संबिधानसभाको म्याद थप्न ..........
आमा
मैले तिम्रो बचन पुरा गर्न सकिन,
छिन छिनमा म भागिरहे,
जबर्दस्त ढ्योका खोल्दै चिहैरहे.
तिमीले भनेकी थियेउ,
दुखको घडीमा पनि,
कर्तब्य नबिर्से.
+
मैले कसरि मन थाम्ने ?
सी सी यु मा राखिएको मेशिन,
पिलिक पिलिक रातो, पहेलो बल्न थाल्यो,
संबिधानसभाको म्याद थप्न ..........
घण्टा, मिनेट बाकी भन्दै घट्तै घट्तै जान थाल्यो!
+
तिमि नबाचेको दुनियामा म किन इमानी बन्नु पर्यो?
तिमि निभेको दुनियामा किन, किरण छंर्नु पर्यो?
मेशिनको अङ्क जति जति घट्दै जान्छ,
तेती मेरो हात खुट्टा नि गल्दै गाछ,
तेसैले,
मैले मानिन आमा तिम्रा अर्तिहरू,
सुत्ने, खाने, रम्ने सबै गए तिमिसंगे रहरहरु.
+
झिनो आशा त मरेको छैन आमा,
म भक्तमान डाक्टर खोजेर आउदै छु,
क्यान्सर नै भएनी दुइ चार वर्ष त मेरो रहर मेटिन्छ कि,
तिम्रो आयु पाउछु भने,
बिना शर्त म,
फासीमा चड्ने छु,
जुनकुनै बिस, एक घुट्कोमा निल्नेछु,
घाटी माग्नेलाई घाटी, छाती माग्ने लाई छाती
दिएर आमा,
म तिम्रो चरणमा छु,
बिन्ति आमा बिन्ति!
+
आमा,
मलाई मात्र तिमि भए पुग्छ.
तिमि बिना,
तिमि मर्ने दिन कुरेर बसेका,
हामीलाई सरापेर बसेका,
माथ्ल्यो र तल्लो घरका छिमकी संग,
म कसरि बम्ड़े नारी कस्न सक्छु?
+
आमा,
बाटोमा कुदईछु,
मोबैलमा घन्टी जादै छ,
म डाक्टर लिएर आउदैछु ,
भनेको छु,
अक्सिजन लिटर बडैदेउ,
मुटु चल्ने औषधी,
मुटुमा नै सिधै घोचिदेउ.
Thursday, May 27, 2010
Wednesday, May 26, 2010
म र पुरुष!
हो,
म लाजले भुतुक्कै हुन्थे,
कसैले भनेको सुनिहाले भने,
मुख थुनिदिन्थ्ये कि रात रातो मुख लाएर भाग्थे.
अश्लिल सब्द, नभन है,
फेरी भनेउ भने कि सरलाई भन्दिन्छु कि आमालाई.
किनभने,
मलाई सिकाईएको थियो,
यो महिलाको दोस हो,
महिला बिसर्मी छन्,
महिला बेबकुफ हुन्.
पुरुष !!
सधै राम्रा, सबै ठिक,
यी सब बोल्न र गर्न अधिकार छ.
जन्मसिध अधिकार!
साचिक्कै,
पुरुषले अधिकार पाएको रहेछ,
घरमा, अफिसमा,रेडलाइट एरियामा,
बिग्रेनी, सप्रेनी, कुनै बहानामा प्राप्त अधिकार!
लाज भएको पुरुष!
बिबेकी पुरुष!
इजतिलो पुरुष!
महान पुरुष!
पुरुष ! पुरुष ! ! !
घचेट्दै, तान्दै,लतार्दै,
मलाई रेडलाइट एरियामा पुरौउछ,
लुक्दै, भाग्दै टिकट काटेर आउछ,
भन्छ मलाई- रन्डी ! बेस्या ! कुकुर्नी !
पुरुष?
