Tuesday, November 19, 2019

NRN: Social Work Vs Culture

जन्मभूमिमा समाजसेवा र कर्मभूमिमा सस्कृतिको मोह
झन्डै टुंगिन आटेको लेख थन्काएर अमेरिकाको रास्ट्रपतिय चुनाब झैँ सामाजिक संजाल तताइएको गैर आबासिय नेपाली संघको चुनाबतिर एकाएक लगाब भो | हुन त यो बिषयमा लेख्न लामो समयदेखि मुलुक भित्र र बाहिरबाट दबाब नआएको भने हैन |


गैर आबासिय नेपाली संघले मुलकभित्र र बाहिर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आर्थिक स्तरोन्नतिका लागि भूमिका खेलेकोमा कसैको दुइमत हुन् सक्दैन | त्यस्तै गैर आबासिय नेपाली संघभित्र  केहि प्रागिक र उधोगीका अपवाद बाहेकको जिबनी कम संघर्षपूर्ण पनि छैन | प्रबिधि र प्रणालीका कारण अवसर र गरिबीको थिलोथिलोबाट उम्किएर करिब २०० वर्ष अघिको बाटो तय गरिसकेको प्रणाली र संगीसंग प्रस्तिस्प्रधा गर्दै स्वाभिमान जोगाई राख्न पनि उतीकै सकस छ |

यसका अतिरिक्त, बिदेशमा दशकौ वर्ष जानेर, बुझेर, पनि थुप्रै गर्न सकिने, गर्न  हुने कुराहरु किन हुदैनन् होला, किन गरिदैन होला भनेर मन अमिलो भैरहन्छ | बेलाबखत जम्का भेट भएका बेला सम्बाद त गरिएकै छ तथापी आम गैर आबासिय नेपालीहरुलाई पुन:स्मरणका साथै आगामी नेतृत्वले मनन गरोस भन्ने हेतुले यहाँ केहि उदाहरण पेश गर्ने जमर्को गरिएको छ |

