Saturday, February 13, 2010

Valentine day

प्रेम दिबस !

बिर्सेको प्रसङ्ग,
नेटो काटिसकेको यात्रा,
मेरो संसार डटकमले सम्झायो,
टुङ्गो नलाग्ने बिसय बस्तु,
नाप्दा नाप्दै सकिएको द्रब्य,
पिउदा पिउदै प्यास नमेताउने,
छोप्न नसकिने, तर्पया तर्पया,
न राम्रो छ न नराम्रो नै!

तर,
तपस्या र योगदानको नाममा
दुखको निस्वास पिएर सुखी भन्ने चिज यो.
जस्तो ताज महलले कति खेपेको छ ताप, राप !
र पनि त्याग र तपस्यामा मख्खिएको मख्खियेकै छ.
पबित्र, श्री खण्ड भएर नि,
ठुलो सानो,दरबार र झुपडीमा नि उस्तै उचाई पाएर नि.
बेला बखत दुबिधामा परिरह्नाछ,
कहिले किल्तन संग त कहिले दाएना संग,
बिबादमा पर्छ, बेसहारा बन्छ.
एक्लै एक्लै
बेसहारा बनेर, त्रिसनामा प्रेम दिबस कुरिररह्न्छ.

अनुभवले भन्छ,
प्रेम दिबस रातो गुलाफमा झुटो माया साट्नेहरुसंग भन्दा,
बिस्वाश र निष्ठाहरुमा बिलाउन चाहन्छ.
बाबु आमाको इगोको प्रमाणपत्र, दाह सस्कार गरेर,
बाबु आमा र सन्तान सहितको सग्लो संसार हेर्न मारी हत्ते गर्छ.

यथार्थमा,
प्रेम दिबस,प्रेम भित्र संसार देखेछ.
संसारमा सक्ति भेट्छ,अनि दुनिया जित्छ,
फेरी फेरी जित्नलाई लागि परिरहन्छ,
नया नया,उत्सर्गमा प्रेमका कथाहरु कोर्न,
भौगोलिक दुरीलाई चिरेर,
सिङ्गो संसार, शान्ति, सुख र एउतै स्पन्दनले बच्न.





Friday, February 12, 2010

मेरो लोग्ने

हजारौ नर नारीहरुको धुइरो,
गाजा बाजा,नाटक,नतर्की,
भासन,प्रसंसा,बख्यनबाट, मेरो लोग्ने,

गराबाट आलीमा घाम तापेका भ्यागुता झैँ
गलाले थाम्न नसक्ने,माला पन्छाउदै,
पालै पालो सम्बोधन,र सुभकमनामा बेस्त मेरो लोग्ने,

श्रीमतीलाई माया गर्ने,सहयोगी लोग्ने,
लुगा धुने,भाडा माज्ने, मान्छे,नमुना पुरुष,
रक्सि नखाने, जुवा नखेल्ने,
वल्तिर,पल्तिर आखा लाउन नजानेको पत्नीब्रत,
कलियुगको सास्वत देवता,
जिबनी लेखिदै छ, एउटा एउटा .
मेरो आधा जिबन, मेरो लोग्ने.

महिला हिसाको बिरोधि,
महिला अधिकारको पहेरदार,
समाज रुपन्तरन्को अगुवा,
सबैले चिन्ने, आखाको नानी, मेरो लोग्ने,

बीच बीचमा परर ताली,
प्रतिबद्द गर्नेहरुको घुइचो,
किसिम किसिमका कसम,
नमुना पुरुषहरु मद्येको पनि नमुना मेरो प्यारो लोग्ने,

पत्रकारको मारामारी,
रेडियो, पत्रिकामा छ्याप्छ्याप्ती,
बाटो घाटो दुनियानै मेरो लोग्ने परि,

लाग्छ, उल्टा असर नभएको,
बांगे पानीको निर्माण कसैले गरिदिए,
म अधिकार उपभोग गरिरहन्थे, सधै नमुना मेरो लोग्ने.
(I wouls like to extend my sincere gratitude to women who traust me and share their stories)


Saturday, February 6, 2010

DAMAI

दमै

औला थरर्थरी काम्दा काम्दै,
धुकधुकी बढ्दा बढ्दै,
दुसाहस गरे यो सिर्षकमा एकछिन भुन्लाई
माफ गर्दै पड्नु होला,चित्त कतै फाटी हाल्यो भने.

चैत मासको हुरीले खसालेका,
आप टिप्न जादा,
लछारिएको गुंड, खुरु खुरु मर्मत गरिरह्यो.
भदौरे घाम, घाम पछिको मुसलधारे पानि
लुरु लुरु,आफ्नो काम गरिरह्यो,

एकादसीमा सबै नारायणी गए,
मागे संक्रान्तिमा देवघाट,
सुरु सुरु आफ्नो धन्दा सकीरह्यो,

बच्चा बचीको सुसार,
सुत्केरीको थान्कोमानको
इस्ट मित्रको मान मनितो,
चाड पर्ब,सधै जुतीरह्यो

रिस छैन कसै संग,बोलेकै सुन्न रहर,
छोरा छोरि, ठुलो सानो सबलाई सम्मान बेब्हार.

सानो लामलामो डंदुर भित्र,
जति, जस्ता भएनी अट्न सकेको,
मेलमिलापको नमुना,
मायापिरतीको उन्माद,
राजेश, झरना र नारन गोपाल,

मेहनती हुनुपर्ने उसको नाम,
मिलन्सरी राख्नुपर्ने,
नमुना जोडी भन्दै सम्मान गर्नुपर्ने,
पत्रिकमा आउनुपर्ने,टि भी मा देख्नुपर्ने,
नोबेल पुरस्कारको मनोनितमा पर्नुपर्ने,
शान्ति को दुत भन्नु पर्ने,

मान्छेले
प्रकृति माथि गरेको सोषण,
जिम्मा लिन आतुर बन्दै,
मोचानार्थ, दमै चरालाई सम्मान छ,
गल्ति दोहोरिने छैन,
सुन्दर प्रकितिबाट सिक्छ, उड्छ मान्छे .
एकपटकलाई माफी पाऊ हजुर .....

 Tuka Chhetri Sandwell, her son James Sandwell were here in Nepal and visited Bhaktapur, Sipaghaat, Parasi (Tihar celebration), Gorkha Kalik...