Friday, February 11, 2022

Book Launch: The Journey of the Lamp from Lamjung to London

This is poster of book launch (sorry for typo mistake)

 नमस्कार

जुम तथा फेसबुक लाइभबाट संसारबाटै आजको यो सेता सेता फूलहरुको उत्सब मनाउन जोडिनु भएका सम्पूर्ण आदरणीय अग्रजहरु, सहभागीहरुमा राधा पौडेल फाउन्डेसनको तर्फबाट एकमुस्ट हार्दिक हार्दिक नमन |

यसै अबसरमा दिबंगत हुनु भएका सम्पूर्ण नर्सहरुलाई स्मरण गर्दै उच्च सम्मान प्रकट गर्न चाहन्छु |

आजको यस कार्यक्रमका केन्द्रबिन्दु हामी सबैका प्यारी, प्रेरेणाको मुहान, करुणा कि प्रतिमूर्ति टुका क्षेत्री स्याण्डवेलको ७६ औ जन्म दिनको अशेष शुभकामान व्यक्त गर्दै उहाको आगामी दिनहरु सुख, शान्ति, स्वस्थ्य रहुन भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु |

मैले बोल्नु पर्ने धेरै छैन | केहि किताबले बोल्ने नै छ | जुन यहाँहरु माझ सुम्पिसकेका छौ |

यो किताब प्रकाशन गर्नका लागि अनुमति दिनु भएकोमा श्रदय टुका म्याडम प्रति ऋणी छु |

यो किताब यहाँसम्म ल्याईपुराउन बिभिन्न तरहले सहयोग गर्नुहुने सबै प्रति हार्दिक नमन |

आजको यो कार्यक्रममा हामीले संसारभर छरिएर रहनु भएको नर्सहरुलाई बिभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयत्न गरेका थियौ | यदि कोहि, कतै हाम्रा कारणले छुट्नु भएका भए यहि कार्यक्रमबाट क्षमा माग्दछौ | समय पाबन्दिका कारण सबैलाई चाहेर पनि बोल्ने अवस्था सिर्जना गर्न नसकेकोमा पनि चित्त नदुखाई दिनु होला |

बिशेष धन्यवाद बक्ताहरुलाई, प्रविधिका सारथी लाल शरण चलाउने र सपना पौडेललाई | टुका म्याडमलाइ मेरो बारेमा भन्ने लक्ष्मी तामागलाई |

किताब कसैले लेख भनेर, कसैको प्रोजेक्ट भएर लेखेको हैन | मेरो टुका म्याडमसंग संगत पनि यहाँहरुको जस्तो लामो हैन, उंहाले मलाई पढाउनु भएको पनि हैन तर उहाँ फरक प्रवृतिको गुरु हो | मैले एकलब्यले झैँ शिक्षा लीरहे | प्रेरित भैरहे | भैरहने छु |

अचम्मको कुरा के भने म मेरो नर्सिंगको जान्ने टोप्लिएको बिधार्थी तर मैले कहिल्यै नपढेका, नसुनेका कुराहरु उहाँबाट पहिलो टेलिफोन बार्ता जतिखेर म अमेरिका थिए त्यति बेला देखि हरेक बार्तालापमा केहि न केहि नयाँ कुरा थाहा पाए | पछी पछी त मैले नोट नै बनाउन थाले |

यो दुनियाँले महिलाहरुलाई मानब आज पनि ठान्न सकिरहेको छैन भने एउटा गाउको सामान्य नर्सको योगदान अथवा Her story कसैलाई सरोकार हुने कुरा नै भएन |

मलाई नेपालको पहिलो महिला अधिकार वा अभियन्ता योगमायाको झन्डै सय वर्षपछी बिभिन्न माध्यमबाट लेखिएका वा गरिएका चर्चा ले खसखस मात्रै हैन एउटा नयाँ कामको अठोट जन्मायो |

महिलालाई त्यसमा पनि नर्सहरुलाई जिउंदै त मानब नस्विकारेको समाजले मरेपछि श्रुति/सम्बादको इतिहास लेख्छ भन्ने के नै ग्यारेन्टी छ र भन्ने सोच्दै, यो परम्परा तोडिनु पर्छ भन्ने मनसायले मैले टुका म्याडमको नेपाल र बेलायतमा स्वास्थ्य तथा नर्सिंग पेशा लगायत सामाजिक काम चाहे सुरक्षित मातृत्व होस् वा बाढी वा भूकम्प वा कोभिड वा अनाथ वा जेष्ठ नागरिक आदिलाई गरेको सहयोगको छोटो फेहरिस्त उतार्ने जमर्को गरेको हुँ |

पछिल्ला बर्षहरु हामी दुवैका लागि सहज भएनन् तसर्थ मैले सोचे जस्तो टुका म्याडमका सबै पक्षहरु समेट्न सकेको छैन | समयले साथ दियो भने अर्को संस्करणमा समेट्ने बाचा गर्दछु | कथम कदाचित मैले सकिन भने अन्य जो कोहीलाई पनि अघि बदन बाटो खुल्ल्ला र सजिलो यो किताबले बनाएको छ नै |

यहाँ नर्सिंग पेशासंग आबद बिभिन्न सरोकारवालाहरु हुनुहुन्छ | हाम्रा अग्रजहरुको इतिहास, संघर्ष, योगदान हाम्रा नर्सिंग शिक्षण सस्थाहरुले पढाउनु पर्छ | अनुसन्धानको दायरामा ल्याउनु पर्छ |

टुका म्याडम र उहाँ जस्ता नर्सहरु हाम्रा लागि बैज्ञानिक होइनन र ?सामाजिक अभियन्ता होइनन र ? उहाँहरुको कामलाई हामीले सैदान्तिकिकरण गर्नु पर्दैन ?

के डाक्टरहरुले, राजनीति पाटीहरुले नर्सका इतिहास लेखिदिन्छन ? अब हामी गम्भीर हुने ढिलो गरिनु हुन्न |

समय घर्की सकेको छ त्यसैले मैले धेरै बोल्दिन | तपाईहरुले चाहनु भयो भने म सधै तपाईहरुकै साथमा नै छु |

अन्त्यमा टुका म्याडमलाई पुन बधाई र शुभकामान दिदै, यहाहरु सबै प्रति राधा पौडेल फाउन्डेसन कृतज्ञता ज्ञापन गर्दै मेरो भनाइ यहि समापन गर्ने अनुमति चाहन्छु |

धन्यवाद !

 

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,