कर्मभूमिमा केहि वर्ष काम गरिसकेपछि आफ्नो जन्मभूमिलाई सहयोग गरु भन्ने भावना आउनु स्वाभाविक हो | तर यसले सामाजिक रुपान्तरणमा दिर्घकालिन प्रभाब पार्न सकेन भने सामाजिक संजालमा फोटो सेसन, कुनै पत्रिकामा छापिनु बाहेक कुनै अर्थ रहदैन | गहिरो निष्ठा, सहि बिधि भयो भने जतिसुकै जटिल समस्या पनि सम्बोधन गर्न नसकिने भन्ने हुदैन | तर त्यसको दिर्घकालिन प्रभावको लागि कम्तिमा पनि ५-१० वर्ष लगातार त्यो विशेष ठाउँ वा सबालमा काम गरे मात्र अर्थपूर्ण प्रभाब ल्याउन सकिन्छ | जसका लागि सहयोग गर्ने र कार्यान्बयन गर्ने दुवै पक्षले त्यो ठाउँ, वा सवालको बिभिन्न पक्षहरुको बिस्तृत बिस्लेषण गरेर मात्र सम्भब छ | जसको लागि धैर्यता, निष्ठा र मोटो पैसाको जरुरत पर्दछ |आफ्नो पैसा वा समय सबै समर्पण गरु भन्ने मै जस्ता बहुलाहा भेटिन त जति गारो पर्छ त्यतिनै राम्रो पनि लाग्दैन | तर गर्ने नसकिने भन्ने भने होइन | जति नै थोरै रकम भए पनि कुनै एउटा सबाल वा क्षेत्रमा अरु योजना वा समुदायसँग मिलेर कम्तिमा पनि ५ वर्ष काम गर्ने हो,त्यसको नियमित अनुगमन गर्ने, कर्मभूमिका पद्दतिलाइ परिवेश अनुसार अनुशरण गर्ने हो भने कम्तिमा पनि मध्यमस्तरको प्रभाबका लागि काम गर्न सकिन्छ | तर त्यस्तो हुन् सकिरहेको छैन | घर, माइत, मावली, ससुराली, पूर्व, पश्चिम, हिमाल तराई, चेपांग, अपांग, आफ्नो पाटी, आफ्नो जाति र साथी आदि सबै ठाउमा कनिका छर्ने पद्दतिको साझी हु म | एउटा झोला वा एक वर्षको छात्रवृतिले गरिब केटीको गुणस्तरीय शिक्षा प्राप्त गर्न अनुकुलन बाताबरण बन्न वा बनाउन सकिदैन अर्थात् यो समाजसेवाको `च्यारिटी मोडेल' मिती गएको औषधि जस्तो भयो | आजभन्दा करिब १५ वर्ष पहिले नेपालमा संरचना नबन्दा जति यो छात्रवृत्तिको महत्व छ त्यति आज छैन अर्थात् छात्रवृतिको मोडेल फेर्नु पर्दछ | अलिक गहिरिएर मानब अधिकार र शुसाशन केन्द्रित गरेर समाज सेबा गरिनु पर्दछ | गरिबी र पिछडिएको नेपालको पहिचान बनाउन बाध्य समुह र क्षेत्रमा पुग्ने पुराउने बाताबरण सिर्जना नबनाएसम्म प्वाल भएको घैटोमा पानी भर्न मरिहत्ते गरेजस्तो हो | कति मोटो पैसाको समाज सेबा भन्दा पनि कति चुस्तदुरुस्त र कति नतिजाको समाज सेबा आजको नेतृत्वले बुझ्नुपर्ने हुन्छ |अनुसन्धानमा आधारित सुशाशन सहितको समाज सेबा गरेर देखाउन सके मात्र इतिहासमा गैर आबासिय नेपाली संघप्रति गौरभका गाथा गाइनेछन् |आजभोली त सहयोग गर्ने कुरा पनि फेशन जस्तो भएको छ | पैसा कसरी उठाउने, कसका लागि उठाउने, त्यसको अनुगमन कसरी गर्ने, पारदर्शिता, इमान्दारिता,प्रभावकारिताका लागि कुनै मापदण्ड नै छैन | कसैको नाम पारेर पैसा उठाइन्छ, संचार माध्यममा दोहोरो तेहोरो आउछ तर कति उठ्यो पनि थाहा हुदैन, जसका नाममा उठाइएको हो त्यसले पाए कि पाएनन्, काम भयो भएन, कसरी भयो आदि केहि पनि थाहा हुदैन | कसैको नाम नपारी उठेको पैसामा आयोजकको मनोमानी वितरण हुनसक्ला तर नाम पारेर उठेको रकम पाउने उही व्यक्ति, सस्था हुनुपर्दछ |आफ्नो पायक पर्ने ठाउमा मात्र कार्यक्रम र स्थलगत भ्रमण गर्ने अभ्यास भएसम्म साचो अर्थमा नेपाली आमाको सेवा हुन्सक्दैन र आगामी पुस्ताले पनि त्यही सिको गर्न सक्छन |आफ्नो देश घुम्न समय छैन, सुरक्षा छैन, फोहोर छ भनेको आफैले सुन्नु पर्दाको पिडा यी दुइ चार थान वाक्यले के पुग्लान र |  मलाई थाहा छ धेरै पाठकहरुलाई मेरो कुरा मन पर्ने छैन किनभने यो प्रस्तावित पद्दतीले खादा  र सम्मानको दुरुपयोग हुन् दिने छैन, त्याग र तपस्याबिना, पैसाले किनेर रातारात समाजसेबी हुनेछैनन् | सबैभन्दा ठुलो र महत्वपुर्ण कुरा चुनौतीहरुको सहि बिस्लेषण,मातृभूमिको वास्तविक धरातल र निस्वार्थ समाज सेबिहरु जन्म हुनेछ | अन्यथा सहयोगले झन् असहयोग गर्छ | तसर्थ पत्रिका, सामाजिक संजालमा प्रचारप्रसार गर्न, समाजसेबी घोषणा गर्न प्रतिस्पर्धा गर्नुको सट्टा अति दुर्गम, अति बिपन्न, पछाडी परेको/पारिएको समुदायका लागि पुग्न सकिने, कर्मभूमिको सिकाई र ज्ञान प्रयोग गर्न सकिने निश्चित मापदण्ड बनाएर गर्न सके गैर आबासिय नेपाली संघको शिर अझै उचो हुने मात्र नभई नेपाल सरकारले नै अनुशरण गर्ने वा विज्ञ वा साझेदार सस्थाको रुपमा अघि जान्थ्यो जस्तो लाग्छ |
