एक मुठी सास भन्छन,
होला र खै,
कोलाप्स् हुँदै गएको फोक्सोको टाइडल भोलुम ?
चिचायर् लिएको,
एक अङुल सास,
फुक्दै गएको फोक्सोको टाइडल भोलुम ।
आउछ र जान्छ,
कसैको बसमा नभएको,
यो मापाको टाइडल भोलुम ।
तर एक अजिब,
फ्रकन्न कहिले,
होस् झुकिएर,धम्कएर सकिएको टाइडल भोलुम ।
न पैसाले किन्छ,
न प्रेम् ले,
गर्छ जे सक्छ दैबले,
बिधताको उपहार यो टाइडल भोलुम
Saturday, January 30, 2016
Wednesday, January 27, 2016
मन
मलाई फेल गराउछ घरी घरी,
मस्तिस्क जस्तै नाप्न खोज्छु,
शरीरनै चलाऊने तारहरु झै,
चौबिसै घण्टा लरी लागिरहने,
केस्रा केस्राहरु खोजिरहन्छु,
भेट्दिन् कतै,
थाके, वाध्य भएर भन्छु,
मन छ कतै, बिलाएर चिनि जस्तै,
कहिले प्रिथिबी भन्दा ठुलो,
कहिले पुर्णिमा भन्दा चम्किलो,
कहिले आकाश जसतै,
कहिले बादल जसतै ।
माग्दैन खान मस्तिस्क्ले जस्तो,
पम्प चाहिन्छ सधैं सधैं ।
दु:खछ, पोल्छ सब हरम गर्छ,
अचानक हावा फुस्किन्छ, स्खलित हुन्छ।
पासोमा झुन्डाउछ, छिन्मै अस्ताउछ ।
मैले जित्न छोडेको छु मन सित,
किन्भने उमेरो जित सँग इर्स्या गरिरहन्छ।
मन मैले हारेको छु ,
तेसैले सोधिन प्रोफेसर सँग,
खै तिमी कहाँ छौ ?
मस्तिस्क जस्तै नाप्न खोज्छु,
शरीरनै चलाऊने तारहरु झै,
चौबिसै घण्टा लरी लागिरहने,
केस्रा केस्राहरु खोजिरहन्छु,
भेट्दिन् कतै,
थाके, वाध्य भएर भन्छु,
मन छ कतै, बिलाएर चिनि जस्तै,
कहिले प्रिथिबी भन्दा ठुलो,
कहिले पुर्णिमा भन्दा चम्किलो,
कहिले आकाश जसतै,
कहिले बादल जसतै ।
माग्दैन खान मस्तिस्क्ले जस्तो,
पम्प चाहिन्छ सधैं सधैं ।
दु:खछ, पोल्छ सब हरम गर्छ,
अचानक हावा फुस्किन्छ, स्खलित हुन्छ।
पासोमा झुन्डाउछ, छिन्मै अस्ताउछ ।
मैले जित्न छोडेको छु मन सित,
किन्भने उमेरो जित सँग इर्स्या गरिरहन्छ।
मन मैले हारेको छु ,
तेसैले सोधिन प्रोफेसर सँग,
खै तिमी कहाँ छौ ?
Tuesday, January 26, 2016
मान्छे अचम्मैमा बाच्छ,
मान्छे अचम्मैमा बाच्छ,
गिदी जातो झै घुमिरहन्छ,
मन उडिरहन्छ चरा झै ।
कसको नियम,कसको माया,
वाहियात् हो मान्छे,
किन् भने,
अस्तित्वसंगै छोड्पत्र भैरहन्छ ।
मृत्युलाई सिरानी राखेर,
सुत्न सक्छ मान्छे,
मृत्यु सँग बारम्बार बार्ता गरिरहन्छ ।
मलामी जान्छ आफ्नो,
किर्या गर्छ,
तर्सिरहन्छ आफ्नै छाया सँग ।
गुजुल्टो परेर हराउछ,
देख्छ संसार तेही,
पोलिन्छ आगोमा, चिरिन्छ चर चर् .
