैन, तिमी पेटमा आएपछी बिहान् बिहान् वाक्दै वाक्दै हिनेकी हैन, तिमीले बाँच्नका लागि पेट्भित्र गरेको सङ्रश अनुभुती गरेकी छैन। मैले आफ्नो खुट्टा नै नदेखिनेगरी पेट समाउदै सकी नसकी, घ्याचक घ्याचक गरी हिडदै  देखाउन गएकी पनि छैन। तेती मात्रै कहाँ हो र म तिमीलाई यो संसार देखाउन आतुर भएर असिन पसिन बन्दै, चिचौदै, फलाक्दै वरपर भएका मान्छे र भितो चिछोर्दै कनी कनी फुत्रुक्क पारेकि हैन। 

जब नेपाली समाजले निर्धारण गरेको बैबाहिक् उमेरले नेटो काट्दै गयो तेती नै मैले आफुलाई परिक्षामा उभाउदै लगे। म प्राय पास् पनि भये भने कहिले काही थप् प्रश्नहरुले गाजिये जुन साचिक्कै गाह्रो थियो । मेरा धेरै छोरीहरु जन्मे तर सधैं एक भएर। उमेर ढल्कदै गयो मेरो छोरीको उमेर पनि बद्दै गयो । मलाई आमा भनु भनेर आँखाभरी आसु गर्दै जसले मायाको भिख मागेको थियो उनिको फोटो मात्र मुस्किल्ले छ, खोजी गरिरहन्छु तर असफल मात्रै भएको छु तर जस्लाई मैले छोरी भनिरहेको छु उस्लाई पत्तो सम्म पनि छैन म कती समर्पित छु उस्का लागि ।

हो मैले धेरै छोरीहरु जन्माएको छु, उनिहरु आउछन आँखाभरी नाच्छन् ,  सपनामा आउछन गम्लाङ अन्गालो मार्छन्, माया गर्छन्, सपना सुनाउछन । मलाई शक्ती दिन्छन । हरेक बिहान् मैले उनिहरुकै सपना पुरा गर्न, उनिहरुको सुरछित जिन्दगीको क्यान्भासमा नयाँ नयाँ धर्का , सुर्यका किरण संगै ति धर्काहरु छितिज् सम्म पुग्छन, तरङ थप्छन, नयाँ नयाँ खाका कोर्छन ।कोही इन्जिनीयर बनेर अजङको पहाडलाई रोप् वे र पुल्हरु बनाउथे, कोही गाउ गाउ गएर सुत्केरी हुन नसकेर मृत्‍यु शैया मा छट्पतय्कि आमाहरुलाई जिबन दिन्थे,कोही कुशल प्रशाशक भएर देशको सेवा गर्थे, सदियौ देखी गाजिएको सामन्तबादि सस्कारलाई  धक्का दिन्थे, कोही विश्वा बिधालयको भिसी हुन्थे र शैछिक रुपान्तरन्को बहार लेउथे । उनिहरु कहिले तेह्रथुम पुग्थे कहिले रशुवा कहिले कर्णाली । कहिले दार्चुलाका पहिरोरोक्थे, कहिले टनक्पुर्को पीप निकाल्थे अनी कहिले सुस्तामा पहरेदार बन्छन भने कोही जनकपुरमा जानकी भएर जन्मन्छन । म प्रफुल्ल हुन्छु । मैले संसार हाक्छु, मेरो छोरीको पाहिलाहरुमा रम्दै उम्दै पुग्छु ।    मेरो छोरी लिबेरिया देखी ताईवानसम्म पुगेका छन र  पुग्छन अमेरिकाको नेत्रित्वमा पनि । म छोरा पाउदा खुशी हुन्छु नै, मुटुको टुक्रा सबैको सधैं प्यारो रहन्छ तर म मेरी छोरीसँग बडि गौरब गर्छु किन हो मैलाई थाहा छैन ।      

छोरी तिमी बेस्त त छौ नै किन भने समय एकदम प्रतिस्प्रधी छ तेसैले मेरो केही गुनासो छैन । तिमी के के गर्छौ,कहा कहाँ जान्छौ मैले जान्ने हक राख्दिन तर तिम्रो भबिस्यले सधैं सधैं पिरोलिरहन्छ, निन्द्राबाट बिउझिन्छ। छत्पट्टिमा बाचिरहनु भन्दा यो पत्र लेखोको छु ,बिन्ती छ पढ्नु, जसेछ भने जिबन्मा प्रयोग गर्नु शायद मेरो एही नै अन्तिम अनुरोध होला।   

तिमीले देखे जस्तो सिधा छैन जिन्दगी, तिमीले चाहेजस्तो सल् सल् बगिरहोस् । तिमीले गरे जस्तो मायालु छैन, जुन हरेक मुस्कानमा आत्मियता होस्, इमान्दरीता होस् । यहाँ त जे देखिन्छ, सुनिन्छ त्यो सत्य हैन, छैन । जो आफ्नो भनिन्छ त्यो आफ्नो हैन । यो जालजेल भित्र आफु भएर बाँच्न निकै सकस छ । जसरी आमा बन्न गाह्रो छ ।
समाज जे भन्छ त्यो मैले बेहोरिन, लाग्छ तिमीलाई पनि तेसै हुन सक्छ । तिमीलाई तिम्रो उमेर र प्राबिधिको बिकासले मेरो कुरा विश्वाश नलाग्न सक्छ तर मैले भन्नै पर्छ किन्भने यो मेरो धर्म हो अनी सबैलाई यो कुरा थाहा पनि हुँदैन जसरी मलाई थाहा थिएन किन भने अक्षर फोर्नु, अङ्रेजी बोल्नु, कम्प्युटर चलाऊनु , बिदेश देख्नु,  जिबन जिउनु हैन । साच्चै जिबन जे देखिन्छ त्यो हैन, जे भोगिन्छ त्यो पनि आत्मिय नहुन सक्छ अर्थात् परिबन्ध हुन्सक्छ ।  

