प्रिय
छोरी स्मरिका,
मिठो
सम्झना र माया ।
तिमीलाई
लाग्दो हो यो महिला
कती किच किच गरेकी
छे। ,dलाई लागिरहेको छ
कस्तो बिडम्बना हो । मैले
नबोले कल्ले बोल्ला अनी अहिले नबोले
कहिले बोल्ने भनेर यो पत्र
कोर्दैछु किन्भने म तिम्रो फेस्बुक
को अपडेटले तर्सिएको छु । तिमीलाई
पनि स्व्सोतनी ब्रतकथामा सामेल् हुन नपाएर छट्पटी
भएको छ, तिम्रा हितैसीहरुले
बेलायत र अमेरिकाबाट चिचfएकf छन; हे
अगस्तमुनी …………………कुमार जी आग्या गर्नुहुन्छ
.....
सकी
नसकी, भ्याइ नभ्याइ कुनै मन्दिर वा
जमघट वा साखु सालीनदी
जानु मन छ भने
hfp . म
नजाउ भन्दिन, जान हुन्न भन्दिन,
जानु पर्छ , एस्तो कृयाकलाप महत्वपूर्ण छ किन कि
तिमीले साथी भाई चिन्नु
पर्छ, उनिहरुको भावना, बिचार र
अभ्यास कस्तो रहेछ थाxf पाउनु
जरुरी छ । त्यो
भन्दा पनि महत्वपूर्ण कुरा
त्यहाँ भेला भएका सबै
मानिस् धर्म गर्न आएका
हुन कि अरु कुनै
स्वार्थ छ त्यो पनि
बुझ्नु जरुरी छ। सबै भन्दा
खाटी कुरो त धर्म
गर्ने अाउनेहरुलाई साचिक्कै उनिहरुले धर्म गरिरहेका छन
कि छैनन वा समाजलाई
सकरात्मक् वा नकारात्मक कतातिर
लाग्दैछन सो बुझ्नु पर्दछ।
तर यि सबै कुराको
सुची पुरा गर्नु अघी
पहिले तिमी त्यो स्वस्थानी
ब्रतकथा पड, तिमी अङ्रेजी
भाषामा पडेकी हुनाले केही समय लाग्न
सक्छ, सुन्न मन भये सुन्न
पनि पाईन्छ ईन्टरनेटमा । हतार नगर्नू
। पड्दै गर्दा केही प्रश्नहरु मनन
गर्नु; कथा कहिले लेखिएको
होला, तिम्रो साईन्स मा भनेजस्तो लाखौं
बर्ष पहिले कि, टि.भी
, फोन , वा जिब बिज्ञानको
शिछण् हुन थालेपछी वा
कहिले ? घोत्लिएर खोज्नु मान्छे कसरी जन्मन्छ ? सोच्नु
तिमी बिज्ञानमा विश्वाश गर्छौ कि प्रकिर्तिमा कि
अन्य कुन दर्शनमा ? फेरी
सोच्नु तिमीले प्रयोग गर्ने सबै बस्तु कल्ले
बनायो ; बिज्ञान, धर्म, प्रकिर्ती आदी आदी ।
सोच्नु त्यहाँ तिमी जस्तै केटी
छन कि छैनन, केटीको
भूमिका के हो, उस्ले
आफ्नो निर्डय गर्न पाउछे कि
पाउन्न, उस्को शरीर, सम्पत्तिमा अधिकार हुन्छ कि हुन्न ? तिमीले
अधिकार प्रयोग गरे तिमीले सजाय
पाउने हो कि पुर्स्कार
। यो पनि सोच्नु
विवाह कहिले गर्ने हो ? बहु विवाह
तिमीलाई स्वैकार्य छ कि छैन?
के लोग्ने मनिषहरु यो वा त्यो
बहनामा बहु विवाह गर्न
सक्छन वा गर्नु हुन्छ
? के ध्यान गर्दैमा, पूजा गर्दैमा कसैले
बिना परीश्रम सम्पत्ति प्राप्त हुन्छ ? के बिना पसिनाको
सम्पत्ति भ्रस्ट् सम्प्ती हो कि वा
कुनै ?