दुखेको छ देखाउन् सक्दैन,
हुतिहारा मान्छे,
हारेको छ पल पल,
जितेको शान झार्छ मान्छे ।
साच्चै,
मान्छे अचम्मैमा बाच्छ।
गिदी जातो झै घुमिरहन्छ,
मन उडिरहन्छ चरा झै ।
कसको नियम,कसको माया,
वाहियात् हो मान्छे,
किन् भने,
अस्तित्वसंगै छोड्पत्र भैरहन्छ ।
मृत्युलाई सिरानी राखेर,
सुत्न सक्छ मान्छे,
मृत्यु सँग बारम्बार बार्ता गरिरहन्छ ।
मलामी जान्छ आफ्नो,
किर्या गर्छ,
तर्सिरहन्छ आफ्नै छाया सँग ।
गुजुल्टो परेर हराउछ,
देख्छ संसार तेही,
पोलिन्छ आगोमा, चिरिन्छ चर चर् .
दुखेको छ देखाउन् सक्दैन,
हुतिहारा मान्छे,
हारेको छ पल पल,
जितेको शान झार्छ मान्छे ।
साच्चै,
मान्छे अचम्मैमा बाच्छ।
Monday, January 25, 2016
Swasthani Bratakatha: A Letter to Daughter
प्रिय
छोरी स्मरिका,
मिठो
सम्झना र माया ।
तिमीलाई
लाग्दो हो यो महिला
कती किच किच गरेकी
छे। ,dलाई लागिरहेको छ
कस्तो बिडम्बना हो । मैले
नबोले कल्ले बोल्ला अनी अहिले नबोले
कहिले बोल्ने भनेर यो पत्र
कोर्दैछु किन्भने म तिम्रो फेस्बुक
को अपडेटले तर्सिएको छु । तिमीलाई
पनि स्व्सोतनी ब्रतकथामा सामेल् हुन नपाएर छट्पटी
भएको छ, तिम्रा हितैसीहरुले
बेलायत र अमेरिकाबाट चिचfएकf छन; हे
अगस्तमुनी …………………कुमार जी आग्या गर्नुहुन्छ
.....
सकी
नसकी, भ्याइ नभ्याइ कुनै मन्दिर वा
जमघट वा साखु सालीनदी
जानु मन छ भने
hfp . म
नजाउ भन्दिन, जान हुन्न भन्दिन,
जानु पर्छ , एस्तो कृयाकलाप महत्वपूर्ण छ किन कि
तिमीले साथी भाई चिन्नु
पर्छ, उनिहरुको भावना, बिचार र
अभ्यास कस्तो रहेछ थाxf पाउनु
जरुरी छ । त्यो
भन्दा पनि महत्वपूर्ण कुरा
त्यहाँ भेला भएका सबै
मानिस् धर्म गर्न आएका
हुन कि अरु कुनै
स्वार्थ छ त्यो पनि
बुझ्नु जरुरी छ। सबै भन्दा
खाटी कुरो त धर्म
गर्ने अाउनेहरुलाई साचिक्कै उनिहरुले धर्म गरिरहेका छन
कि छैनन वा समाजलाई
सकरात्मक् वा नकारात्मक कतातिर
लाग्दैछन सो बुझ्नु पर्दछ।
तर यि सबै कुराको
सुची पुरा गर्नु अघी
पहिले तिमी त्यो स्वस्थानी
ब्रतकथा पड, तिमी अङ्रेजी
भाषामा पडेकी हुनाले केही समय लाग्न
सक्छ, सुन्न मन भये सुन्न
पनि पाईन्छ ईन्टरनेटमा । हतार नगर्नू
। पड्दै गर्दा केही प्रश्नहरु मनन
गर्नु; कथा कहिले लेखिएको
होला, तिम्रो साईन्स मा भनेजस्तो लाखौं
बर्ष पहिले कि, टि.भी
, फोन , वा जिब बिज्ञानको
शिछण् हुन थालेपछी वा
कहिले ? घोत्लिएर खोज्नु मान्छे कसरी जन्मन्छ ? सोच्नु
तिमी बिज्ञानमा विश्वाश गर्छौ कि प्रकिर्तिमा कि
अन्य कुन दर्शनमा ? फेरी
सोच्नु तिमीले प्रयोग गर्ने सबै बस्तु कल्ले
बनायो ; बिज्ञान, धर्म, प्रकिर्ती आदी आदी ।
सोच्नु त्यहाँ तिमी जस्तै केटी
छन कि छैनन, केटीको
भूमिका के हो, उस्ले
आफ्नो निर्डय गर्न पाउछे कि
पाउन्न, उस्को शरीर, सम्पत्तिमा अधिकार हुन्छ कि हुन्न ? तिमीले
अधिकार प्रयोग गरे तिमीले सजाय
पाउने हो कि पुर्स्कार
। यो पनि सोच्नु
विवाह कहिले गर्ने हो ? बहु विवाह
तिमीलाई स्वैकार्य छ कि छैन?
