Tuesday, January 5, 2016

उत्कृष्ट उखान बन्छ ।

निराशाको चक्रब्यूहबाट उम्केर, रबिकिरण सँगै उदाउन खोज्छु,
बाक्लो हुस्सु एकाएक उपस्थित हुन्छ, कक्राउछ बेस्सरी,
साता दशदिन्को आयु सकेर, हुस्सु हराउछ पहाडका थुम्काहरुमा,
हात खुट्टा चल्मलाउन कोशीस हुन्छ, तर मुटु खुम्चिरहन्छ,
न फुर्छ सुर्य सँगै, पडिरहन्छ गहिरो चोटको अनुभुतिहरुमा ।

आकाशको तारा दोहोरिन थाले, बाफ बनेर ठाडो तुसारो पनि,
माटो उस्तै बास्ना छरिरहेछ, झर्ना अंगालेर चुबन,
हराइरहेको मानबियता बोल्दैन, उठ्दैनन कर्मठ् पाखुरिहरु,
परेली झिम्कनन, धड्किन्नन् नाडी नर्नाडी पनि,
किर्तिम मुटु चल्छ, रोबर्ट, रिमोट थिच्छ,पडिरहन्छ भुकम्पे टहरोभित्र ।

मान्छे रङ फेर्छ, भुगोल्ले, जिन्ले तर फेर्दैन जब गाडा निलो हुन्छ,
तेही गाडा रङ शन्तिको रङ सदा सदा सबै लिप्त हुन्छ,
कर्जा लिएको लिएअै, खुइलिएको सम्मान र स्वाभिमान धितो राखेर,
खोज्दिन अब साछिहरु, सम्झिन्न तारेकका दिन्हरु पनि,
पुषको जाडो, त्रिपाल्को बास एउटा बहाना, उत्कृष्ट उखान बन्छ ।

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...