सम्झनु
तिमी कुन सताब्दिमा हिड्दैछौ
? तिमीले बिदेशमा रहदा बस्दा तिमीले
के देखेकी छौ, कती पटक
रमाउन सकेयू तिमी अनी कती
पटक तिम्रा आँखा रसाये , तिमी
कती पटक हेपिएउ , तिमी
कती रात् चोट लागेको
स्वाभिमान च्यापेर सुक्क सुक्कायेका छौ।
मैले
एसो भनिरहदा तिम्रा साथी मसित रिस्ले
मुर्मुरिन सक्नेछन कतै तिमी पनि
उनिहरुको प्रभाब् मा पर्नेछौ, मलाई
गाली गर्न सक्नेछौ अनी
मलाई गाली गर्नेहरु मौरिको
गोलो खनिएझै खनिन सक्नेछन तर
पनि हतास नहुनु र
स्वस्थानी ब्रतकथाका एक एक पक्तिका
अर्थ खोज्नु, जिबन खोज्नु, बिदेश
र नेपालको बिकासको तुलना गर्नु ।मैले तिमीलाई धर्म नगरने भनेको
हैन, हाम्रो हिन्दू धर्म खतम छ
भनेको हैन। धर्मले जिबन
दिनु पर्छ, नयाँ पुस्तका लागि
गोरेटो खन्नु पर्छ । नेपालमा
आजको दिन्मा देखिएको बाल विवाह, चाडो
विवाह, अनमेल विवाह, बहु विवाह, के
एही ब्रतकथाको पारिडाम् हो
त ? के
यि सबैको धरातल स्वस्थानीब्रतकथा नै
हो त ?
यि सबै प्रश्नहरुको उत्तर
खोजेर तिमी जानु सालीनदिमा
। त्यहाँ पनि तिमी एसै
जान पाउनउनौ अर्थात तिमी केही प्रश्नहरु
लिएर जाउ। हेर साली
नदी कसरी बगेकी छन
अर्थात बग्न सकेकी छन
कि छैनन ? तिमीलाई बग्न नसकेकी साली
नदी प्रती सन्का लाग्छ भने मात्रै आधी
घण्टा हिंडेर नदिको मुहfन तिर
जानु कस्ती छ साली नदी
? धर्मfलुले साली नदी
मैलाएकी साली नदिले धर्मfलुलाई ।
हेर्नु धर्म गर्ने आउनेहरुलाई
- उनिहरुले फल्फुल्का बोक्रf, कागत, पलास्टिक
कहाँ थन्काउछन्, चर्पी कहाँ जान्छन, खानेकुरा
के र कसरी खान्छन
। उनिहरुको बहनामा आउने अरु पसलेहरुको
फोहोर बेब्स्थापना कस्तो छ। बिदेश्मा मन्दिर
होस् वा चर्चा वा
मस्जिद कती सफा र
सुन्दर हुन्छ, खै हाम्रा धर्म
का गयो । धर्म
गरे भनेर भनिरहदा उल्तै
प्रकिर्तिको धर्म, समाजको रुप, भाबी पुस्ताको
अधिकार खोसिरहेको भान हुन्छ। तिमीलाई
नलाग्न सक्छ तर मलाई
बागमती सफै अभियानकf अगुवा
पूर्व सचिब लीलामनी
पौडेल सँग पनि दिक्क
लागेर आउछ। बागमती सफै
२०१२ साल्देखी सुरु भएपनी समुदायको
बेक्ती अगुवा भएको छैन वा
समुदायको बेक्तिले अगुवा लिन सक्छन वा समुदय्को अगुवा
महत्वपूर्ण छ भनेर परिकल्पना
पनि गरिएको छैन। फोहोर उतपादन्
गर्नेहरु, खोलको छेउमा बस्नेहरुको नेत्रित्व स्विकारीदिएको भए, फोहोर फाल्नेहरु