के लोग्ने मनिषहरु यो वा त्यो
बहनामा बहु विवाह गर्न
सक्छन वा गर्नु हुन्छ
? के ध्यान गर्दैमा, पूजा गर्दैमा कसैले
बिना परीश्रम सम्पत्ति प्राप्त हुन्छ ? के बिना पसिनाको
सम्पत्ति भ्रस्ट् सम्प्ती हो कि वा
कुनै ?
सम्झनु
तिमी कुन सताब्दिमा हिड्दैछौ
? तिमीले बिदेशमा रहदा बस्दा तिमीले
के देखेकी छौ, कती पटक
रमाउन सकेयू तिमी अनी कती
पटक तिम्रा आँखा रसाये , तिमी
कती पटक हेपिएउ , तिमी
कती रात् चोट लागेको
स्वाभिमान च्यापेर सुक्क सुक्कायेका छौ।
मैले
एसो भनिरहदा तिम्रा साथी मसित रिस्ले
मुर्मुरिन सक्नेछन कतै तिमी पनि
उनिहरुको प्रभाब् मा पर्नेछौ, मलाई
गाली गर्न सक्नेछौ अनी
मलाई गाली गर्नेहरु मौरिको
गोलो खनिएझै खनिन सक्नेछन तर
पनि हतास नहुनु र
स्वस्थानी ब्रतकथाका एक एक पक्तिका
अर्थ खोज्नु, जिबन खोज्नु, बिदेश
र नेपालको बिकासको तुलना गर्नु ।मैले तिमीलाई धर्म नगरने भनेको
हैन, हाम्रो हिन्दू धर्म खतम छ
भनेको हैन। धर्मले जिबन
दिनु पर्छ, नयाँ पुस्तका लागि
गोरेटो खन्नु पर्छ । नेपालमा
आजको दिन्मा देखिएको बाल विवाह, चाडो
विवाह, अनमेल विवाह, बहु विवाह, के
एही ब्रतकथाको पारिडाम् हो
त ? के
यि सबैको धरातल स्वस्थानीब्रतकथा नै
हो त ?
यि सबै प्रश्नहरुको उत्तर
खोजेर तिमी जानु सालीनदिमा
। त्यहाँ पनि तिमी एसै
जान पाउनउनौ अर्थात तिमी केही प्रश्नहरु
लिएर जाउ। हेर साली
नदी कसरी बगेकी छन
अर्थात बग्न सकेकी छन
कि छैनन ? तिमीलाई बग्न नसकेकी साली
नदी प्रती सन्का लाग्छ भने मात्रै आधी
घण्टा हिंडेर नदिको मुहfन तिर
जानु कस्ती छ साली नदी
? धर्मfलुले साली नदी
मैलाएकी साली नदिले धर्मfलुलाई ।
हेर्नु धर्म गर्ने आउनेहरुलाई
- उनिहरुले फल्फुल्का बोक्रf, कागत, पलास्टिक
कहाँ थन्काउछन्, चर्पी कहाँ जान्छन, खानेकुरा
के र कसरी खान्छन
। उनिहरुको बहनामा आउने अरु पसलेहरुको
फोहोर बेब्स्थापना कस्तो छ। बिदेश्मा मन्दिर
होस् वा चर्चा वा
मस्जिद कती सफा र
सुन्दर हुन्छ, खै हाम्रा धर्म
का गयो । धर्म
गरे भनेर भनिरहदा उल्तै
प्रकिर्तिको धर्म, समाजको रुप, भाबी पुस्ताको
अधिकार खोसिरहेको भान हुन्छ। तिमीलाई
नलाग्न सक्छ तर मलाई
बागमती सफै अभियानकf अगुवा
पूर्व सचिब लीलामनी
पौडेल सँग पनि दिक्क
लागेर आउछ। बागमती सफै
२०१२ साल्देखी सुरु भएपनी समुदायको
बेक्ती अगुवा भएको छैन वा
समुदायको बेक्तिले अगुवा लिन सक्छन वा समुदय्को अगुवा
महत्वपूर्ण छ भनेर परिकल्पना
पनि गरिएको छैन। फोहोर उतपादन्
गर्नेहरु, खोलको छेउमा बस्नेहरुको नेत्रित्व स्विकारीदिएको भए, फोहोर फाल्नेहरु
जिम्मेवारि हुने वा रहने
सस्कार् बसाएको भये अहिले साली
नदी हरेक माघ महिना
आएपछी किन सघुरिन्थ्यो, किन
पिल्सिन्थ्यो ? तेसैले छोरी तिमी त्यस्तो
अगुवा पनि नबन्नु अनी
त्यस्तो हेरेर पनि नबस्नु ।
साच्चिकै तिमीलाई नेपाललाई केही गरुभन्ने लागेको
छ भने साली नदी
सफा बगाइदेउ अनी स्वस्थानी ब्रत्कथाको
पुनर्लेखन गरिदेउ । एक्कैसौ शताब्दिको
जसको हात हत्मा स्मार्ट
फोन छ, संसारलाई सेकेन्ड
सेकेन्डमा निहलिराहेको छ उस्ले एती
तर्कहिन कुरामा अल्मलिरहनु हुँदैन। एसरी अल्मलिनु वा
अल्मलाउनु नै गलत कुरा
वा मेरो लागि पाप
हो ।
छोरी
यो देशको पहिचान तिमीले र तिम्रो समुहले
फेर्नु पर्छ अब, असम्भब
केही छैन। थैल्यान्ड, अष्ट्रेलिया,
अमेरिका संगै जिउन सक्छ भने
हामी किन संगै जिउन
सक्दैनौ ? तिमी जस्ता युवाहरु
सधैं बिदेश जाने, पढ्ने, उतै बस्ने, नबसे
पनि देशका लागि केही नगर्ने
गर्दा गर्दै हाम्रो यो हालत भयो।
हामीले जोगाउनु पर्ने सस्कार्, हामीले फुलाउनु पर्ने नाक अरु नै
छन। हामीले मान्दै आएको धर्म भित्र
एस्ता धेरै अभ्यास छन
जुन संसारभर नै अनौठा र
संसारलाई नै जोड्न सक्ने
मान्यता छन । सबै
जात, धर्म, क्षेत्र आदिमा अभ्यास गरिएको सस्कार् मित लगाउने, सँग
संगै बच्ने, स्बैलाई समान हैसिएत्मा देख्ने
हाम्रो सस्कार् हराएको छ जहाँ हामी
शान्तिको लागि, द्वन्द बेबस्थापन् गर्न प्रयोग गर्न
सकिन्छ। तेस्तै हामीले मान्ने चाड चाहे जुनसुकै
जात्का लागि भनियोस, नेपाली
सबैले मान्ने चलन, समुह समुहमा
मिलेर बस्ने, सहयोग गर्ने सस्कार् आदी आदी ।
छोरी हामीले धेरै कुरा हामीले
आँफै गुमाएउ अर्थात देखाउन् कोशीस नै गरेनौ ।
आफ्नो शिर ओस्त्रिच चराले
टाउको बलुवमा लुकाये झै हामीले पनि
हाम्रो सभ्यता, हाम्रो सस्कार् लुकायेउ र बेक्तिगत नाफा,
नोक्सानको लत्मा हाम्रो अस्तित्व मेटाएका छौ, म त्यो
भिड्मा एकलो भएको छु,
मेरो आबज मेरै भन्नेहरुले
हावामा चुरोट्को हावासङै उडाइदिय, रक्सिको चुस्किमा उल्लैदिये तेसैले छोरी अब तिम्रो
साथ् चहिय्को छ अब मलाई
र मेरो आमलाई अनी
सबैको आमालाई।
छोरी
मैले स्वस्थानी ब्रत्कथा पठाइदिएको छु सके पछी गरुन
पुराण पनि पढ्नु र
मलाई ईमेल गर्नु।
ज्यानको
ख्याल गर्नु, अनी फेस्बुक अप्डेट
गर्दै गर्नु ।
तिम्रो
उही माया गर्ने आमा
राधा
Thursday, January 21, 2016
Keep Intact your Dignity: A Letter to Daughter
प्रिय
छोरी स्मारिका,
मिठो
सम्झ्नना र माया ।
मलाई
थाहा छ मलाई जती
तिम्रो माया लागेको छ, म जती
तिम्रा लागि पलपल जलेको