तिमि तिम्रा उपमा भित्र अटेउ भने,
म सजिलै अत्छु.
मेरो लाज छ,
मेरो बिबेक छ,
म महान महिला बन्छु,
मेरो बाद्येता टर्छ,
मेरो रहर रुपान्तरित हुन्छ.
महान महिला र महान पुरुषको
संयोग महान नभएर के नै हुन् सक्छ र?
हो,
म लाजले भुतुक्कै हुन्थे,
कसैले भनेको सुनिहाले भने,
मुख थुनिदिन्थ्ये कि रात रातो मुख लाएर भाग्थे.
अश्लिल सब्द, नभन है,
फेरी भनेउ भने कि सरलाई भन्दिन्छु कि आमालाई.
किनभने,
मलाई सिकाईएको थियो,
यो महिलाको दोस हो,
महिला बिसर्मी छन्,
महिला बेबकुफ हुन्.
पुरुष !!
सधै राम्रा, सबै ठिक,
यी सब बोल्न र गर्न अधिकार छ.
जन्मसिध अधिकार!
साचिक्कै,
पुरुषले अधिकार पाएको रहेछ,
घरमा, अफिसमा,रेडलाइट एरियामा,
बिग्रेनी, सप्रेनी, कुनै बहानामा प्राप्त अधिकार!
लाज भएको पुरुष!
बिबेकी पुरुष!
इजतिलो पुरुष!
महान पुरुष!
पुरुष ! पुरुष ! ! !
घचेट्दै, तान्दै,लतार्दै,
मलाई रेडलाइट एरियामा पुरौउछ,
लुक्दै, भाग्दै टिकट काटेर आउछ,
भन्छ मलाई- रन्डी ! बेस्या ! कुकुर्नी !
पुरुष?
तिमि तिम्रा उपमा भित्र अटेउ भने,
म सजिलै अत्छु.
मेरो लाज छ,
मेरो बिबेक छ,
म महान महिला बन्छु,
मेरो बाद्येता टर्छ,
मेरो रहर रुपान्तरित हुन्छ.
महान महिला र महान पुरुषको
संयोग महान नभएर के नै हुन् सक्छ र?
Sunday, May 23, 2010
नमस्किएको फुल !
श्रीनगरको पहाड उकिलिदा उक्लिदै,
बाटोमा भेटेको एउटा छुटै, भिन्नै फुल,
बगैचामा नसुहायेर होला !
पारिजात ?
बाटो छेउमा नै गाडिदीएकि छे.
+
साथी भाई संग गफ लाउदा लाउदै,
कहिले कहिँ सम्झिन्छे,
हडबड गर्दै खोत्तैदिन्छे पानी पनि,
थुप्रिदिन्छे बिदेशी मल पनि,
झारै झारले छपक्क पार्छ,
हजुरमाले कराउदै गोडी दिनुहुन्छ.
तरनि फुल मस्किन्न किन हो?
+
लाग्छ,
मुना पलाए जस्तो, बसन्त बसाए जस्तो,
जुम्लाका स्याउ फुलेजस्तो,आरू बसाए जस्तो.
तर
खुल्दैन मसक्क,देखिन्न लरक्क!
+
घच्चा लाग्छ, कहिले यता त कहिले उता,
बाटोमा हिड्ने छोदुवाहरुको हात र लात,
तर् तर् चोप चुहिन्छ.कालो कालो भएर टुसा झर्छ !!
+
माया गर्दा गर्दै,
पारिजात,
आफैले टुसा भाचेको नि पत्तो पाउन्न,
भल भल रुन्छे कहिले,
पटक पटक बिचलित हुन्छे,
र,
कल्पिन्छे,
उसको नाम बिनाको फुल ,
फर्लक्क परेका पातहरुले सजिउन ,
मग मग बास्ना चल्ने फुलहरुले रन्गिउन्,
हिमालमा नि फुलोस , पहाड तराई सबै तिर फुलोस ,
पुस्पमेलामा उसले न्वारन गरेकै नामबाट उद्घाटन गरियोस ,
+
तर ,
नाबालक उसलाई, के थाहा?
