यदि म प्रधानमन्त्री भएको
भए ?
मोबाइलको सानो झ्यालबाट विश्व हेरी/सुनिसकेपछि सानो काठको झ्यालबाट काठमाडौँ हेर्न
मन लाग्छ | केहि महिना अघिमात्र अस्ट्रेलियामा लागेको आगोको मुश्ला जस्तो पेटबाट
हुड्ल्दै घाटितिर उकुसमुकुस गर्दै आउछ | आखा धमिलो हुन्छ, एकसरो हातले पुछ्न
खोज्छु फेरी झसंग हुन्छु- कोरोना | झिमिक झिमिक गरेर आखाको पर्दा सफा बनाउछु,
काठमाडौँ हेर्न खोज्छु, कस्तो धमिलो देख्छु | पहिले घुइघूइ घुईकिने गाडीको आबाज
आउदैन, घुक्क घुक्क रोएको आवाज सुन्छु | बच्चाहरु रोएको सुन्छु |ओह नो | केहि पनि
गर्न सक्दिन | आफैलाई उल्टोबाट सम्झदै सम्झदै गएर झन्डै तीस वर्ष पहिले यदि तिमी
प्रधानमन्त्री भएमा के गर्छौ भनेर सोधिएको प्रश्नमा अड्किन्छु | साच्चै म
प्रधानमन्त्री भएको भए बिश्व महामारी आफ्नै आगाडी आएर छमछम नाच्दा के गर्थेहोला |