छु, तिमीलाई एस्को बारेमा पत्तोसम्म छैन र भैइ
हालेपनि फेरी तिमीले ओठ
लेप्राउने छौ, भन्ने छौ
नौटन्की । किन भने
मैले तिमीलाई नौ महिना पेटमा
बोकेकी छैन, तिमी पेटमा
आएपछी बिहान् बिहान् वाक्दै वाक्दै हिनेकी हैन, तिमीले बाँच्नका
लागि पेट्भित्र गरेको सङ्रश अनुभुती गरेकी छैन। मैले आफ्नो
खुट्टा नै नदेखिनेगरी पेट
समाउदै सकी नसकी, घ्याचक
घ्याचक गरी हिडदै देखाउन गएकी पनि छैन।
तेती मात्रै कहाँ हो र
म तिमीलाई यो संसार देखाउन
आतुर भएर असिन पसिन
बन्दै, चिचौदै, फलाक्दै वरपर भएका मान्छे
र भितो चिछोर्दै कनी
कनी फुत्रुक्क पारेकि हैन।
जब नेपाली समाजले निर्धारण गरेको बैबाहिक् उमेरले नेटो काट्दै गयो
तेती नै मैले आफुलाई
परिक्षामा उभाउदै लगे। म प्राय
पास् पनि भये भने
कहिले काही थप् प्रश्नहरुले
गाजिये जुन साचिक्कै गाह्रो
थियो । मेरा धेरै
छोरीहरु जन्मे तर सधैं एक
भएर। उमेर ढल्कदै गयो
मेरो छोरीको उमेर पनि बद्दै
गयो । मलाई आमा
भनु भनेर आँखाभरी आसु
गर्दै जसले मायाको भिख
मागेको थियो उनिको फोटो
मात्र मुस्किल्ले छ, खोजी गरिरहन्छु
तर असफल मात्रै भएको
छु तर जस्लाई मैले
छोरी भनिरहेको छु उस्लाई पत्तो
सम्म पनि छैन म
कती समर्पित छु उस्का लागि
।
हो मैले धेरै छोरीहरु
जन्माएको छु, उनिहरु आउछन
आँखाभरी नाच्छन् , सपनामा
आउछन गम्लाङ अन्गालो मार्छन्, माया गर्छन्, सपना
सुनाउछन । मलाई शक्ती
दिन्छन । हरेक बिहान्
मैले उनिहरुकै सपना पुरा गर्न,
उनिहरुको सुरछित जिन्दगीको क्यान्भासमा नयाँ नयाँ धर्का
, सुर्यका किरण संगै ति
धर्काहरु छितिज् सम्म पुग्छन, तरङ
थप्छन, नयाँ नयाँ खाका
कोर्छन ।कोही इन्जिनीयर बनेर अजङको पहाडलाई
रोप् वे र पुल्हरु
बनाउथे, कोही गाउ गाउ
गएर सुत्केरी हुन नसकेर मृत्यु शैया मा
छट्पतय्कि आमाहरुलाई जिबन दिन्थे,कोही
कुशल प्रशाशक भएर देशको सेवा
गर्थे, सदियौ देखी गाजिएको सामन्तबादि
सस्कारलाई धक्का दिन्थे,
कोही विश्वा बिधालयको भिसी हुन्थे र
शैछिक रुपान्तरन्को बहार लेउथे ।
उनिहरु कहिले तेह्रथुम पुग्थे कहिले रशुवा कहिले कर्णाली । कहिले दार्चुलाका
पहिरोरोक्थे, कहिले टनक्पुर्को पीप निकाल्थे अनी
कहिले सुस्तामा पहरेदार बन्छन भने कोही जनकपुरमा
जानकी भएर जन्मन्छन ।
म प्रफुल्ल हुन्छु । मैले संसार
हाक्छु, मेरो छोरीको पाहिलाहरुमा
रम्दै उम्दै पुग्छु । मेरो
छोरी लिबेरिया देखी ताईवानसम्म पुगेका
छन र पुग्छन
अमेरिकाको नेत्रित्वमा पनि । म
छोरा पाउदा खुशी हुन्छु नै,
मुटुको टुक्रा सबैको सधैं प्यारो रहन्छ
तर म मेरी छोरीसँग
