Saturday, March 19, 2016

म पागल हो।

हो रे,
म पागल रे ,
होला ....होला....
बैध्य बाले भनेका रे,
बिद्या बारीधिको निचोड् रे ।
के रे,
नेता रे
प्रगतिशिल नेता रे,
मानब अधिकारबादि नेता रे ?
बरिस्ट नेता रे,
मन्त्री रे,
प्रधान मन्त्री रे,
वकिल रे,
जे जे पो होस्,
पागल बनाउने तही होस्,
पागल भन्ने पनि तही होस् ।
+++++
हो
म पागल हो,
किन भने,
नसहने भएको छु म,
कुरो बुझ्ने भएको छु म,
कुरो सुन्ने गरेको छु म ।
थाहा छ,
न्याय र अन्याय छुटाउने बिबेक छ आज,
म लली पप्मा झुकिन्न आज,
लोभिन्न कुनै पद र पैसाले पनि ।
तेसैले म पागल हो,
तिम्रो पागल्पन्को पोल खोले मैले,
तिम्रो पद र प्रतिस्टामा धाबा बोले मैले,
तेसैले म पागल हो।
+++++
हिम्मत छ,
मेरो औषधी गर्न?
हत कडिले बाधेर मामाघर पुरौन,
हेरौ,
कोजान्छ जेल, को खान्छ धुलो,कोलाउछ बुटि।
हुन त,
तिम्रो पैसा छ,
पद छ,
एक हुल तिमी जस्तै मान्छे छन,
तिम्रो आबाज चर्को हुदो हो,
सबै बलेकै आगो ताप्दा हुन,
किन्भने,
उनिहरुलाई डर छ कतै,
तिम्रै हबिगत हुन्छ कि भनेर ।
++++
केही भन्नेहरु, केही गर्नेहरु,
सत्य कोपक्षमा उभने हरु,
यहाँ पागल भनिन्छन, पागल बनैएन्छन्,
तर म हत्ने छैन,
बोल्न सकुन्जेल म बोल्छु,
सकिन भने, मेरा शब्दहरु बोल्छन,
सोक्रेट् पागल हुन्थे यहाँ,
हुन्थे राईट दाजुभाइ,
पागल कै दर्जा पाएकी हुन,
माया अनजलु अनी योग्माया,
के भो त अर्को एक पागल थपिएर,
किन्भने,
यहाँ पागलहरु चाहिएको छ,
देश रोएको छ,
नभएर पागल्हरु ।
             
 
This is dedicated to all victims/survivors  who is blamed as crazy or madness by perpetrators by using power in a way and the other around. Thanks to all survivors who trusted me for sharing their pain and sufferings

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...