त्यस्तै नेपालको मौलिक सस्कृति संसारभर फैलियोस भन्ने त सबै गैर आबासिय नेपालीको चाहना हुन्छ नै र प्रयाशहरु भैरहेका छन् जसको जति नै प्रंशसा गरे पनि थोरै नै हुन्छ | तर कहिलेकाही सस्कृतिको नाममा गलत अभ्यासहरुलाई बढावा दिएको देख्दा अचम्म र दुख दुवै लाग्छ| उनीहरुले आयोजना गरेको कार्यक्रम समयमा शुरु भएको अनुभब नै छैन मेरो | `नेपाली टाईम हजुर' भनेर घन्टौ कुराउने, दर्जनौ व्यक्तिहरुलाई ड्यासमा राख्ने, बिषयबस्तु बाहिर गएर लम्बेतान भासन गर्ने, असल भन्दा पनि सम्पति, राजनीतिक दल, जातको पछी लाग्ने, महिलाहरुको सहभागिता नपचाउने, र केहि सिक्न गर्न भन्दा पनि देखाउन कार्यक्रम पद्दतिले निराश बनाउँछ | नेपालमा भएका पद्दति र भ्रस्टाचार बिरुद बौदिक बहस र खबरदारी गर्नुको सट्टा त्यस्तै आचरण दोहोराउने, दोहोरो र ढोगी चरित्र देखिएको छ |संगठित भएको झन्डै दुइ दशक हुदै गर्दा, आर्थिक, बौद्धिक समूहहरु निर्माण गर्दैगर्दा अलिकति `कम्फर्ट जोन ' पार गरेर जन्मभूमि र कर्मभूमिका सामाजिक विसंगति प्रति एकाध पटक चुनौती मोलेर सत्यको पक्षमा उभिने, दिर्घकालिन समाज रुपान्तरणमा प्रतिबद्द रहेको गैर आबासिय नेपाली संघ हेर्ने रहर गर्दा कुनै गल्ति हुदैन होला|
प्रबिधि र प्रणालीले खारिएको गैर आबासिय नेपाली संघको गतिविधिले हरेक दुरदराजमा बसेको , बहिस्करणमा परेको नेपालीलाई सधै ऊर्जा मिलोस, एक उदाहरण बनोस भन्ने चाहना हुन्छ तर बास्तबिकता अर्कै छ | पैसा हुनु वा सर्टिफिकेट हुनु नै सबै थोक भन्ठानेर, अन्यायमा परेका, पर्न सक्ने व्यक्ति वा समूहका बारेमा बुझ्न, सुन्न नखोजी, प्रबिधि र प्रणाली संगति, सुझाब दिनु अर्को गम्भीर समस्या हो | अझै डरलाग्दो त कुनै पारिबारिक वा सामाजिक हिंसा बिरुद चुपचाप लाग्नु, बोलिहाले पनि सामाजिक संजालमा पोखिएको सुचनाको आधारमा अबधारणा बनाउनु |जसरी अधिकाम्स महिलाहरु नेपालमा पिडित छन् त्यसैगरी प्रदेशमा पनि आफ्नैबाट थुप्रै महिला हिंसाका घटनाहरु लुकेका/लुकाइएका छन् | केहि गरि महिलाहरु बोलिहाले भने महिला नै उस्तै हुन्, खतम थिइ जस्ता दोष देखाई महिला नै एक्लै बनाएका उदाहरण छन् |एकाद पुरुषलाई छोडेर अधिकाम्स पुरुषको आचरण नेपालमा संचार र जगतको पहुच भन्दा बाहिर रहेका पुरुष जस्तै लाग्छन वा सस्कृतिको नाममा महिलामाथि दमन गरिरहेका छन् | यतीसम्म कि के खाने, के लगाउने, कसलाई भेट्ने, सम्म पनि रातदिन हड्डी घोटेर कमाउने महिलाले भन्न/गर्न नसकेको अवस्था छ |सामाजिक संजालमा हामीले देखेको सबै कुरो सत्य हुदो रहेनछ भन्ने मेरो आफ्नै दुइ पटक गरेर करिब तिन महिना बेलायत, ५ पटक गरेर करिब ८ महिना अमेरिका र अन्य मुलुकमा करिब ४ महिनाको आफ्नै अनुभवले नेपाली र गैर नेपालीको संगतले भन्न सकेकी हु |एकाद पुरुष अशल र एकाद महिला पीडक हुदै नभएको भने होइनन जसलाई हामी सामान्यीकरण गर्न सक्दैनौ र हुदैन पनि |

नेपाली सस्कृति चाहे त्यसको आधार जुनसुकै धर्म, जात वा क्षेत्र होस् सबैमा केहि न केहि बिशेष र पुनरात्पादन गर्न लायक छन् तर त्यसको न गहिरो अध्ययन छ न प्रचार नै | तर जुन क्रियाकलापले नेपाल र नेपालीको सगरमाथा निहुरिन्छ, गौतम बुद् लजाउछन् त्यस्ता गतिविधिलाई सिंगो गैर आबासिय नेपाली संघ र महिला विभागले नेतृत्व लिएर प्रबाश न्यायपूर्ण सस्किर्ती सिर्जना गर्दै जन्मभूमिमा भएका हरेक किशोर, किशोरी र सम्पूर्ण नेपाली समाजलाई उत्प्रेना र दिशाबोध गराओस भन्ने चाहना छ | 
(थप अर्को अंकमा)

 Tuka Chhetri Sandwell, her son James Sandwell were here in Nepal and visited Bhaktapur, Sipaghaat, Parasi (Tihar celebration), Gorkha Kalik...