बडि गौरब गर्छु किन हो मैलाई थाहा छैन ।
छोरी
तिमी बेस्त त छौ नै
किन भने समय एकदम
प्रतिस्प्रधी छ तेसैले मेरो
केही गुनासो छैन । तिमी
के के गर्छौ,कहा
कहाँ जान्छौ मैले जान्ने हक
राख्दिन तर तिम्रो भबिस्यले
सधैं सधैं पिरोलिरहन्छ, निन्द्राबाट
बिउझिन्छ। छत्पट्टिमा बाचिरहनु भन्दा यो पत्र लेखोको
छु ,बिन्ती छ पढ्नु, जसेछ
भने जिबन्मा प्रयोग गर्नु शायद मेरो एही
नै अन्तिम अनुरोध होला।
तिमीले
देखे जस्तो सिधा छैन जिन्दगी,
तिमीले चाहेजस्तो सल् सल् बगिरहोस्
। तिमीले गरे जस्तो मायालु
छैन, जुन हरेक मुस्कानमा
आत्मियता होस्, इमान्दरीता होस् । यहाँ
त जे देखिन्छ, सुनिन्छ
त्यो सत्य हैन, छैन
। जो आफ्नो भनिन्छ
त्यो आफ्नो हैन । यो
जालजेल भित्र आफु भएर बाँच्न
निकै सकस छ ।
जसरी आमा बन्न गाह्रो छ ।
समाज
जे भन्छ त्यो मैले
बेहोरिन, लाग्छ तिमीलाई पनि तेसै हुन
सक्छ । तिमीलाई तिम्रो
उमेर र प्राबिधिको बिकासले
मेरो कुरा विश्वाश नलाग्न
सक्छ तर मैले भन्नै
पर्छ किन्भने यो मेरो धर्म
हो अनी सबैलाई यो
कुरा थाहा पनि हुँदैन
जसरी मलाई थाहा थिएन
किन भने अक्षर फोर्नु,
अङ्रेजी बोल्नु, कम्प्युटर चलाऊनु , बिदेश देख्नु,
जिबन
जिउनु हैन । साच्चै
जिबन जे देखिन्छ त्यो
हैन, जे भोगिन्छ त्यो
पनि आत्मिय नहुन सक्छ अर्थात्
परिबन्ध हुन्सक्छ ।
तिम्रो
शरीर तिम्रो हो कसैले छुन
तिम्रो अनुमती बेगर सम्भब छैन
। तर तिमीले थाहा
नपाउने गरी, बिभिन्न कथा
र टुक्का गासेर उनिहरु हरपल अग्रसर भैइरहन्छन।
आफ्नो स्वार्थ पुरा गर्न जे
हर्कत गर्न अगी पर्नेहरु
स्वार्थ पुरा भएपछी तिमीलाई
चिन्दैनन। कल्पनाको,
सिमापारीको कुरो जुन तिम्रो
बाल्पन्ले विश्वाश गर्न गाह्रो हुन्छ
म बुझ्दछु तर सत्य मैले
भन्नैपर्छ । तिमीलाई स्कुल
मा पडाउने शिक्षक, तिमीलाई भातिजी भनेर बोलाउने तिम्रो
बाको साथी, तिमीले तिहारमा टिका लगाएको दाजु,तिम्रो कलेजमा संगै पढ्ने साथी,
तिमिसङै प्रोजेक्ट गर्ने सबै सँग सतर्क
रहनै पर्छ । मेरो
अनुभब्ले भन्छ तिमीले तिम्रै
बा सँग पनि सतर्क
रहनु राम्रो हुन्छ । माया गर्छु
जती भन्न सजिलो छ
तेती यतार्थ तितो छ ।
जसले मलाई सम्मान गर्छु
भने, जसले मलाई सद्भब
गर्छु भने तिनले मलाई
सोशे, चुडे, जलिरहेको आगोमा फलिदिए । जुन यो
समाजले देख्दैन, देख्न सक्दैन,मैले देखाये भने
फेरी देख्दैन, सुन्दैन र मलाई तोक लगाइदिन्छ बेस्या,
नखर्मौली, सम्पत्ति देखेर मरी, कतै नबिकेर पारी, के के हो के के । तेसैले यो समाज तिमीले
किताबमा पढ्ने गरेको जस्तो छैन, संबिधानले मागे
जस्तो छैन मतलब तिम्रो
