Saturday, November 16, 2013

तिम्रो घोषणा पत्र को हिस्सा माग्दै छु

म रोए बेसरी,
रुन्न भन्दा भन्दै रोए ।
भोट् दिएको मैले विश्वाशले हो
लोग्ने र छोरोलाई छलेर हो ।
किन भने
म लोग्ने हैन
म छोरो हैन
म शुरछित छैन
मेरै श्रीमान सँग
मेरै दाई सित
मेरै जन्म्दिने बाउसित ।
थाहा छ
वास्तवमा म तिमी सित पो  शुरछित छैन
मैले भागेर
लोग्ने साशु सबैसित भागेर
पर्खालहरु नाग्दै, भाच्दै तिमी कहाँ पुग्दा
तिमीले न्याय को बदलामा
मलाई बेस्या भनेऊ
अपराधी लाई सज्जन मानेउ
शायद तिम्ले बिर्सेंउ होला
म बेसहरा बनेर रोएको
म पुलिस चौकिमा एक्लै मरिन्जेल रोएको ।
म तिनै आशुका दानाहरुभित्र
तिम्रो एतिहस अडिट गर्दै छु
तिम्ले आशुहरुमा दुबुल्की मार्दै
गरेका बलात्कार, तिम्रो एस्म्ग्लीङ
तिमीले मेरो निबेदन लुकयेउ, बयान फेरेउ
तर म बयान फेर्दिन
म तिमी जस्तै पुन बलात्कर गर्दिन
म तिम्रो घोषणा पत्र को हिस्सा माग्दै छु
यो पाला हैन , पोहोर साल्को
म रुन्न अब पुग्यो
मैले नेता चिने, छाने न्याय दिने को
मेरो गलत निर्णय
मेरो पास्चतापमा जलेर म रुन पर्ने छैन ।

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |