Friday, June 25, 2010

कविता आई !!
बारखरी संगसंगै आई,
रुप फेरी फेरी आई,
कहिले असू लिएर आई,
कहिले खुसि लिएर आई,
साथी लिएर आई,
एक्लै एक्लै पनि आई,
प्रेम भएर आई,
प्रेमी भएर आई,
आमा भएर आई,
देस भएर आई,
क्रान्ति लिएर आई,
भ्रान्ति लिएर गई,
युवा भएर आई,
सन्तान बनेर बोलाई,
सानी पुतली बनेर आई,
सपना बनेर आई,
बिपना बनेर गई,
विकास बनेर आई,
बारम्बार आईरही,
तिमि नहुदा,टदीदा कविता आईरही,
कविता आईरहंछे,
मसित आई,
तिमीसित नि आउछे,
सबैसित अउछे,
सबै भन्दा नजिककी मित्र,
प्रेमी, आमा,संसार हो कविता,
आईरहंछे,बचैरहंछे. जिबन हो कविता!
छन्द बिना आई,
लय बिना गाई,
स्वोर बिनै सुनाई,
असू पुछेर ग़ई,
दुख लिएर गई,
नया नेपाल दिएर गई.
भाग्य र भगवान!
चाहेर,
नचाहेर,
जिन्दगि सखारै सुरु हुन्छ.
येत्रै,
तेत्रै,
बग्रेल्ती मान्छेहरु भेतिरहंछ्न.
मनपरेका,
मन नपरेका,
अत्त्यास लाएका,
दिक्क पारेका,
सबै ठ्याक्क,ठुक्क.
सोधिरह्नाछ्न!
हाउ आर योऊ?
नेपाली जिब्रोनी,
ठ्याक्कै एउतै, प्रस्न गरिरहन्छन.
कहिले कहिले,
शंका लाग्छ!
किन सोदिरको होला?
पिर परेरकी? नक्कल पारेर?
अक्कल फुर्छ!
कर्मले हारेर, पछारिएको अचेत मुद्रामा,
सचेत जबाफ फर्कौछन,
राम्रो छ, सन्चो छ,धन्यबाद!
सब्दहरु कप्छान,
ओठहरु सुकेको अनुभूत हुन्छ,
मान्छे,थाकेर एक बिन्दुमा पुग्छ,
केवल भाग्य र भगवान संग बाच्छ !
हुंकार कर्मको गरे झैँ गर्छ,
लुक्छ,लुकौछ,
अनि
लिप्त हुन्छ भगवान डाक्छ,
भाग्यलाई सुम्पन्छ,
लुक्क्छ,
परेली रसौछ
लामो र मसिनो स्वास लिन्छ,
सुस्तौछ,
फेरी प्रस्न गर्छ,
तिमीलाई कस्तो छ?

Sunday, June 20, 2010

नासो !

ममता,
र,
सम्मानले,
पुलकित भएर,
जुगौ साचेको,
नासो.
सुटुक्क दिए,
चुमी राख्नलाई,
सम्झी बस्नलाई.
विश्वास,
आदर्शलाई,
पन्छाएर,
कतै मिल्कियेछ.
पुन:
पुन:
देख्न नपाउने गरि,
चुम्नै नसक्ने गरि,
सुटुक्कै बिलिप्तियेछ.
अब त,
रित्तो छु,
नागों छु,
नपाउन सक्छु,
न सृजन सक्छु,
न विर्सनै सक्छु,
कस्तो,
सस्तो,
नासो,
ममता!!
बसाउन नसक्ने,
चादनी छर्न नसकने,
मूल्य बिनाको,
मन्येता गुमाको,
सस्तो-सस्तो भो नासो!
आखिर माया के हो……?
सिन्दुर हो?
हैन.
सेक्स हो?
हैन.
बिसिस्ट उपहार हो?
हैन.
सम्पति हो?
हैन.
तेसो भए के?
सम्बन्ध संकेत,
विश्वास हो.
निस्कपटता,
निस्चलता हो.
बिबेक,
सत्य संचार हो.
सुमधुर,
खुसि,
सुखी,
सु -सम्बन्ध हो.
सम्मान,
आदर,
सु -उर्जा हो,
सु-पर्स्परता,
बिजय,
जित, हो,
स-प्रेम हो.
नस्वर शक्ति हो,
तर..............
तिमि कसरि प्रयोग गर्दै छौ?
सोधी हेर, खोजि हेर,
मायाको क्यानभासमा,
मायाको ग्राफमा,
आखिर तिमि कसरि प्लोटिंग गरीरहेछौ!
कुर्नेहरु......
पधेर्निहरु थाकेछ्न,
नाथ्री फुटेको जर्किन छोडेर हिड्न थाले.
नेटवर्क बेस्त, पुन प्रयास गर्नु होला,
सुन्दा सुन्दा, मोबएलले थाकेछ्न,
सिमकार्ड फेर्न थालेछन.
सत्ता र शक्ति कुर्नेहरु,
जोड,भाग,घटौले वाक्क परेछन,
प्रतिपछ नै सर्वस्व देख्न thaale .
साएद,
अनलेन र पार्कमा कुर्नेहरु,
आफै रुदै, आफै मन बुजौदै होलान.
कुर्न सबैलाई गारो त हुदो रहेछ.
थोरै नि धेरै हुदो रहेछ.
कुर्न सचिक्कै गारो नै रहेछ.
फेरी मान्छे,
बहानै बहानामा किन उम्किरहंछ?
सजिलो आफुलाई खोज्छ,राम्रो आफुनै देख्छ.
अरुलाई बहानै बहानामा कुराई रहन्छ, कतिन्जेल ...........

Monday, June 14, 2010

जनता उठ!
जनता जागे पछी,
बहुदल आउछ, राजतन्त्र मर्छ,
तर
जनता लज्जबती हुदै छ किन?
चैनिज गुडिया बन्दै छ,
भारतीय कागजी पुतली!
बिडम्बना ! बिडम्बना!
जनता,
तिम्ले सम्बेदंसिलाता गुमाउदै जादा,
तिम्रो मतको अस्तित्व मेतिदै छ,
भोट, मत, विचार को अब्मुल्येंमा,
राष्ट्र, रस्तियेता कति दिन बच्ला जनता?
केटाकेटीमा दुलाहा र दुलही,
रास्ट्रपति र मन्त्रि बनेर खेलेको खेल होर ?
जनताले जनतालाई गर्ने शासन,
बिना भोटेहरुको रजाई,
बिना भोटेहरुको उदंटता,
हेरेर बस्ने धैर्येता कहाबाट पयेउ जनता?
नाभोतेहरुको चर्तिकलाले अघयेनौ?
गणतन्त्रमा षड्येंत्र गरिरहदा,
पन्चेत्रत्को पिरेतले छोपिरहादा,
न्याय र शुसासनको दज्जी उदैरहादा,
घुस खेरहादा, कानुन मिचिरहादा,
तिमीलाई चुतु चुतु चुसिरह्दा,
आखा चिम्लेर बसिरहंचौ जनता?
हुदैन ! उठ! अति भो!!
न भोतेहरुलाई बहिस्कार गर्न उठ,
तिम्रो शासन को परिचय खोज्न जाग,
तिम्रो शासन को इतिहास लेख्न उठ,

letter to Educational Minister for endorsing #DignifiedMenstruation in to school curriculum

  आदरणीय महाबीर दाई/मंत्री ज्युमा नमस्कार ! बधाई छ | Photo from 2016 Photo from 2014