Thursday, November 12, 2020

Message to Lamra Sambad: Gauka Kuda 2077, "लाम्रा संवाद: गाँउका कुडा २०७७

 म २०५८ सालदेखी जुम्लामा भौतिक रुपमा जोडीए | सँगै जोडीए लाम्रासँग | खलङाबाट नजिक त् थिदै थियो, बिशेष पनि थियो | `मितेरी' शान्ती निर्माण रणनितीका आधारमा जन्मिएको मेरो सम्बन्ध |मित लगाउदै दलित र बाहुन, धनी र गरीब, शिक्षित र अशिक्षित, बालक र जेष्ठ, महिला र पुरुष, धामी डाङ्रिरी र पन्डित, किसान र् शिक्षक, मन्दिर र खेत, लेक र नदी, घोडा र भेडा, छाउगोठ र् घर, राब्लो र सिमी, मार्सी र चोतो आदी सबै सबैले मलाई प्रेम गर्छन् | न्यानो, फराकिलो अन्गालोको फडा फिजाएर बिनाशर्त स्वागत गरिरहन्छन | तिनको प्रेमराग पातल मुनी, दाँया बाँया, पूर्व पश्चिम अर्थात अस्त्रेलिया देखी अमेरिका, जर्मन देखी घाना सम्म कोरोना जस्तै फैलिएको छ तर फुटाएर हैन जोडेर, गासेर, बुद बुद जोडीएर | हिउका बुद जोडीएर ठाडो अनी कन्जिरोबा झै |     

माओवादी युद्दका बेला पनि लाम्रासँग बिशेष सम्बन्ध छ | सायदै म् सँगै जान्छ होला | जेहोस् म् भाउ, त्वाटिकि, सिक्सिकी, छोरी, फुपु, दिदी, लोह खैनीमन्ठ सबै सबै हुँ | मलाई सबै नाता प्यारा र राम्रा लाग्छन | यिनिहरु म् सँगै जान्छन म जहाँ जान्छु |

लाम्रा वा जुम्ला मात्रै हैन सिङो कर्णालीको सम्पदा,सस्क्रिती, संबृधी खोजिएन, लेखिएन, सकियो, मेटिने भयो, हाम्रो परिचय नयाँ पुस्ताले थाहा नपाउने भयो भनेर अत्तालिरहेको, बेला यो "लाम्रा संवाद: गाँउका कुडा २०७७"अभियानले दुखिरहेको मनमा मलम लगाइदिएको छ | यो अभियानको अगुवाइ गर्ने सम्पूर्ण मनहरु प्रती म हृदयदेखी नतमस्तक छु | 

यो एतिहसिक काम कर्णाली नदी जत्तीकै फैलिएर जानुपर्छ, कन्जिरोबा झै अटल रहनुपर्छ, रारा जस्तै निस्चल, निस्कलन्क हुनुपर्छ, पाटनमा फैलिएका, फुलेका औषधी झारहरु झै समाबेशि हुनुपर्छ, साच्चै गाँउका कुडा २०७७ अभियानले नेपालको परिचय फेर्न सघाउनु पर्छ |

हिजो, आज र भोली एकोहोरो माया नै सही सधैं, सँगै हुने बचन् सहित् असीम प्यार र शुभकामना 

राधा पौडेल

नोभेम्बर १२ २०२०      

  

      

                 

Dignified Menstruation'

 Here in UK for talks around #DignifiedMenstruation