कोरोना कहरमा महिला
हैन हैन, छैन छैन भन्दाभन्दै, केहि डर, केहि
बाध्यता, केहि जिम्मेबारी, केहि भाबना, केहि येक्यबदाका साथ नेपाल सरकारले चैत्र ५
गतेबाट स्कुल, बिस्वबिद्यालय अनि धेरै गतिबिधि औपचारिक रुपमा बन्द गर्यो कोभिड १९ संग लड्नको
लागि | जुन आफैमा सकारात्मक छ, बिज्ञानलाई बिस्वाश गर्नुको बिकल्प छैन |
कुनै पनि महामारी वा प्रकोप कसैले चाहेर वा रहरले
हुदैन, भलै राजनीतिक प्रोपोगान्डका रुपमा प्रयोग गरिन्थे र गरिदै छन् पनि | जे
होस्,जब यो आउछ यसले महिला-पुरुष, धनी- गरिब, ठुलो- सानो, राष्ट्रियता,
सार्वभौमता, सिमाना आदि केहि पनि भन्दैन भनिरहन पर्दैन | अहिलेको कोरोना भाइरस
हाम्रै पालामा त्यसकै एउटा ज्वलन्त उदाहरण हो | अर्थात् यो एकादेशको कथा रहेन |
यस्तो अबस्थामा बिसेशगरी जुन खालको मानबिय र आर्थिक
क्षति हुन्छ त्यही मौका पारेर भ्रस्टाचार, हिंसा
र द्वन्द गर्ने, गराउने तत्व आन्तरीक र बाह्यरुपमा पनि उतिक्कै जागीरहेका हुन्छन |
द्वन्दको सस्कृति, राजनैतिक र धार्मिक धारणा तथा विश्वास, रास्ट्रिय नीतिगत
प्रणाली र प्रतिस्पर्धाका कारण `शक्ति' र `नियन्त्रण' स्वाभाविक रुपमा अनुभूति
हुन्छ वा देखिन्छ | यतिखेर मानब अधिकारमुखी अबधारणा कार्यान्वयन हुदैनन् वा एकदम
कम हुन् सक्छन | विशेषगरि हाम्रो जस्तो मुलुकमा महिलाहरु, बालिकाहरु,अपांगहरु,
गरिबहरु, पछाडी परेका र पारिएकाहरु बढी मारमा परेका हुन्छन | उनीहरु न सधै/सबै आफै
समाधान गर्न सक्छन न राज्यको प्राथमिकतामा नै पर्छन |
अझै एउतै ठाउमा बसिरहनु पर्ने बाध्यता, एकै किसिमका
मानिसहरु चाहे परिबारका सदस्य नै किन नहुन, संग संगती गरिरहनु पर्ने, मितव्ययी भएर
निश्चित उपभोगका बस्तुसंग निर्बाह गर्नुपर्ने, विधुतीय माध्यममा आइरहने अधिकाम्स
नराम्रा समाचार नचाहदा चाहदै पनि ग्रहण गर्नुपर्ने/गरिने, कोरोनाका बारेमा डर,
त्राश, महामारी ब्यबस्थापनमा बिकसित मुलुकको सिको गर्दै अपेक्षा र शंका आदिका कारण परिबारमा उदासिनता, वैमनस्यता, झैँ
झगडा हुन् सक्ने सम्भावना धेरै हुन्छ | बिकसित र जिम्मेबार सरकार भनिएका देशहरुको
त्राही त्राहीले झन् छटपटी बढ्नु आश्चर्य रहेन |
यस परिबेशमा घरमा नै वा घरायसी कम गर्ने महिलाहरुलाई
कामको बोझ पर्न जान्छ (हाम्रो सामाजिक सरचना र अभ्यास परम्पराबादी छ) | उनीहरुले
अरुहरुको खुशीको लागि मात्र गरिरहनु पर्ने, महामारीको बारेमा तथ्यहरु कम सुन्ने
अवसर प्राप्त हुने वा बुझ्न नसकिने कारण थप अन्योलता र मानसिक तनाब हुन्छ | औपचारिक
काममा जाने महिलाहरुलाई घरको सबै ब्यबस्थापन गरेर फेरी विधुतीय प्रणालीबाट काम
गर्नुपर्ने हुन्छ जुन सबैलाई त्यति सहज नहुन सक्छ | कति काम गर्नुपर्ने, हामीलाई
समय नदिने आदि गुनासोहरु सुन्नुपर्ने हुनसक्छ | धेरै पटक गुनासो सुनिरहदा थप दिक्क
लाग्ने, नरमाइलो लाग्ने हुनसक्छ | आफ्नो तनाब ब्यबस्थापन गर्न अचेतन मनले
छोराछोरीलाई पिट्ने, रिसाउने, अन्य परिवारसंग मनमुटाब वा हिंसा नै हुन् सक्छ |
चिनको एक गैर सरकारी सस्थाले (वान फेल) ले नब्बे प्रतिशत घरेलु हिंसा महामरिसंग
समबन्धित भएको जनाएको छ | फेरी यस्तो महामारीको बेला परामर्श र न्याय सस्थाहरु पनि
निस्क्रिय रहेका हुन्छन |
महिलाहरु जसको पहिले नै घरपरिवारसंग सम्बन्ध
बिग्रेका छ भने घरमा बस्नु वा घरबाट काम गर्नु झन् ठुलो तनाब हुन्छ | उनीहरु
शारिरिक, मौखिक वा मानसिक हिंसामा पर्ने सम्भावना धेरै हुन्छ | सन् २०१७ को तथ्यांक हेर्ने हो भने एकदिनमा २३८
जना महिलाहरु हिंसाका कारण मरेका र मारिएका छन् | यो तथ्याकलाई आधार मान्ने हो भने
अहिलेको कोरोनाले एकदिनमा मरेका मानिसहरुको संख्या अझै कम हुन् जान्छ | कहिलेकाही
मनमा आउछ यदि यो कोरोना महिलाहरुमा मात्रै हुने वा मर्ने भए बिश्व यसरी नै लागि
पर्थ्यो | शंका छ |
अस्पतालमा काम गर्ने नर्स झन्डै सबै महिलाहरु भएको
अबस्थामा उनीहरुको मानसिक अवस्था झनै कमजोर भएको हुन्छ | आन्दोलन वा बस दुर्घटनाका
घाइतेलाई सेबा दिएजस्तो सेबा हुदैन महामारीको समयमा दिने सेबा त्यसमा पनि भाइरसले
कहिले, कोसित, कस्तो बाताबरणमा कस्तो प्रतिक्रिया गर्छ भन्ने राम्रोसित थाहा
नपाइरहेको बेला सबै भन्दा आगाडी र धेरै रहेर सेबा गर्नु पर्ने नर्सलाई झन् सकस छ
जुन पैसा, पद वा पुरस्कारले क्षतिपूर्ति हुन् सक्दैन | यसको अर्थ नर्स महामारीमा
काम गर्ने सक्दैन भन्ने हैन | नेपाल नर्सिंग एसोसिएसनले सातै प्रदेशमा आफ्नो तयारी
गरिसकेको छ |
यस्तो उकुसमुकुस अबस्थामा अपांग महिलाहरु र
अपाङ्गहरुलाई सहयोग गर्ने महिलाहरु थप तनाबमा पर्ने कुरामा दुइ मत छैन | महामारीलाई
कमाउने अबसरको रुपमा लागिपरेका व्यक्ति र समुहले निम्त्याएका कालोबजारी, महंगी,
भ्रस्टाचारले विशेष गरेर गरिब, घरमुली, वृद्, रोगि, सिमान्तीकृत महिलाहरुको लागि यो
कोरोनाले अन्योलता र केहि हतासपन निम्त्याएको छ |
गर्भवती, सुत्केरी, सानो बच्चा भएका महिलाहरुको
दैनिकी कोरोनाले झन् त्रसित र सकस बनाएको छ | शारिरिक अबस्थाका कारण आबस्यक पर्ने
आराम, खानेकुरा, मानसिक सन्तुलन ब्यबस्था गर्न सजिलो छैन | त्यसमा पनि महिलाको
शारिरिक अवस्थालाई बेवास्ता गर्ने घर परिवार भएमा अबस्था झन् नाजुक बन्न पुग्छ |
माथि उल्लेख गरिएका सबै खाले महिलाहरुले नेपाली
समाजमा रहेका सबैखाले महिलाहरुको प्रतिनिधित्व गर्न अझै सक्दैन | ठाउँ, परिवेश
अनुसार महिलाहरु भूमिका र स्थान पनि फरक फरक हुन्छ तथापी सबैको साझा अबस्था भनेको
महिनाबारी हो | क्वारेन्टाइनमा बसेका वा राखिएका वा अस्पतालमा भर्ना गरिएका, सेवा
गर्न खटिएका सबै महिलाहरु महिनाबारी सम्बन्धमा भएको गलत धारणा र अभ्यासका कारण थप
समस्यामा परेका हुन्छन | गत फेब्रुअरी २८ का दिन साउथ चाईना मर्निंग पोस्टले चीनको
वुहान असपतालमा काम गर्ने महिला स्वास्थ्यकर्मी थप शारिरिक र मानसिक तनाबमा रहेको
कुरा स्पष्ट पारिसकेको छ |
हामीले हाम्रै बिगतको प्रकोप ब्यबस्थापन (सन् २००८
को कोशीको बाढी, २०१५ को भूकम्प, २०१६ को नाकाबन्दी र बाढी) र चीनबाट पनि सिक्न ढिलो
गर्नु हुदैन | महिनाबारी महिलाहरुको निजी र गोप्य हो भनेर बेवास्ता गर्दा महिलाको
सेबा दिने क्षमता, उत्प्रेनामा असर पुग्छ | महामारी र यसले निम्ताएका घटना,
परिघटनाले उदास, उदास भैरहेको बेला आफ्नो अस्तित्व नै नस्विकरिएको अबस्था दुखदायी