तिम्रो शरीर तिम्रो हो कसैले छुन तिम्रो अनुमती बेगर सम्भब छैन । तर तिमीले थाहा नपाउने गरी, बिभिन्न कथा र टुक्का गासेर उनिहरु हरपल अग्रसर भैइरहन्छन। आफ्नो स्वार्थ पुरा गर्न जे हर्कत गर्न अगी पर्नेहरु स्वार्थ पुरा भएपछी तिमीलाई चिन्दैनन।  कल्पनाको, सिमापारीको कुरो जुन तिम्रो बाल्पन्ले विश्वाश गर्न गाह्रो हुन्छ म बुझ्दछु तर सत्य मैले भन्नैपर्छ । तिमीलाई स्कुल मा पडाउने शिक्षक, तिमीलाई भातिजी भनेर बोलाउने तिम्रो बाको साथी, तिमीले तिहारमा टिका लगाएको दाजु,तिम्रो कलेजमा संगै पढ्ने साथी, तिमिसङै प्रोजेक्ट गर्ने सबै सँग सतर्क रहनै पर्छ । मेरो अनुभब्ले भन्छ तिमीले तिम्रै बा सँग पनि सतर्क रहनु राम्रो हुन्छ । माया गर्छु जती भन्न सजिलो छ तेती यतार्थ तितो छ । जसले मलाई सम्मान गर्छु भने, जसले मलाई सद्भब गर्छु भने तिनले मलाई सोशे, चुडे, जलिरहेको आगोमा फलिदिए । जुन यो समाजले देख्दैन, देख्न सक्दैन,मैले देखाये भने फेरी देख्दैन, सुन्दैन र मलाई तोक लगाइदिन्छ बेस्या, नखर्मौली, सम्पत्ति देखेर मरी, कतै नबिकेर पारी, के के हो के के । तेसैले यो समाज तिमीले किताबमा पढ्ने गरेको जस्तो छैन, संबिधानले मागे जस्तो छैन मतलब तिम्रो लागि तेती अनुकुल छैन  । तिमीलाई प्रयोग गर्न, तिम्रो शिर झुकाउन, तिमीले झुक्ने गरेका महिलाहरु प्रयोग हुन सक्छन । यो जन्जाल्मा तिमी भएर बाँच्न गाह्रो छ तर हतास नहुनु सचेत हुनु, निर्डय भावनाले नगर्नु अनी नचुक्नु हुन्न, सक्दिन, भयो भन्न । जब जब अनान्य हुन्छ तब तब तिमीलाई पद्ले, पैसाले, रोक्न सक्छ, छेक्न सक्छ तर पनि पछी नपर्नु । बगेको पानीलाई सम्झेर तड्पी तड्पी काल पर्खनु भन्दा प्रतिकार गर्न नचुक्नु । हुन्सक्छ चुनौतिहरुको शुली लाग्न सक्छ, मुखमा माड नलाग्न सक्छ तैपनी स्वाभिमान्को लागि सम्झौता नगर्नु छोरी । समय नगुजार्नु । भोली कहिलै नआउन सक्छ । अस्तित्व र स्वाभिमान्को हत्या, आत्महत्या भन्दा पनि बडि खतरा हुन्छ त्यो पर्नेलाई मात्र थाहा हुन्छ । समय घरकिदै जादा झन एक्लो र सुन्य हुन्छ जिबन। मेरो समिप्य त झन सधैं पुर्णिमाको जुन जसतै स्पर्सबिहिन हुनेछ ।

लहै लहैमा लागेर तिमीबाट मलाई आक्रमण र शन्का उप्शन्का पनि भएका छन तर पनि मेरो केही गुनासो छैन फेरी पनि म तिम्रो आमा हो म त्यो सजिलै निल्न सक्छु, बिर्सेंको अनुभुती दिन सक्छु । तिमी तिमी भएर बाँच्न, तिमी स्वाभिमानी छोरी भएर बचेँको देख्न, तिमी सगरमाथा जसतै उचो भएर बचेँको हेर्न रहर छ मेरो,  जुन आजदेखी लगानी नगरि सम्भब छैन।

हो म फेरी पनि सबै मेरा छोरीहरुको साहरा बन्न सक्तिन तर एउटा छोरीको भने पक्कै सक्छु, मलाई तिमी ठुलो भएर केही दिनु र गरिदिनु पर्दैन तिमी जस्तै एक छोरीको साहरा बनिदिनु म तेसैमा सन्तुस्ट रहनेछु .
आफ्नो स्वास्थेको ख्याल गर्नु, ५ महिना भन्दा लामो तराइको बन्दले जन जिबन बिशेषगरी छोरीहरुको जिबन झन चुनौतिपूर्ण बन्दै छ, हरेश नखानु। फेस्बुकमा धेरै नझुन्दिनु तर अप्डेट भने दिदैगर्नु मा तेतै एक्लै एक्लै भेटौँला।

तिम्रो माया गर्ने आमा ।
राधा 
जन २२, २०१६


   

Dignified Menstruation'

 Here in UK for talks around #DignifiedMenstruation