परेबाको जोडी
उड्यो
परेबाहरु उडे, सेता सेता परेबाहरु ।
जहा हजारौ मानिसहरु,
खादा खादै मरेका थिए ।
नाच्दा नाच्दै उडेका थिए ।
परेबाहरु उडे, सेता सेता परेबाहरु ।
जहा हजारौ मानिसहरु,
खादा खादै मरेका थिए ।
नाच्दा नाच्दै उडेका थिए ।
कतिले आमा भन्न पाएनन्
कतिले पानि पाएनन् ।
कतिको लाशै चिनिएन ।
कतिको लाशै भेटिएन ।
हुलहालमा सतिगति गरेमा क्षणहरु आखैमा छ ।
टुहुराहरु ,गर्भे टुहुराहरु खोज्दैछन् तीनका बाउआमा
बुवा आमाहरु कर्दैछन् ढोकेरी ।
वोल्दैनन् काग पनि सबेरै
आउन्न कोइली पनि कहिल्यै ।
जसले जे भनेपनि,
आज सम्म पेट भोकै छ,
हर नाङ्गै छ।
गाई भेडा नै हुन मेरा साथी ।
बम र बारुदको मुश्दोबाट,
भाग्दा भाग्दै बाचेको म ।
सायद, यहि शान्ति खोज्न बाचेको होला ।
बाटो उस्तै गारो छ।
बम छैन तर बारुदको भुङग्रो तातै छ ।
अध्यारो, उस्तै उकाली, ओराली पनि ।
तर पनि, थाकेको छैन,
हिडीरहेछु,उडीरहेछु
तीनै परेबाको जोडि सगै,
सेता सेता परेबाको हुल सगै ।