महिनावारी वा महिनावारी विभेद वा महिनावारी बार्ने चलन/अभ्यास
गएको साता झरी परिरहेकै थियो तर नेपाली सामाजिक संजालको बजार एकाएक हपक्क तात्त्यो | यो बजारका बारेमा धेरै बेखबर नै थिए | तर कोहि बेखबर भएको नाटक गरिरहेको भान हुन्थ्यो | केहि बर्षौ देखि साची राखेको रिस, डाह पोख्न आतुर थिए भने कोहि दुबिधामा भएको महसुस हुन्थ्यो | कोहि जसरी पनि जित्नको लागि आतुर थियो | त्यो बहससंग जोडिएको अन्तर्निहित मर्मप्रति सचेत बर्गको दिगमिगी, हाम्रो समाजमा बिधमान नागरिक आन्दोलन वा अधिकारको एना पनि हो | त्यो परिवेशले मलाई यो लेख लेख्न उत्प्रेरित गर्यो | त्यस बहसमा अ/प्रत्यक्ष सग्लन सबै व्यक्तित्वहरुलाई धन्यबाद ! त्यहि बहसको सेरोफेरोमा लेखिएको छ यो लेख |
योगमाया देखि आजसम्मको
एतिहसिक घटनाक्रम वा विकास/आन्दोलनलाइ बिस्लेषण गर्ने हो भने महिनावारीले
प्राथमिकता कहिल्यै पनि पाएन अर्थात् कुनै व्यक्ति बिसेषको लेखन/अभियानमा दबिएर
रह्रो | थापाथली अस्पताल वा स्वास्थ्यकर्मी उत्पादन गर्ने संस्थामा महिनावारी
बारम्बार आयो तर यो चिकित्सा बिज्ञानको एक ओझेलमा परेको अंग मात्र रह्रो | अर्थात्
महिनावारीको सामाजिक,आर्थिक, राजनैतिक आदि पक्षलाई महत्वपूर्ण ठानिएन | तर केहि
घटना परिघटनाहरु संगसंगै यसरी झन्डै झन्डै एक्कै समयमा आएको जस्तो स्रह शताब्दी लक्ष्यको सुरुवाती दिनमा प्रजनन
स्वास्थ्य प्राथमिकतामा पर्नु, देश शसत्र द्वन्दमा भईनै रहंदा लैंगिक विभेद, क्षेत्रीय
विभेदकाका बिभिन्न आयामहरू खोतालिदै जानु ,संचारमा मुलुकले फड्को मार्नु अनि सामाजिक
संजालको विकास हुनु | सरकारको सुरक्षित मातृत्व कार्यक्रमले गोठमा सुत्केरी हुने र
आमा र बच्चाको मृत्यु धेरै हुने समस्यालाई सम्बोधन गर्दैगर्दा सुत्केरी हुने र
महिनावारी हुँदा बस्ने ठाउ एकै वा गोठ भएकोले छाउपडी भन्ने शब्दले अन्तरास्ट्रिय
विकासको बजारमा प्रवेश पायो | दाताहरुलाई प्रभाब पार्ने सन्दर्भमा अन्तरास्ट्रिय
संचार माध्यममा छाउपडी भन्ने शब्दले प्रवेश पायो र अन्तत नेपालको पहिचान नै छाउपडीको
देश भयो | महिनावारी भएका बेला गोठमा मृत्यु भएपछी महिनावारी पनि संगसंगै बजारमा
आयो |
जानेर नजानेर बिभिन्न
व्यक्ति/संस्थाका माध्यमबाट बिसेष गरी गोठहरु समाचार, फोटो, भिडियो, फिल्म आदि
बनेर बाहिर आएकै हुन् | एकपटक विभत्स गोठलाई कैद गरेपछि सबैको ध्यान फोहोर, असुरक्षित
भन्ने लाग्नु स्वाभाविक थियो नै | फोहोर र असुरक्षित केहि थान पर्यटकलाई मात्र
लागेको हो भनेर बुझ्न ढिलो भयो | सन् २००८ मा महिला मन्त्रालयले सर्बोच्चको
निर्देशन (सन् २००५) मा छाउपडी प्रथा उन्मुलन निर्देशिका ल्याउदा पनि घर सधै बस्ने,
खाने क्रियाकलाप गर्न समाज किन डराउछ भन्ने अन्तरनिहित कारणको खोजि भएन | रगत लुगा
फाटा, ठाउँ भन्दा पनि बढी फोहोर/अशुद्ध मान्ने पहिलो कारण थियो भने दोस्रो कारण