अबस्था हो | महिलाहरुको इच्छा, आबस्यकता र प्राथमिकता पुरुषको भन्दा फरक हुने
भएकोले महामारी ब्यबस्थापनका अधिकारीका
समितीहरु गठन गर्दा महिलाहरुको सहभगिता महिलाको अर्थपूर्ण सहभागिता अनिबार्य
हुनुपर्दछ | महामारी ब्यबस्थापनका लागि प्रयोग गरिने फारमहरू वा तथ्यांक सकलन
गर्ने प्रक्रियामा महिला पनि कुन, कस्तो, उमेर आदि सबै विखण्डनकृत तथ्यांक समाबेश
गरिएको हुनुपर्दछ | महामारीका लागि तयार गरिएका सामग्रीका प्याकेजमा माथि उल्लेख
गरिएका सबै खाले महिलाहरुको आकलन गर्दै उनीहरुको आबस्यकता पुरा गर्ने गरि प्याकेजहरु तयार गर्नुपर्दछ | ताकी महिलाहरुले
मर्यादा र गौरबपुर्बक सेबा दिन सकुन | नेपालको महामारी ब्यबस्थापन गृहमन्त्रालयले
संयोजन गरेता पनि खास खास महिलाहरुको खास खास प्राथमिकता र आबस्यकता पुरा गर्न
महिला मन्त्रालयले विज्ञको भूमिका खेल्नुपर्दछ | तब मात्र हतार थियो, बिर्सिएछ,
थाहा भएन, राष्ट्रियताको कुरा थियो, कर्मचारीतन्त्र नै खतम, केहि बोल्नै पाइदैन (एकात्मक
निर्णय), प्रोटोकल नै यहि हो आदिजस्ता बहानाबाजीबाट जोगिदै थप नोक्सानी हुनबाट
बचाउन सकिन्छ |
यस्तो विषम परिस्थितीमा कुनै पद, दल आदि भन्दा माथि
उठेर एक सेकेन्ड पनि खेर गयो झैँ गरि समयमा व्यक्ति, संगठन वा समुदायले सरकारलाई
आर्थिक वा मानबिय सहयोग गर्नुपर्दछ | जसका लागि तालिमप्राप्त स्वास्थ्यकर्मी नै
हुनुपर्दछ भन्ने छैन | एक सचेत नागरिकले गर्न सकिने र हुने थुप्रै भूमिका हुन्छन |
संचार प्रभावकारी हुन् जरुरि छ | जनमानसमा डर, त्रास पैदा गर्ने समाचारहरु सामाजिक
संजाल लगायत कुनै पनि माध्यमबाट प्रेषित गर्नुहुदैन |
हरपल हामीले अरुहरुलाई मानबिय ब्यबहार गर्नसक्यो भने
सरकारले कालोबजारी, भ्रस्टाचार रोक्दै, पुर्णकालिन स्वास्थ्यकर्मी भर्ती गरि
आधारभूत सेवाहरु उपलब्ध गराउन सजिलो हुन्छ | अधिकारिक समाचार वा सूचना जतिसक्दो
धेरै स्थानीय र अपाङ्ग मैत्री सूचना बनाएर प्रेषित गर्न सके राम्रो हुन्छ | यदि
अप्रिय घटना घटेको देखेमा जतिसक्दो चाडो अधिकारिक निकाय कम्तिमा प्रहरीमा सूचना
दिदा मात्रै पनि थप क्षति हुनबाट जोगाउन सकिन्छ | यस्ता खालका महामारी कुनै देश,
सस्था वा व्यक्तिले मात्रै समाधान गर्न सम्भब नभएकोले संयुक्तरुपमा जसले जहाबाट,
जे सकिन्छ सहयोग र सहभागिता हुनुपर्दछ | नेपालीहरु चाहे जो सुकै होउन, मानबिय
सस्कार देखाउछन भन्ने प्रमाण बिगतमा भएका प्रकोप ब्यबस्थापनमा देखिएको जनसरोकार र
सहभागिताबाट प्रमाणित भैसकेको छ तसर्थ यसमा हुदैन वा सक्दैन भन्ने कुनै सबाल नै
छैन | सम्भावित दोषारोपण, प्रतिस्पर्धा र द्वन्द रोकथाम गर्न सहभागीमूलक बार्ता,
छलफल, निर्णय र कार्यान्बयन अबस्था सामान्य नहुदासम्म लगाताररुपमा महिलाहरुलाई
केन्द्रमा राखेर प्रभावकारी ढंगले गर्दै गर्न सहयोग, रचनात्मक अलोचना र उत्साह
जगाई रहनुपर्छ | तबमात्र तपाई, हामी एक जिम्मेबार नागरिक भएको ठहर्छ | आफ्नो
स्वास्थ्यको ख्याल गर्दै आफ्नो वरपर ख्याल गर्न पनि बल मिलोस भन्ने सुभेच्चा सहित
|
FYI:
This article sent to Gorkhapatra, supposed to publish today. It was not so share here. It is urgent too.