Wednesday, January 27, 2016

मन

मलाई फेल गराउछ घरी घरी,
मस्तिस्क जस्तै नाप्न खोज्छु,
शरीरनै चलाऊने तारहरु झै,
चौबिसै घण्टा लरी लागिरहने,
केस्रा केस्राहरु खोजिरहन्छु,
भेट्दिन् कतै,
थाके, वाध्य भएर भन्छु,
मन छ कतै, बिलाएर चिनि जस्तै,
कहिले प्रिथिबी भन्दा ठुलो,
कहिले पुर्णिमा भन्दा चम्किलो,
कहिले आकाश जसतै,
कहिले बादल जसतै ।
माग्दैन खान मस्तिस्क्ले जस्तो,
पम्प चाहिन्छ सधैं सधैं ।
दु:खछ, पोल्छ सब हरम गर्छ,
अचानक हावा फुस्किन्छ, स्खलित हुन्छ।
पासोमा झुन्डाउछ, छिन्मै अस्ताउछ ।
मैले जित्न छोडेको छु मन सित,
किन्भने उमेरो जित सँग इर्स्या गरिरहन्छ।
मन मैले हारेको छु ,
तेसैले सोधिन प्रोफेसर सँग,
खै तिमी कहाँ छौ ?

Dignified Menstruation'

 Here in UK for talks around #DignifiedMenstruation