थियो राज्यको शदियौ देखिको बहिस्करण | सर्पले टोकर मृत्यु होस् वा निसास्सिएर, कारण
ती नै हुन् | स्थानीय नेतृत्व (राजनीति वा विकास) दुबैको अबिबेकको सजाय आम महिला/समुदाय
भोग्न बाध्य थिए/छन् |
यो पृष्ठभूमिमा छाउपडी
शब्द जुन सुदूरपश्चिमका केहि जिल्लाहरु जस्तो आछाम, बाजुरा, बझ्यांग, दार्चुलातिर प्रयोग
हुन्छ ( यसको अर्थ र प्रयोग पनि फरक पाइन्छ) यो नेपालमा पश्चिम नेपालको पर्यायवाची
शब्द वा पहिचान बन्दै गयो | विभत्स गोठको मानसिक चित्र यति बलियो भयो कि नेपालको
जुनसुकै कुनामा बस्ने बालक/बालिका वा जेष्ठ नागरिकले छाउपडी .......! राम्रै गरि
जान्यो | बिसेष गरि फोटो, भिडियो, गीतको प्रभाब छिटो, व्यापक र दीर्घकालीन रुपमा रहने
हुनाले विकास सस्थाले मात्र हैन कला, साहित्यले पनि बिभिन्न बहानामा यहि सजिलो र सस्तो
बाटो रोज्यो | परिणाम स्वरूप बोलीचालीमा
बोलिने महिनावारी भास्य जस्तो बाहिर सरेको, पण्डितनि भएको, माइत गएको, महारानी
भएको, कमिनी भएको, दमिनी भएको, छुई, छाउ, रजस्वाला, मासिकधर्म, रक्तस्राब,
महिनावारी, छाउपडी, छाउ, पड्किएको, फुटेको, फड्केको, कागले ठुगेको, जुकाले टोकेको,
बाहुनी भएको, पुडो सरेको, पन्छिएको आदि शब्दहरु
छाउ, छुई र छाउपडीले स्थापन गर्दै गए | उदाहरणको लागि जुम्ला, सुर्खेतले
क्रमश छुइ, `गोठ पस्ने’ भास्य बिर्सिएर
छाउपडी/गोठ भन्न थाले | चाहे जहासुकै, जे सुकै मनसायले प्रयोग गरिएका हुन् अर्कै
भास्य निर्माण भयो | त्यतिमात्रै हैन गरिब, पिछडिएको, असभ्य, अज्ञानी आदि अपहेलना/हेपाहा
शब्दजालसंग मिसिएर प्रयोग भयो /भैरह्यो |
यसरी प्रयोग गर्दैगर्दा उनीहरुले
आफैले/नेपाली समाजले महिनावारीको ५ दिन, २४ घन्टाको तालिका/गतिबिधि भने भुले | सधै
वा २५ दिन गरिने क्रियाकलाप र ५ दिन गरिने क्रियाकलाप हिमालदेखि र तराइ, पुर्बदेखि पश्चिमसम्म खान हुने/नहुने, छुन
हुने/नहुने, हिडडुल गर्न हुने/नहुने, कुरा गर्न हुने/नहुने, हेर्न हुने/नहुने आदि
अभ्यासको अन्तर्निहित कारण के हो ? यसरी छुट्टिदा किशोरी, महिला वा परिवारलाई के
असर/फाइदा के के हुन्छ भनेर बिस्लेषण गरेनौ | देश काल परिस्थिती अनुसार छुटिने तरिका जस्तो
गोठ, कोठा, कुनो, भुइँ खाट वा भुइँ फरक हुनसक्छ, केहि क्रियाकलाप तलमाथि हुनसक्छ
तर गाठी कुरो एकै हो भन्न तयार छैनौ/भएनौ | त्यतिमात्रै हैन धर्म, सस्कृति, देवता, छनोटको
अधिकार जस्ता कुराहरुको सहायता लिएर परम्परागत अभ्यास र सोचको जालोलाई मलजल
गरिरहयौ |मुक्तिको बाटोमा कोहि उठ्न, बोल्न खोज्ने हरुलाई बहिस्करणमा पार्न प्रयत्न गरिरहयौ | डलरे, समाज/सस्कृति भडुवा आदि जस्ता अलंकारिक शब्दले
एक्लाउने कोशिश गर्यौ |
यहि खिचातानी, अन्योलको परिबेशमा
महिनावारी बार्ने अभ्यास वा महिनावारी विभेदको सिधा बाटोमा सरकारले अलिकति भने पनि
