नमस्कार !
सम्बोधन यथाबत |
अबसरको लागि धन्यवाद !
महिनावारी मर्यादित बनाउने अभियानमा ३ दशक भन्दा बढीको सघर्ष, महिनावारी विभेदको सोधार्थी, मर्यादित महिनावारीमा कलम चलाउने व्यक्ति भएका नाताले मैले पुस्तकमा भएका परिवेश र दृस्टान्तलाई न्याय गर्ने हेतुले मेरो आजको प्रस्तुती केन्द्रित रहने निबेदन गर्दछु | कोहि व्यक्ति बिशेष वा संस्थालाई चित्त नबुझेमा मेरो गल्ती हुनेछैन भन्ने मेरो ठम्याई छ |
सर्वप्रथम २० जना पत्रकारहरु, संचारिका समूह र सहयोगी सस्थालाई बधाई छ | तपाईहरु
महिनावारीको बहसको यात्रामा कोशेढुंगा बन्नु
भएको छ | जुन यो पुस्तक वा आजको कार्यक्रमको सुखद पक्ष हो |
१. यी बिस वटा लेखले झट्ट हेर्दा सातै वटा प्रदेश, हिमाल, पहाड, तराई, पुर्ब देखि पश्चिम, जातीय समावेशीको उदाहरण प्रस्तुत गरेको छ | यसको लागी पनि आयोजकलाई बधाई छ |
२.
बिषयगत रुपमा मैले ९ वटा
बिषयहरु समाबेश भएको पाए | पहिलो वा धेरै दोहोरिएको सबाल भनेको प्याड हो भने त्यसपछि
पानी र सरसफाई | त्यस्तै देखिने, नदेखिने महिनावारी
विभेद, मर्यादित महिनावारी, बालिका शिक्षा, कानुनको अभाब, जातीय महिनावारी अभ्यासका
केहि परिवेश समेटेको छ |
३.
यो पुस्तकले वर्तमान नेपाली
समाजले नस्वीकार्रेको तर वास्तविक पक्षलाई उजागर गरिदिएको छ |
जस्तो धेरै मानिसहरुलाई
लाग्छ कि जनजाती र आदिबासीमा महिनावारी विभेद छैन | यस पुस्तकले पनि भन्छ -हैन छ |
लिम्बु, घर्तिमगर, चौधरी बालिकाहरुको अनुभबले थप जोडले भन्न सकिन्छ कि धेरै र
थोरै, देखिने र नदेखिने होला तर जनजाती र आदिबासीमा महिनावारी विभेद छ यसको
प्रत्यक्ष/अप्रत्यक्ष नकारात्मक प्रभाब बालिकाको शशक्तिकरणमा परेको छ |
त्यस्तै महामारी र प्रकोपका
समयमा पनि मर्यादित महिनावारी महत्वपूर्ण सबाल हो भन्ने कुरा सुर्खेतको बाढी पीडितहरुलाई
राखिएको शिविरको कथाले छर्लंग पार्छ |
४.
यो पुस्तकको शिर्षकले नचाहेको
तर नेपाली समाजमा गाडिएर रहेको महिनावारी विभेदको कटु सत्यलाई छरपस्ट पारिदिएको छ |
जुन पुस्तकको सुन्दर पक्ष हो | महिनावारी भनेको नै के हो भन्ने अज्ञानता र महिनावारीमा
गहिरो मौनताका कारण विभेदको उठान, ब्यापकता भएको कुरा स्पस्ट देख्न सकिन्छ |
महिनावारी विभेदका केहि उदाहरणहरु पुस्तकबाट प्रस्तुत गर्न अनुमति चाहन्छु |
ü घरीघरी शौचालय गएको देखेर केटाहरु हास्ने
ü पुरुष शिक्षकसंग प्याड माग्न तनाब हुने
ü घरबेटीले झपारेको, लछारेको
ü रोजगारदाता वा मिठाई पसलले अमानबिय व्यवहार गरेको
ü रगत चुहिन्छ भन्ने तनाबले पढाईमा ध्यान नगएको
ü खानेकुरामा बन्देज
ü हिडडुल वा गतिशिलतामा बन्देज
ü छुने कुरामा बन्देज
ü नदेखिने महिनावारी विभेदले काठमाडौँलाइ आक्रान्त पारेको
ü महिनावारी भन्न नै डराउने, लजाउने
ü म्याडमले नै घर जाउ भनेर पठाउने (सिराहा)
ü जुकाले टोक्यो भनेर कोइलाको धुलो प्रयोग गरेको (पाचथर)
ü काजक्रियामा बन्चित
ü अर्काको घरमा बसेको
ü सहनुपर्छ- पेट दुखिह्लाछ नि भनेर बेवास्ता गरेको
ü कोठा भाडामा पाउन गाह्रो (धनगढी)
ü कसैलाई नि महिनावारी भएको थाहा हुदैन (सबैलाई सजिलो हुन्छ
भन्ने हुँदैन , थाहा नदिनु पनि विभेद हो )
ü पानी खान नपाएको (पोखरा)
ü दुध खान नपाएको (पोखरा)
५.