उसको फुल भित्रै भित्रै मक्किसकेको कुरा,
उसकै स्पर्स बिस बनेको यथार्थ,
किताबका साध्य, किताबमा नै सुहाउने बास्तबिकता,
जलबायु परिबर्तनले डुसी छोडेको कुरा,
+
के महत्व ?
तार्ताम्मे नमिलेको मलजलको !
चोटै चोटको पृष्टभूमिमा एक छिनको स्वंग्को!
+
लाग्छ ,
यो बिना नामको फुल, बिना अस्तित्वको रहिरह्नाछ,
बिना बिद्रोह जलबायु परिबर्तन संगै,
नमुस्कुरायेर नै बिलाएर जान्छ .
नमस्कियेर नै वोएलायेर झर्छ.
बाटाको पहिचान बाटो मानै हराउछ !!!!!!!
Just remember to parijat on her 16 death ceremony
श्रीनगरको पहाड उकिलिदा उक्लिदै,
बाटोमा भेटेको एउटा छुटै, भिन्नै फुल,
बगैचामा नसुहायेर होला !
पारिजात ?
बाटो छेउमा नै गाडिदीएकि छे.
+
साथी भाई संग गफ लाउदा लाउदै,
कहिले कहिँ सम्झिन्छे,
हडबड गर्दै खोत्तैदिन्छे पानी पनि,
थुप्रिदिन्छे बिदेशी मल पनि,
झारै झारले छपक्क पार्छ,
हजुरमाले कराउदै गोडी दिनुहुन्छ.
तरनि फुल मस्किन्न किन हो?
+
लाग्छ,
मुना पलाए जस्तो, बसन्त बसाए जस्तो,
जुम्लाका स्याउ फुलेजस्तो,आरू बसाए जस्तो.
तर
खुल्दैन मसक्क,देखिन्न लरक्क!
+
घच्चा लाग्छ, कहिले यता त कहिले उता,
बाटोमा हिड्ने छोदुवाहरुको हात र लात,
तर् तर् चोप चुहिन्छ.कालो कालो भएर टुसा झर्छ !!
+
माया गर्दा गर्दै,
पारिजात,
आफैले टुसा भाचेको नि पत्तो पाउन्न,
भल भल रुन्छे कहिले,
पटक पटक बिचलित हुन्छे,
र,
कल्पिन्छे,
उसको नाम बिनाको फुल ,
फर्लक्क परेका पातहरुले सजिउन ,
मग मग बास्ना चल्ने फुलहरुले रन्गिउन्,
हिमालमा नि फुलोस , पहाड तराई सबै तिर फुलोस ,
पुस्पमेलामा उसले न्वारन गरेकै नामबाट उद्घाटन गरियोस ,
+
तर ,
नाबालक उसलाई, के थाहा?
उसको फुल भित्रै भित्रै मक्किसकेको कुरा,
उसकै स्पर्स बिस बनेको यथार्थ,
किताबका साध्य, किताबमा नै सुहाउने बास्तबिकता,
जलबायु परिबर्तनले डुसी छोडेको कुरा,
+
के महत्व ?
तार्ताम्मे नमिलेको मलजलको !
चोटै चोटको पृष्टभूमिमा एक छिनको स्वंग्को!
+
लाग्छ ,
यो बिना नामको फुल, बिना अस्तित्वको रहिरह्नाछ,
बिना बिद्रोह जलबायु परिबर्तन संगै,
नमुस्कुरायेर नै बिलाएर जान्छ .
नमस्कियेर नै वोएलायेर झर्छ.
बाटाको पहिचान बाटो मानै हराउछ !!!!!!!
Just remember to parijat on her 16 death ceremony
Sunday, May 16, 2010
Visionless Law ???
द्रिस्तिबिहिन कानुन.