टेढो बनायो | महिनावारी विभेदका कारण २०७२ सालमा संबिधानमा लेखिएको १० भन्दा बढी
मौलिक हकको हनन भएको थोरै भए पनि बोध गर्यो | पहिलो- महिनावारी विभेद सरसफाई भएर मात्र सम्बोधन
हुँदैन वा सफा प्याड वा घरले मर्यादा वा मानब अधिकारको ग्यारेन्टी गर्दैन | त्यसका
लागि मर्यादित महिनावारी नीति (मस्यौदा) २०७४ ल्यायो | जुन संसार कै इतिहासमा
पहिलो र नविनतम धारणा हो | दोस्रो मुलुकी अपराध संहिता २०७४ | यो कानुन न पूर्ण न
स्पस्ट केहि पनि छैन तथापी महिनावारी विभेद चाहे जुन सुकै क्षेत्रको होस्, अलिकति
भने पनि सम्बोधन गर्यो | तर दुइ बर्ष छ..छैन ..., हो ...हैन ...जस्तो धमिल
अबस्थामा रह्यो | चार -चार मन्त्रालयको सहकार्यमा बनेको नितीका बारेमा अपबादमा
बाहेक सरकार र गैरसकारका निकायले अगाडी बढाउन सकेन /मानेनन् | सरकारलाई सघाउनपर्ने
कर्ताहरु नै पाच तारे होटलमा गोठबनाएर डेमो गर्यौ |तेस्रो बर्ष हुँदै गर्दा सन्
२०१९ को डिसेम्बर ८ (मंशिर २२, २०७६) का दिन महिला मन्त्रालयले महिनावारीको
अभियानमा सरकारका तर्फबाट छल्यांग मार्यो- १) डिसेम्बर ८ लाई मर्यादित महिनावारी
दिबसको घोषणा गर्दै नेपाल छाउपडीको देश हैन मर्यादित महिनावारीको देश हो भन्ने
संदेश , २) डिसेम्बर ८ लाई सयुक्त रास्ट्र संघलाई अन्तरास्ट्रिय मर्यादित
महिनावारी दिबस घोषणा गर्न अनुरोधको पत्राचार गर्ने प्रतिबदता र ३) छाउगोठ अन्त्य
गर्दै मर्यादित महिनावारीको प्रबधन |
तसर्थ मशिर २२ गते २०७६
का दिनदेखि नेपालले महिनावारीमा फड्को मार्यो/मार्नको लागि कदम सार्यो | करिब दुइ
दशक सम्मको जनचेतना गरिएको आधार, मुलुकी अपराध सहित २०७४ आदिका आधारमा हस्तक्षेपकारी
नीति अबलम्बन गर्दै गोठहरु भत्काउन थाल्यो, मृतक पार्वती बुढाको जेठाजुलाइ
हिरासतमा लियो र तिनै तहका सरकारको नेतृत्वमा मर्यादित महिनावारीका लागि बृहत सभा
सम्मेलनहरु भए | हो त्यो अभियानमा केहि त्रुटीहरु थिए, गोठहरु अझै पनि छन्, कोरोना
महामारीले अभियान निरन्तर गर्न केहि अड्चन पनि ल्यायो तथापी महिनावारीको भास्य
परिबर्तन भयो | परिबर्तन गर्न सहयोग भयो |सरकारको अभियान पूर्व पनि स्थानीय अभियानकर्मी,
पत्रकार, जनप्रतिनिधिहरुले स्वतःस्फुर्त रुपमा
संरचना भत्काउने, घरमा आएर बस्न शुरु गरिसकेका थिए | आफ्नै देशमा मानब भएर बाच्न
पाउन, मर्यादित भएर बाच्न पाउन नेतृत्व गर्ने ती अभियानकर्मी प्रति उच्च सम्मान छ |
महिनावारी वा महिनावारी
विभेद वा महिनावारी बार्ने अभ्यास/चलन भन्ने भास्य प्रयोग गर्ने हो भने `हिमाल, पहाड,
तराई, पाच पाच दिन पार्छन पराई’ वा धेरै थोरै, देखिने नदेखिने, आदि सबै खालका
महिनावारी अभ्यासलाई सम्बोधन हुने थियो | पक्कै पनि समुदाय अनुसार कुनै कुनै
रणनीति फरक फरक हुनसक्छ/पर्छ| सबै महिनावारी हुनेहरुको मर्दायापुर्बक जिउन पाउने
अधिकार स्थापित गर्न सहयोग हुन्छ | यसले कुनै पनि क्षेत्र, समुदायलाई उचो र होचो
