Thursday, June 27, 2013

Steps for Peace


परेबाको जोडी उड्यो
परेबाहरु उडे, सेता सेता परेबाहरु
जहा हजारौ मानिसहरु,
खादा खादै मरेका थिए
नाच्दा नाच्दै उडेका थिए

कतिले आमा भन्न पाएनन्
कतिले पानि पाएनन्
कतिको लाशै चिनिएन
कतिको लाशै भेटिएन
हुलहालमा सतिगति गरेमा क्षणहरु आखैमा
टुहुराहरु ,गर्भे टुहुराहरु खोज्दैछन् तीनका बाउआमा
बुवा आमाहरु कर्दैछन् ढोकेरी
वोल्दैनन् काग पनि सबेरै
आउन्न कोइली पनि कहिल्यै
जसले जे भनेपनि,
आज सम्म पेट भोकै ,
हर नाङ्गै छ।
गाई भेडा नै हुन मेरा साथी
बम बारुदको मुश्दोबाट,
भाग्दा भाग्दै बाचेको
सायद, यहि शान्ति खोज्न बाचेको होला
बाटो उस्तै गारो छ।
बम छैन तर बारुदको भुङग्रो तातै
अध्यारो, उस्तै उकाली, ओराली पनि
तर पनि, थाकेको छैन,
हिडीरहेछु,उडीरहेछु
तीनै परेबाको जोडि सगै,
सेता सेता परेबाको हुल सगै

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |