Monday, August 24, 2026

Strategy for Prevention of Rape

भावनामा फेरि पनि नबग्ने कि ?
🙏बृहत यौनिक शिक्षा (Comprehensive Sexuality Education) को बारेमा कुरा उठेको छ राम्रो हो तर बृहत यौनिक शिक्षाले महिनावारी विभेदको बारेमा मौन छ |
🙏नेपालमा मात्र होईन, संसारभरका बृहत यौनिक शिक्षामा (कुनै व्यक्ति वा संस्था अपबाद बाहेक) महिनावारी विभेद उल्लेख गरिएको छैन | महिनावारीको रगत ब्यबस्थापन वा निशुल्क प्याड वितरणले महिनावारी हुनेहरुलाई मान्छे बन्न त के महिनावारी विभेदलाई स्थापित गर्छ |
🙏पक्कै पनि बलात्कार, यौन हिंसा, घनिष्ठ साथीबाट हुने हिंसाका पछाडी धेरै कारणहरु छन् |
🙏तर मुख्य र आजसम्म विश्वमा नै छुटेको/छुटाइएको कारण घर घरमा देखिने र नदेखिने खालको, एउटा वा सय भन्दा बढी महिनावारी विभेदको अभ्यास नै हो |
🙏आज नेपालमा सरकारी बिद्यालयमा पढिने कुनै पनि बिषयको पाठ्यक्रमले महिनावारी विभेद पढाउदैनन (फोटो हेर्नुस)|
🙏तर जुनसुकै परिवेशको बालबालिकाले महिनावारी विभेद सालाखाला ६ बर्षमा थाहा पाइसकेका हुन्छन |
🙏 महिनावारी विभेद थाहा पाएको क्षण नै असमान शक्ति सम्बन्ध, पितृसत्ता र बहिष्करणको निर्माण र सामाजिकीकरण शुरुवाती हो |
🙏त्यसैले मर्यादित महिनावारीमा अनौपचारिक, औपचारिक शिक्षा विना बलात्कार जस्ता जगन्य अपराध रोक्न सकिदैन |
🙏पाठेघर लिएर जन्मिएकाहरुलाई मान्छेको रुपमा हेर्ने कहिले ?
🙏पाठेघर नलीकनै जन्मिएकाहरु जवाफदेहि हुने कहिले ?









 

Strategy for Prevention of Rape

भावनामा फेरि पनि नबग्ने कि ? बृहत यौनिक शिक्षा (Comprehensive Sexuality Education) को बारेमा कुरा उठेको छ राम्रो हो तर बृहत यौनिक शिक्षाले म...