गाजलु ठुला ठुला आखा,
ट्वाल ट्वाल ति , हेरेको हेरेई,
चोर आयेनी उस्तै,साधु पसेनी ठिकै,
+
चुतुक्क स-साना कान,
ड्याम्म बम प्ड्केनी सन्चै,
सडक उर्लेनी ढुक्कै,
रेडियो बोलेपो के, टिभी लैएफ गरेनी ठप्पै,
+
बोल्ने आटे जस्तो, हसिरखेको मुख,
अन्नाया लाई न्याय भने नि अनान्दै,
चोरलाई साधु भनेनी पुज्दै,
+
भगवान नै हो २२-२२ वटा हात छन्.
कुनै अगाडी बाट पलाएका, कुनै कतै,
कल्पनाका शक्ति,बहुमत देखाउने हुक्मति,
नगरी नगरी सहमति,भन्दै गरिरछु सरकारी,
अमुर्त,अमुर्त, भयो ! होला ! होला ! फेरी उस्तै!
+
बाटोमा हजारौ चोट हरुले खिएएको ढुंगा,
हारेको,खुस्केको,खिएएको मनस्थिति,
सान्त्वना र सहानुभूति को नतिजा,
मन्दिरमा राखेको ढुंगा,
पुज्न पर्छ है, भनेर मानेको देवता.
+
कति मागी रहेको कोलाहल गरेर,
कति पसारो परेको तेसरी,
सिह दरबार अर्को परिभासा को मन्दिरमा,
कागबेनी को ढुंगा मन परे मुस्तांग किन नगाको,
रिडी र देवघाट को मन परे किन कल्लाई कुरिरको?
+
ढुंगा प्रतिको मोह सकिएको छ भने,
ढुंगा प्रति प्रतिसोध छ भने,
ढुंगालाई पुज्ने,
दृस्टी बिहिन कानुन किन फेर्दैनौ?
गाजलु ठुला ठुला आखा,
ट्वाल ट्वाल ति , हेरेको हेरेई,
चोर आयेनी उस्तै,साधु पसेनी ठिकै,
+
चुतुक्क स-साना कान,
ड्याम्म बम प्ड्केनी सन्चै,
सडक उर्लेनी ढुक्कै,
रेडियो बोलेपो के, टिभी लैएफ गरेनी ठप्पै,
+
बोल्ने आटे जस्तो, हसिरखेको मुख,
अन्नाया लाई न्याय भने नि अनान्दै,
चोरलाई साधु भनेनी पुज्दै,
+
भगवान नै हो २२-२२ वटा हात छन्.
कुनै अगाडी बाट पलाएका, कुनै कतै,
कल्पनाका शक्ति,बहुमत देखाउने हुक्मति,
नगरी नगरी सहमति,भन्दै गरिरछु सरकारी,
अमुर्त,अमुर्त, भयो ! होला ! होला ! फेरी उस्तै!
+
बाटोमा हजारौ चोट हरुले खिएएको ढुंगा,
हारेको,खुस्केको,खिएएको मनस्थिति,
सान्त्वना र सहानुभूति को नतिजा,
मन्दिरमा राखेको ढुंगा,
पुज्न पर्छ है, भनेर मानेको देवता.
+
कति मागी रहेको कोलाहल गरेर,
कति पसारो परेको तेसरी,
सिह दरबार अर्को परिभासा को मन्दिरमा,
कागबेनी को ढुंगा मन परे मुस्तांग किन नगाको,
रिडी र देवघाट को मन परे किन कल्लाई कुरिरको?
+
ढुंगा प्रतिको मोह सकिएको छ भने,
ढुंगा प्रति प्रतिसोध छ भने,
ढुंगालाई पुज्ने,
दृस्टी बिहिन कानुन किन फेर्दैनौ?
Friday, May 14, 2010
मेरो क्यानभासमा आमा !