मैले यो पुस्तक पढ्दै
गर्दा असजिलो, अब्यबहारिक लागेका पक्षहरु जस्तो
ü दिनदिनै नुहाउनु पर्छ – मेरो बिचारमा पर्दैन | महिनावारी भए
पनि नभए पनि सफा राख्नु पर्ने यौनाग, कट्टु,
टाला वा पेटिकोट हो |
ü फोहोर राख्ने भाँडो छैन – यो आबश्यक छ तर यो समस्या नै हैन |
किनभने बिद्यार्थी आफैले पनि यसलाई समाधान गर्न सक्छन कि प्याड पोको पारेर घरमा आएर
बिसर्जन गर्न सकिन्छ |
ü भेंडीग मेशिनले खुशी ल्यायो – के भेन्दिंग मेशिन मर्यादित
महिनावारीको अनिबार्य शर्त हो अर्थात् के मेशिनले प्याड वाढ्दैमा बिद्यालय वा
कार्यालय मर्यादित महिनावारी मैत्री हुन्छ ?
ü के प्याड मात्रै बालिका शिक्षाको बिकल्प हो ? दुई कारणले हैन
?
पहिलो - हामीकहाँ ९ प्रकारका महिनावारी सामग्री
पाइन्छन् | परिवार नियोजनका सामग्री झैँ फाइदा बेफाइदा थाहा पाएर बालिकाहरुले
आफुले रोजेको सामग्री लगाउन पाउनु पर्छ |
दोस्रो –बालिका शिक्षाको लागि प्याड सहायक कुरा
मात्र हो | माथि उल्लेख गरिएका महिनावारी विभेदहरु प्याड बाढ्दा बाड्दै देखिएका
समस्या वा विभेद हैनन् र ? महिनावारी भएका बेला नियमित भन्दा चाडो उठ्नु, लुकी
लुकी धुनु, सुकाउनु, समयमा र मन लागेका खान नपाउनु, स्कुल हतार हतार जानु, डबल डबल
सुरुवाल लगाउनु, कुनाकुनामा बस्नु, रगत चुहिन्छ कि भनेर मुट्ठीहातले पुठोलाई
उचालेर बस्नु, शौचालय जाने लाजले पानी नखानु, शौचालय जाँदा जिस्काउनु, पेट दुख्यो
भन्न नपाउनु, महिनावारी भएका कारणले शिक्षकले नै घर पठाउनु आदि जस्ता समस्या प्याडले
समधान गर्छ ? महिनाको ५ दिन वा बर्षको २ महिना पढाई बाधा के कुराले पुराएको छ ? महिनावारी
भएका बेला नेपालको संबिधानमा उल्लेख भएका १४ वटा मौलिक हक जस्तो सम्मानपुर्बक जिउन
पाउने हक, स्वतन्त्रको हक, सामाजिक न्यायको हक आदि पुरा हुन्छ ? यस्ता विभेद
लैंगिक हिंसा हैनन् ? नेपालले दण्डनीय भनेको छैन ? अझै मुलुकी अपराध सहिताको महिनावारी
कानुन अनुसार सामाजिक अपराध हैनन् | समस्या बालिकाहरुमा हैन समस्या हामीमा छ |
हामीहरुहरु नै महिनावारी विभेदमा खुलेर बहस गर्न तयार छैनौ | महिनावारीलाई
मर्यादित बनाउन अभियान चलाउने हो भने हामी
मध्य कयौले हाम्रो बिद्यालयमा गरे झैँ बिद्यालय वा बालिका वा क्लबहरु आफैले प्याडको
व्यवस्था गर्न सक्छन भन्ने मेरो बिश्वास हो |
६.
यो पुस्तकले नेपाल सरकार लगायत
अन्य सरोकारवालाहरुलाई नीतिगत रुपमा थप प्रश्न पनि गरेको छ ?
शिक्षा मन्त्रालयको हकमा
१.
के हाम्रा बिद्यालय मर्यादित महिनावारी मैत्री छन् ? के
हामीले बाढेको प्याड मर्यादित महिनावारी मैत्री छ ?
२.
महिनावारी हुनु पुर्ब, अर्थात ६ बर्ष देखि नै
बिद्यालय छात्रा र छात्रहरुमा महिनावारी विभेद (महिनावारी
हुनु पुर्ब, हुँदै गर्दा, महिनावारी सुकुसकेपछी) लाई सम्बोधन
गर्दै जाने वा सोच, ब्यबहार रुपान्तरणको लागि प्राथमिक तह देखि
नै पाठयक्रममा समाबेश छ ?
