Saturday, January 30, 2016

उपहार यो टाइडल भोलुम

एक मुठी सास भन्छन,
होला र खै,
कोलाप्स् हुँदै गएको फोक्सोको टाइडल भोलुम ?

चिचायर् लिएको,
एक अङुल सास,
फुक्दै गएको फोक्सोको टाइडल भोलुम ।

आउछ र जान्छ,
कसैको बसमा नभएको,
यो मापाको टाइडल भोलुम ।

तर एक अजिब,
फ्रकन्न कहिले,
होस् झुकिएर,धम्कएर सकिएको टाइडल भोलुम ।

न पैसाले किन्छ,
न प्रेम् ले,
गर्छ जे सक्छ दैबले,
बिधताको उपहार यो टाइडल भोलुम

Dignified Menstruation with UN in Nepal

 Dignified Menstruation with UN in Nepal  UN Residence Officer and UNFPA Country representative at Un RC office.