आमाले दिएको गृहकार्य,
नेपालको नक्सा कोर्नुथ्यो,
क्यानभासका अगाडी घन्टौ घोरिए,
मन भरि कोरिन्छं,सरर टिस्टा,फनक्कै तिबत,
अनि घुम्दै कगाडा,टुप्लुक्क कान्तिपुरी!
हात भने पटक्कै सर्दैन !
मेरो क्यानभासको अस्मिता,
झिंगा र लाखुत्तेले बलात्कार गरिरहन्छन,
तैपनि मेरो गृहकार्यको निष्ठा टुटेको छैन.
म पनि के कम? अहम गर्दै क्यानभास पोत्न खोजे,
हात थर्थरायो,अहो !सोचे !रक्सि त खान छोडेको बर्सौ भो.
पुलुक्क हेरु,सुरुक्क कोरु कि भनेको,
आमा!
तिम्रो सरिर चर चर चिरिएको,
कतै चिल चिल पानी, कतै बिलिक बिलिक रगत,
कतै फुस्व बसाउने पिप पिप जस्तो.
मलाई विश्वास लागेन, आकाश खसे जस्तो भो,
छाती अठियो, सास लिन गारो भो.
मेरो क्यानभास रितै छ,
बिस्तारि बौतारियेर,
छातीमा छामे,
चोलोका दुवै कान लफ्रक लफ्रक झरेका,
बेहोसिमै दुक्दुकी छामे,
तेही नै चरक्क चर्केको!
भुतुक् भुतुक् गर्दै त थियो,
क्यानभास सफा नै छ,
दुई हातले गाला मुसार्ना खोजे,
बोलाए आमा !
तिमि बोलिनौ!मरी सकिछौ!
तिम्रो आसु र सिगान संग माया साट्दै,
रोए आमा,बेसरी रोए.
म टुहुरो पो भए.
मैले न उपचार गर्न सके,न पाए,न क्यन्भास्नै लात्पतौना?
चिचये, आमा!
म त सपनामा पो रहेछु.
मेरी आमा म संगै,
फुलेल, सुन्दर, शान्त,सम्रिदा मेरी आमा नेपाल संगै !
आमाले दिएको गृहकार्य,
नेपालको नक्सा कोर्नुथ्यो,
क्यानभासका अगाडी घन्टौ घोरिए,
मन भरि कोरिन्छं,सरर टिस्टा,फनक्कै तिबत,
अनि घुम्दै कगाडा,टुप्लुक्क कान्तिपुरी!
हात भने पटक्कै सर्दैन !
मेरो क्यानभासको अस्मिता,
झिंगा र लाखुत्तेले बलात्कार गरिरहन्छन,
तैपनि मेरो गृहकार्यको निष्ठा टुटेको छैन.
म पनि के कम? अहम गर्दै क्यानभास पोत्न खोजे,
हात थर्थरायो,अहो !सोचे !रक्सि त खान छोडेको बर्सौ भो.
पुलुक्क हेरु,सुरुक्क कोरु कि भनेको,
आमा!
तिम्रो सरिर चर चर चिरिएको,
कतै चिल चिल पानी, कतै बिलिक बिलिक रगत,
कतै फुस्व बसाउने पिप पिप जस्तो.
मलाई विश्वास लागेन, आकाश खसे जस्तो भो,
छाती अठियो, सास लिन गारो भो.
मेरो क्यानभास रितै छ,
बिस्तारि बौतारियेर,
छातीमा छामे,
चोलोका दुवै कान लफ्रक लफ्रक झरेका,
बेहोसिमै दुक्दुकी छामे,
तेही नै चरक्क चर्केको!
भुतुक् भुतुक् गर्दै त थियो,
क्यानभास सफा नै छ,
दुई हातले गाला मुसार्ना खोजे,
बोलाए आमा !
तिमि बोलिनौ!मरी सकिछौ!
तिम्रो आसु र सिगान संग माया साट्दै,
रोए आमा,बेसरी रोए.