लागि तेती अनुकुल छैन ।
तिमीलाई प्रयोग गर्न, तिम्रो शिर झुकाउन, तिमीले
झुक्ने गरेका महिलाहरु प्रयोग हुन सक्छन ।
यो जन्जाल्मा तिमी भएर बाँच्न
गाह्रो छ तर हतास
नहुनु सचेत हुनु, निर्डय
भावनाले नगर्नु अनी नचुक्नु हुन्न,
सक्दिन, भयो भन्न ।
जब जब अनान्य हुन्छ
तब तब तिमीलाई पद्ले,
पैसाले, रोक्न सक्छ, छेक्न सक्छ तर पनि
पछी नपर्नु । बगेको पानीलाई
सम्झेर तड्पी तड्पी काल पर्खनु भन्दा
प्रतिकार गर्न नचुक्नु ।
हुन्सक्छ चुनौतिहरुको शुली लाग्न सक्छ,
मुखमा माड नलाग्न सक्छ
तैपनी स्वाभिमान्को लागि सम्झौता नगर्नु
छोरी । समय नगुजार्नु
। भोली कहिलै नआउन
सक्छ । अस्तित्व र
स्वाभिमान्को हत्या, आत्महत्या भन्दा पनि बडि खतरा
हुन्छ त्यो पर्नेलाई मात्र
थाहा हुन्छ । समय घरकिदै
जादा झन एक्लो र
सुन्य हुन्छ जिबन। मेरो समिप्य त
झन सधैं पुर्णिमाको जुन
जसतै स्पर्सबिहिन हुनेछ ।
लहै
लहैमा लागेर तिमीबाट मलाई आक्रमण र
शन्का उप्शन्का पनि भएका छन
तर पनि मेरो केही
गुनासो छैन फेरी पनि
म तिम्रो आमा हो म
त्यो सजिलै निल्न सक्छु, बिर्सेंको अनुभुती दिन सक्छु ।
तिमी तिमी भएर बाँच्न,
तिमी स्वाभिमानी छोरी भएर बचेँको
देख्न, तिमी सगरमाथा जसतै
उचो भएर बचेँको हेर्न
रहर छ मेरो, जुन आजदेखी लगानी
नगरि सम्भब छैन।
हो म फेरी पनि
सबै मेरा छोरीहरुको साहरा
बन्न सक्तिन तर एउटा छोरीको
भने पक्कै सक्छु, मलाई तिमी ठुलो
भएर केही दिनु र
गरिदिनु पर्दैन तिमी जस्तै एक
छोरीको साहरा बनिदिनु म तेसैमा सन्तुस्ट
रहनेछु .
आफ्नो
स्वास्थेको ख्याल गर्नु, ५ महिना भन्दा
लामो तराइको बन्दले जन जिबन बिशेषगरी
छोरीहरुको जिबन झन चुनौतिपूर्ण
बन्दै छ, हरेश नखानु।
फेस्बुकमा धेरै नझुन्दिनु तर
अप्डेट भने दिदैगर्नु मा
तेतै एक्लै एक्लै भेटौँला।
तिम्रो
माया गर्ने आमा ।
राधा
जन २२, २०१६
Subscribe to:
Posts (Atom)
National Assembly unanimously endorses Resolution Motion on Dignified Menstruation
It was life long advocate to make every menstruators life dignified. March 21, 2025 was a historical day in a course of feminism, developmen...
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I have advised to use the following slogans to all organisations who are interested to organise programs related to MHM. 1. M...
-
Namaste, Salam Alekam and good morning, All protocols observed. ü I would like to extend my sincere thanks and gratitude for this awar...