Tuesday, January 26, 2016

मान्छे अचम्मैमा बाच्छ,

मान्छे अचम्मैमा बाच्छ,
गिदी जातो झै घुमिरहन्छ,
मन उडिरहन्छ चरा झै ।

कसको नियम,कसको माया,
वाहियात् हो मान्छे,
किन् भने,
अस्तित्वसंगै छोड्पत्र भैरहन्छ ।

मृत्‍युलाई सिरानी राखेर,
सुत्न सक्छ मान्छे,
मृत्‍यु सँग बारम्बार बार्ता गरिरहन्छ ।

मलामी जान्छ आफ्नो,
किर्या गर्छ,
तर्सिरहन्छ आफ्नै छाया सँग ।

गुजुल्टो परेर हराउछ,
देख्छ संसार तेही,
पोलिन्छ आगोमा, चिरिन्छ चर चर् .

दुखेको छ देखाउन् सक्दैन,
हुतिहारा मान्छे,
हारेको छ पल पल,
जितेको शान झार्छ मान्छे ।
साच्चै,
मान्छे अचम्मैमा बाच्छ।

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,