म टुहुरो पो भए.
मैले न उपचार गर्न सके,न पाए,न क्यन्भास्नै लात्पतौना?
चिचये, आमा!
म त सपनामा पो रहेछु.
मेरी आमा म संगै,
फुलेल, सुन्दर, शान्त,सम्रिदा मेरी आमा नेपाल संगै !
Wednesday, May 5, 2010
No More Back....
नभन........
कपाल फुलेर सेताम्मे छ,दात सबै फेरेका छौ
बुद्धि पलायो होला, जनतालाई चिनेकी भनेको,
उल्टै फकिएर आयो, आन्दोलन गर्यो नभन!
पच्तारेमा रहरले खाको दिड़ो, मैले सधै पाउन्न,
डाक्टर र गोलि हैन,आज मलाई सन्चो छैन भन्न पाउन्न.
चाड आयो, संगै बसु, चोलो फेरु सोच्न सक्दिन,
कति पुस्ता,कुर्ने, हामीले, आन्दोलन गर्यो चर्क्यो नभन.
परार सालको चुनाबमा, भासन गर्दा,
धेरै पढे, डाक्टरी गरे, जनताको साशन पढे भन्नेले,
अछर चिन्न पईनम, इस्कुल टेक्न पईनम भन्दा,
उल्टै आतंककारी आयो, बिधंसा, गर्यो नभन.
नेपाली आमाको छातीमा लात हानेर,
दुर भाषामा देसको नक्सा कोर्ने तिमि,
टनकपुर, र सुस्ताको माटो सिउदोमा सजाएर हिड्दा,
के क़ा लागि आन्दोलन, झन्डा खै तिम्ले नभन.
देस द्रोही, राष्ट्र घाती हामीले चिनी सकेउ,
हाम्ले पनि पसिनाको मूल्य नापिसकेउ,
एक एक हिसाब फिर्ता नलेइ थाक्ने हामी छैनेउ,
बिदेसी दलाले भाषामा हुन्छ, फर्क नभन.
कपाल फुलेर सेताम्मे छ,दात सबै फेरेका छौ
बुद्धि पलायो होला, जनतालाई चिनेकी भनेको,
उल्टै फकिएर आयो, आन्दोलन गर्यो नभन!
पच्तारेमा रहरले खाको दिड़ो, मैले सधै पाउन्न,
डाक्टर र गोलि हैन,आज मलाई सन्चो छैन भन्न पाउन्न.
चाड आयो, संगै बसु, चोलो फेरु सोच्न सक्दिन,
कति पुस्ता,कुर्ने, हामीले, आन्दोलन गर्यो चर्क्यो नभन.
परार सालको चुनाबमा, भासन गर्दा,
धेरै पढे, डाक्टरी गरे, जनताको साशन पढे भन्नेले,
अछर चिन्न पईनम, इस्कुल टेक्न पईनम भन्दा,
उल्टै आतंककारी आयो, बिधंसा, गर्यो नभन.
नेपाली आमाको छातीमा लात हानेर,
दुर भाषामा देसको नक्सा कोर्ने तिमि,
टनकपुर, र सुस्ताको माटो सिउदोमा सजाएर हिड्दा,
के क़ा लागि आन्दोलन, झन्डा खै तिम्ले नभन.
देस द्रोही, राष्ट्र घाती हामीले चिनी सकेउ,
हाम्ले पनि पसिनाको मूल्य नापिसकेउ,
एक एक हिसाब फिर्ता नलेइ थाक्ने हामी छैनेउ,
बिदेसी दलाले भाषामा हुन्छ, फर्क नभन.
Monday, May 3, 2010
AMA MALAI BIRSE-MAY 3, 2010
मलाई बिर्से आमा !
मलाई खेद छ,
म सानो छदा, तिमि छातीमा लड़िदै भनेथे,
तिमीलाई सुख दिन्छु,तिमीलाई हासो दिन्छु,
तिमि खुसीले गद गद भयौ,
झ्वाम्म अगालोमा लुकौयेउ र म्वाई खायेउ,
मेरो बाबा !मेरो संसार !