गर्दैन | महिला वा महिनावारी हुने व्यक्तिको
मर्यदा केन्द्रमा रहन्छ | संबिधानमा उल्लेख गरिएका भास्यहरु पनि व्यक्तिको मर्यादा
वा मानब अधिकारको केन्द्रमा राखेर नै उपदेहिताको जाच हुन्छ र अनुकुलता अनुसार
संसोधन गरिन्छन | कुनै समय वा परिबेशमा लेखिएका दस्ताबेज सधै, सबैलाई उतिक्कै
मर्यादा मैत्री हुँदैनन्/हुन् सक्दैनन किनभने समाज गतिशील छ |
पक्कै पनि संचार/प्रबिधिको
विकास नहुँदै वा बन्द समाज भएका समयमा कुनै गाउमा देखाइएको सडक नाटक आजको दिनमा रुपान्तरणका
लागि गाइने/ देखाइने गीत वा सिनेमालाई एकै डोकोमा राख्न मिल्दैन होला | ४ बर्ष अघि
जे कुरा ठिक मानिन्थे आज ठिक मानिंदैन/हुँदैनन् | हुन त समाजमा बिबिधता हुन्छ नै | सबैको चेत एकै प्रकिर्तीको
हुन् सक्दैन त्यसैले गोठ नै मेरो सर्बस्य हो , देवता हो, धर्म हो भन्ने समूह पनि
हुन्छन जुन स्वाभाविक पनि हो जसका लागि बिसेष रणनीति आबश्यक पर्छ |
कसैले भाषा संरक्षण गर्न, इतिहासको
प्रयोजनको लागि तयार गरिएको दस्ताबेज हो वा इतिहासमा घटेका तर हाल प्रचलनमा नभएका सबालमा किताब वा
सिनेमा बनाउनु स्वाभाविक/प्रसंसनिय कार्य पक्कै हो | तर समाज रुपान्तरणको नाममा जो कसैले छाउ, छुइ वा छाउपडी प्रयोग गरेर कुनै पनि
निश्चित समूह वा क्षेत्रलाई केन्द्रमा राख्छ भने त्यो समाज रुपान्तरण मान्न सकिदैन
| कि सरकारले नेपालमा हुने सबै महिनावारी विभेदलाइ छाउपडी वा छुइ भन्नु पर्यो भनेर
रातो किताबमा छपाउन पर्छ | अन्यथा कुनै स्रस्टाले मात्र हैन पत्रकार वा सरकार
कसैले पनि कुनै पनि बहानामा संग्रहालयमा राख्नु पर्ने शब्दहरु प्रयोग गर्नु
न्यायसंगत छैन | युवा, प्राज्ञ, सामाजिक
न्यायमा बिस्वाश गर्ने जो कोहिले अग्रगमनका लागि बैज्ञानिक, भास्यहरु निर्माण गरेर
समाजलाई नेतृत्व गर्न सक्छ/गर्छ भन्ने अपेक्षा गर्नु अपराध हैन होला | जीत त जसरी
पनि होला, भीड, पद र पैसा पनि होला वा ठुलै सम्मान पनि | त्यसका लागि शुभकामना पनि
छ | तर भोलि आफ्नो कसीमा आफै जोखिन सक्ने हिम्मत राख्नु पर्छ जसले भुइँ मान्छेका
लागि प्रतिनिधित्व गछु भन्छ |
यहाहरु मध्य धेरैलाई म
चिन्दिन तर मलाई कोहि समाज रुपान्तरणको लागि दमनमा पारिएका बर्गको लागि बोल्छ/लेख्छ
भने चिन्नु पर्दैन | नाता पर्नु पर्दैन | एउतै भूगोलको हुनु पर्दैन | राजनितिक विचार
मिल्नु पर्दैन | फोन गरि गरि सहयोग माग्न पर्दैन | हिजो पनि आफैले येक्बद्द्ताको
हात फैलाएको हो र भोलि पनि हात उस्तै रहनेछ | गन्तब्य उही हो भने संगै हिडे सजिलो
र चाडो पुगिन्छ | पुन: बहसमा जोडिनु भएका सबैलाई धन्यवाद दिदै महिनावारीको
डिस्कोर्स फराकिलो पार्यौ भन्ने अनुरोध छ | आउनुस छलफल गर्यौ | संसारभरका महिनावारी विभेदको अ/प्रत्यक्ष असरको शल्यक्रिया
गर्यौ | सामाजिक न्यायको आन्दोलनमा एक बुँद भए पनि थप्यौ |