मान्छे अचम्मैमा बाच्छ,
गिदी जातो झै घुमिरहन्छ,
मन उडिरहन्छ चरा झै ।
कसको नियम,कसको माया,
वाहियात् हो मान्छे,
किन् भने,
अस्तित्वसंगै छोड्पत्र भैरहन्छ ।
मृत्युलाई सिरानी राखेर,
सुत्न सक्छ मान्छे,
मृत्यु सँग बारम्बार बार्ता गरिरहन्छ ।
मलामी जान्छ आफ्नो,
किर्या गर्छ,
तर्सिरहन्छ आफ्नै छाया सँग ।
गुजुल्टो परेर हराउछ,
देख्छ संसार तेही,
पोलिन्छ आगोमा, चिरिन्छ चर चर् .
दुखेको छ देखाउन् सक्दैन,
हुतिहारा मान्छे,
हारेको छ पल पल,
जितेको शान झार्छ मान्छे ।
साच्चै,
मान्छे अचम्मैमा बाच्छ।
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...