Wednesday, August 28, 2013

किस्न, जन्म दिन . बधाई छ ।

किस्न,
जन्म दिन .
बधाई छ ।
कन्या रासी,
दूरुपयोग्, शोसण्,
प्रेम्को नाममा,शक्तिको आड्मा,
गोपिनिहरु, बिधन्शहरु ।
रुक्मिनी सदैब बिचरा !
राधिका,
सोशण्को परकस्टा ।
छुटै छुट् शक्ती हुनेहरुलाइ,
मालै माला झुट बोल्नेहरुलाइ ।
नेता देब्ता, प्रेमी...
झुट बोल्नेहरूको जीत,
झुट बोल्नेहरूको उत्सब !
फेरी झुकिएर,
ब्रत बसिरहेछन,
घुम्ने मेच् माथि.....,
सम्भबत् दोरेटाहरु चिर्दै
पछाइ रहेछन दिगो उन्मुक्ती,
समान हक र अधिकारका तुलोहरु
किस्न,
जन्म दिन .
बधाई छ ।

Wednesday, August 21, 2013

मेरो सस्तो माया भेटिन्छ कि सोध्नु ?


फुस्की फुस्की हिंड्नेलाई,
तिन्सरो जनैले कती बाधि सक्नु ?
लुकी छिपी रम्नेलाई,
खोजी खोजी राखी पनि किन बाध्नु ?
राखी पनि छानी छानी टहल्नेलाई,
फकाइ फूलाई किन माया जोर्नु ?
बिदेशी बजारमा रम्दै डुल्दै गर्दा,
मेरो सस्तो माया भेटिन्छ कि सोध्नु ?

मैले पनि सपनिमा मै मरेको देखे

मैले पनि सपनिमा मै मरेको देखे
गाउ घर् सबैतिर रुवाबसी  देखे,
स्वतन्त्र भन्दा भन्दै झन्डै झन्डा देखे
बोक्नेहारुको हन्थाप, पोल्नेहरुको हन्थापै हान्थप् देखे
फोटो खिच्नेहरुको हान्थप, कपाल मुड्नेहरुको हान्थप् देखे
मैले पनि सपनिमा मै मरेको देखे,
मरेको भोलिपल्त दुईदिन भाको देखे ,
फेसेबूक् , ट्वित्तेर्, पत्रीका, सबै मेरै चर्चा भाको  देखे
तिनै दिन्मा बाहुन्लाई कुर्ने पनि कोही नभाको देखे
धेरैले बिर्सेंछन, नामै पनि एल्लर्जी  भाको देखे
मैले पनि सपनिमा मै मरेको देखे,
यो पनि मैले, त्यो पनि मैले, एसरी  त्यसरीको बाडि पो देखे
हैन भन्ने भेटिएन, हुन्न भन्नी भेटिएन एकली भाको देखे
बार्सिकि सम्झे ज्स्तो गरे, , ठुला ठुला कुरा गरे, फेरी हराएको देखे
मैले पनि सपनिमा मै मरेको देखे ।

Monday, August 19, 2013

किरिमिरी किरिमिरी हत्केलाका धर्काहरु

किरिमिरी किरिमिरी हत्केलाका धर्काहरु,
कुनैबेला भाग्य बिधता,
प्रतीस्पधाको निशान,
प्रतिस्ठाको पहिचन ।
किरिमिरी किरिमिरी हत्केलाका धर्काहरु,
दुब्लाये कती, बिलाये कती,
पग्लिएर, बिलाएर, बेनामी बन्दैछन,
सस्तो, अती सस्तो बन्दैछन,
भाग्य उडेको छ, समय बगेको छ,
किरिमिरी किरिमिरी धर्काहरु आँफै बिरामी छ .
जुगौ भयो शर्नर्थी जिबन, बुडी औलसङै,
कोही फर्केनन, कसैले सम्जेनन,
अनबरत हसिरहने किरिमिरी धर्कहरुसँग

Thursday, August 15, 2013

तर्सी रहन्छु घरि घरि


तर्सी रहन्छु घरि घरि
भागी भागी हिड्छु,
छाया बनी पछाउछ
निथ्रुक्कै पसिना
अनायसै तिल्पिल परेली
दोधर लाग्छ कहिलेकही
सपना कि बिपना
यो त्यो
येसरी त्यसरी
यहाँ त्यहाँ
पहिले अहिले
तस्बिर आफ्नै
छामे उही, सुघे उस्तै
स्वरुप परीमरिजित
भाषा बिल्कुलै फेरिएछ
आबज उस्तै 
सबै साचै
खोक्रो आदाम्बर भित्र
अल्झिरहेको ?
पोखेर नसकिने पानी
फोरेर नजितिने शिसा 
अक्षर हरु बोल्दैनन्
आशु बगेको फर्क्ना फेरी
भाग्दै भाग्दै कुदिरहन्छु
पत्तो छैन कहाँ पुगिन्छ !

आसु मैसँग थियो


आसु मैसँग थियो, तिमीले बाडिनै पठएउ
दु: मैसँग थियो, तिमीले भकारी थमयेउ
बाटो डरमर्द्यो थियो, मुन्द्रे साहरा झिकाएउ
मुटु दुखेकै थियो, तिम्ले बेहोसै बनाएउ

चोटहरुसँग किर्तग्य छु


चोटहरुसँग किर्तग्य छु
खोटहरुसँग आभारी
आलो रगतको दोरेटोसँग पौडी खेल्दै,
खोठरुको धर्सा धर्सा सँग जिएको छु
होईन अब्रहिम अनी बाल्क्रिस्न पनि,
चोटहरु फिक्री छैन रत्तिपनी
मेरा छोरीहरु बलात्कर हुनुहुन्न अब,
आसु पिएर सुत्ने दिन सकिनु पर्छ अब
कानुन्को राज्य सबैले पाउनलाई 
बीधिको शासन हुन्लाई,
आकाशसङै छाती खुलै ,
चोट खोट सबै स्वीकार
तेसैले
चोटहरुसँग किर्तग्य छु
खोटहरुसँग आभारी

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...