जिम्मेवारि हुने वा रहने
सस्कार् बसाएको भये अहिले साली
नदी हरेक माघ महिना
आएपछी किन सघुरिन्थ्यो, किन
पिल्सिन्थ्यो ? तेसैले छोरी तिमी त्यस्तो
अगुवा पनि नबन्नु अनी
त्यस्तो हेरेर पनि नबस्नु ।
साच्चिकै तिमीलाई नेपाललाई केही गरुभन्ने लागेको
छ भने साली नदी
सफा बगाइदेउ अनी स्वस्थानी ब्रत्कथाको
पुनर्लेखन गरिदेउ । एक्कैसौ शताब्दिको
जसको हात हत्मा स्मार्ट
फोन छ, संसारलाई सेकेन्ड
सेकेन्डमा निहलिराहेको छ उस्ले एती
तर्कहिन कुरामा अल्मलिरहनु हुँदैन। एसरी अल्मलिनु वा
अल्मलाउनु नै गलत कुरा
वा मेरो लागि पाप
हो ।
छोरी
यो देशको पहिचान तिमीले र तिम्रो समुहले
फेर्नु पर्छ अब, असम्भब
केही छैन। थैल्यान्ड, अष्ट्रेलिया,
अमेरिका संगै जिउन सक्छ भने
हामी किन संगै जिउन
सक्दैनौ ? तिमी जस्ता युवाहरु
सधैं बिदेश जाने, पढ्ने, उतै बस्ने, नबसे
पनि देशका लागि केही नगर्ने
गर्दा गर्दै हाम्रो यो हालत भयो।
हामीले जोगाउनु पर्ने सस्कार्, हामीले फुलाउनु पर्ने नाक अरु नै
छन। हामीले मान्दै आएको धर्म भित्र
एस्ता धेरै अभ्यास छन
जुन संसारभर नै अनौठा र
संसारलाई नै जोड्न सक्ने
मान्यता छन । सबै
जात, धर्म, क्षेत्र आदिमा अभ्यास गरिएको सस्कार् मित लगाउने, सँग
संगै बच्ने, स्बैलाई समान हैसिएत्मा देख्ने
हाम्रो सस्कार् हराएको छ जहाँ हामी
शान्तिको लागि, द्वन्द बेबस्थापन् गर्न प्रयोग गर्न
सकिन्छ। तेस्तै हामीले मान्ने चाड चाहे जुनसुकै
जात्का लागि भनियोस, नेपाली
सबैले मान्ने चलन, समुह समुहमा
मिलेर बस्ने, सहयोग गर्ने सस्कार् आदी आदी ।
छोरी हामीले धेरै कुरा हामीले
आँफै गुमाएउ अर्थात देखाउन् कोशीस नै गरेनौ ।
आफ्नो शिर ओस्त्रिच चराले
टाउको बलुवमा लुकाये झै हामीले पनि
हाम्रो सभ्यता, हाम्रो सस्कार् लुकायेउ र बेक्तिगत नाफा,
नोक्सानको लत्मा हाम्रो अस्तित्व मेटाएका छौ, म त्यो
भिड्मा एकलो भएको छु,
मेरो आबज मेरै भन्नेहरुले
हावामा चुरोट्को हावासङै उडाइदिय, रक्सिको चुस्किमा उल्लैदिये तेसैले छोरी अब तिम्रो
साथ् चहिय्को छ अब मलाई
र मेरो आमलाई अनी
सबैको आमालाई।
छोरी
मैले स्वस्थानी ब्रत्कथा पठाइदिएको छु सके पछी गरुन
पुराण पनि पढ्नु र
मलाई ईमेल गर्नु।
ज्यानको
ख्याल गर्नु, अनी फेस्बुक अप्डेट
गर्दै गर्नु ।
तिम्रो
उही माया गर्ने आमा
राधा