तिमीलाई मेरो विश्वास थियो
तेसैले फकाई फकाई सोद्थेउ,
मलाई कसले पाल्छ रे?
म मखियेर भन्थे,
मैले!
केहि गरि तिमीले दिदि वा दाइ को नाम लियेउ भने,
म रुन्थे र भन्थे होइन होइन,मैले.
तर आज,
म त टुलु टुलु हेरिरहेको छु,
मानौ तिम्रो र मेरो कुनै सम्बन्ध नै नहोस,
तिमि पिडा र आक्रोसमा फत्केकी छौ,मकै को भात छड्के सरि,
म लाचार, कुपुत्र,
एसी खोलेर चिसो र तातोको स्वादमा रमेको छु, बिर्सेको छु सोरै आना,
तिम्रो अस्मिता को बिद्रोहम उत्रने शाहस त कता हो कता,
घरि घरि,
एसीको स्विच नेरी भएको सानो प्वालबाट,
तिमि चिल्लिएको सुन्दै छु,
तिमि नांगिएको हेर्दै छु,
दिदि र दाईलाई दुस्मनी पठाउदै छु,
म अलि अलि बुज्दै छु,
म गलत बाटोमा छु,
आफ्नो घुडामा बन्चरो तग्दै छु,
बिदेशी को दलाली गर्दैछु
आमा
यो कुलान्घर सन्तानलाई बिर्से,
एउटा फुल फुट्यो, भनि बिर्से.
मलाई खेद छ,
म सानो छदा, तिमि छातीमा लड़िदै भनेथे,
तिमीलाई सुख दिन्छु,तिमीलाई हासो दिन्छु,
तिमि खुसीले गद गद भयौ,
झ्वाम्म अगालोमा लुकौयेउ र म्वाई खायेउ,
मेरो बाबा !मेरो संसार !
तिमीलाई मेरो विश्वास थियो
तेसैले फकाई फकाई सोद्थेउ,
मलाई कसले पाल्छ रे?
म मखियेर भन्थे,
मैले!
केहि गरि तिमीले दिदि वा दाइ को नाम लियेउ भने,
म रुन्थे र भन्थे होइन होइन,मैले.
तर आज,
म त टुलु टुलु हेरिरहेको छु,
मानौ तिम्रो र मेरो कुनै सम्बन्ध नै नहोस,
तिमि पिडा र आक्रोसमा फत्केकी छौ,मकै को भात छड्के सरि,
म लाचार, कुपुत्र,
एसी खोलेर चिसो र तातोको स्वादमा रमेको छु, बिर्सेको छु सोरै आना,
तिम्रो अस्मिता को बिद्रोहम उत्रने शाहस त कता हो कता,
घरि घरि,
एसीको स्विच नेरी भएको सानो प्वालबाट,
तिमि चिल्लिएको सुन्दै छु,
तिमि नांगिएको हेर्दै छु,
दिदि र दाईलाई दुस्मनी पठाउदै छु,
म अलि अलि बुज्दै छु,
म गलत बाटोमा छु,
आफ्नो घुडामा बन्चरो तग्दै छु,
बिदेशी को दलाली गर्दैछु
आमा
यो कुलान्घर सन्तानलाई बिर्से,
एउटा फुल फुट्यो, भनि बिर्से.
Subscribe to:
Posts (Atom)
National Assembly unanimously endorses Resolution Motion on Dignified Menstruation
It was life long advocate to make every menstruators life dignified. March 21, 2025 was a historical day in a course of feminism, developmen...
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I have advised to use the following slogans to all organisations who are interested to organise programs related to MHM. 1. M...
-
Namaste, Salam Alekam and good morning, All protocols observed. ü I would like to extend my sincere thanks and gratitude for this awar...