३.
चिकित्सा, नर्सिंग, जनस्वास्थ्य
आदिका शिक्षणमा पनि महिनावारी विभेद समाबेश गरिएको छ ?
स्वास्थ्य मन्त्रालयको हकमा
महिनावारी हुनु पुर्ब, महिनावारी भएका समयमा, महिनावारी रोकिने क्रममा, रोकिएपछि देखिने मानसिक र शारीरिक समस्या र विभेदहरुको पहिचान, परामर्श र उपचार गर्ने कुरा सम्बोधन गरिएको छ ?
१. मर्यादित महिनावारीलाई
प्रकोप र महामारी ब्यबस्थापनमा मूलप्रबाहीकरण गरिएको छ ?
२. HMIS, LMIS मा मर्यादित महिनावारिका सूचक समाबेश गरिएको छ ?
महिला मन्त्रालयको हकमा
२०७८ को लैगिक नीतिमा मर्यादित महिनावारी समाबेश
गर्नु, छाउपडी निर्देशिकालाई मर्यादित महिनावारी निर्देशिका बनाउनु, सन् २०१९ देखि
डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिबस घोषणा गर्नु, सन् २०२० मा सयुक्त राष्ट्र
संघमा मर्यादित महिनावारीलाई signature कार्यक्रमको रुपमा प्रतिबेदन पेश गर्नु जस्ता
उल्लेखनीय कामको थालनी गरेतापनि महिनावारी विभेद लैगिक हिंसा र मानब अधिकारको हनन
हो भन्ने कुरा आत्मसाथ गर्दै बृहत कार्यक्रम गरेको छ कि छैन भन्ने मुख्य प्रश्न हो
|
महिनावारी विभेद शक्ति र पितृसत्ता निर्माण
गर्ने मूल कारण हो भन्नेमा दुइमत छैन | यस सन्दर्भमा आदरणीय बन्दना राना, जो नेपालको
प्रतिनिधित्व सिडको उपसभापति भैरहदा नेपाल भित्र र नेपाल बाहिर महिनावारी विभेद अन्त्य
गर्न कति पहल भएको छ , यसले मानब अधिकारको लेन्सले बहस छेडेको छ कि विकासे एजेन्डा
भएर रहेको छ भन्ने कुरा पनि इतिहासले खोज्ने छ भन्ने लागेको छ |
यहाँ नेर दुइ साता अघि मात्र भारत, सेनेगल, केन्या,
र अमेरिकामा महिनावारी अभियान सम्बन्धमा भएका अनुसन्धानको स्मरण गराउन चाहन्छु | अनुसन्धानको निचोडमा भनिएको छ सबै अभियानले
प्याड नै बालिका शिक्षाको लागि अन्तिम बिकल्पको रुपमा प्रोजेक्टहरु गरे तर महिनावारी
विभेद जहाको तही रह्यो र कतिपय अबस्थमा झन् बलियो भयो | अर्थात् महिनावारी सरसफाई,
प्याड भनिरहदा महिनावारी फोहोरी र लुकाउनु पर्ने अवस्था हो भन्ने संदेश गयो भनेको
छ जुन मेरो अनुभबले पनि त्यहि भन्छ |
यस शिलशिलामा वाटर यड जस्तै महिनावारीमा
प्रत्यक्ष/अप्रत्यक्ष काम गर्ने दर्जनौ नेपाली सस्थाहरुलाई मर्यादित महिनावारी
सरसफाई अभियान गर्न ढिलो भएन र ? बृहत महिनावारी अबधारणा जुन विश्वमा नै नेपालले
सुरुवात गरेको अभियान हो र यसको बिकल्प पनि छैन तसर्थ सबैलाई यहिबाट `मर्यादित महिनावारी
हामी सबैको जिम्मेबारी’ भन्दै खुलेर काम गर्न अनुरोध गर्न चाहन्छु |
यहानेर महिला मन्त्रालय र खानेपानी मन्त्रालय
छुटेको छ
| हुन त मर्यादित महिनावारी २५ वटै मन्त्रालयमा क्रस कटिंग सबालको रुपमा राख्नु
पर्छ | कृषिमा धेरै काम गर्ने महिलाहरु हुन् | महिनावारी भएका बेला महिलाहरुले
बिरुवा बिउ छुन नपाउने, धेरै काम गर्नुपर्ने आदि अभ्यासका कारण समस्या छ |
अन्तमा २० जना पत्रकारहरुलाई मर्यादित
महिनावारीको बहस उजागर गर्न मदत गर्नु भएकोमा पुन धन्यबाद दिदै आयोजक प्रति आभार
व्यक्त गर्दै मेरो भनाइ यहि अन्त्य गर्छु |