Thursday, July 23, 2020

मान्यताहरुलाई समसामयिक र वैज्ञानिकीकरण नगरी, सामान्यीकरण गर्नु, आम समुदायको आलोचनात्मक चेत क्षय गर्दै प्रतिगमनका लागि झुण्ड तयारी गर्नु पनि सामाजिक अपराध हो भलै कुनै कानुनमा लेखिएको नहोस |

Friday, July 17, 2020

Message on Gender Equality and Dignified Menstruation


संदेश
घामलाई हेरेर आफैलाई सोध, तिमी जन्मियौ कसरी ?
घामलाई फेर्न नमिल्ने, नमिल्ने फेर्न तिमीलाई पनि |
फेर्न मिल्छ, सकिन्छ, समाजले बनाएका सबै कुसस्कार, कुरुती, |
///////////////////////////////////////////////////////////////////////

कोहि पुरुष जन्मदै हिंस्रक हुदैन, कोहि महिला पिडित |
कुनै पनि व्यक्तिलाई सानो देख्नु नै हो अपराधिक मनस्थिति |
////////////////////////////////////////////////////////////////////////
परिश्रम, पढाई, जागिर, पदले, पाउने हुन्, फरक फरक सम्मान,
मर्यादापुर्बक जिउने हक, हरेक मानिसको उस्तै, एकै हो संबिधान |
/////////////////////////////////////////////////////////////////////
महिनाबारी बार्नु, सामाजिक अपराध, मानब अधिकारको हनन |
राजनीति सबाल हो महिनाबारी, बोल्न ढिलो नगरम |
////////////////////////////////////////////////////////////////////////////
मन पनि नदुखाउने, शरीर पनि अनुमतिबिना नछुने भन्छ हाम्रो संबिधान
हेला होचो, छुवाछुत, हातपात, भयो भने लान्छ जेल हाम्रो संबिधान |
///////////////////////////////////////
भोट माग्ने ठुला पाटी हात जोड्छन,घोषणा लेख्छन, हाम्रा अधिकार |
ब्यबहारमा जसले बोल्छ, गर्छ, उसलाई दिनुपर्छ हाम्रो मताधिकार |
////////////////////////////////////
छोरीहरुलाई प्रश्न गर्न, होइन, छैन, हुन्न, भन्न सिकायौ |
सस्कारका सांगलाहरु चिर्न सक्ने, तोड्न सक्ने बनायौ |
///////////////////////////////////////////////  

Saturday, May 16, 2020

Open letter to Greta and Djaffar, lessoned from COVID-19, Pandemic



Dear Greta and Djaffar,
Namaste!

Let me first congratulate both of you., I (Anupa, Mili, Radha like to call I henceforth) am simply moved with the stories of you both. I have no words that would explain how much I admire you both. 

Wednesday, May 13, 2020

Suggestion for Radio Program on Dignified Menstruation amid COVID-19


रेडियो कार्यक्रम: मर्यादित महिनाबारी हामी सबैको जिम्मेबारी
यो बर्षको नारा: महिनाबारीको कुरा मर्यादा केन्द्रित भए मात्र हुन्छ पुरा

Friday, May 8, 2020

Interview on Dignified Menstruation




1) What inspired you to work on Dignified Menstruation?
My work on dignified menstruation is very organic and very long. Over the three decades experience, working from my personal, to national and global level, I learned that the menstruation is not only my issue, or my country's issue. More importantly, I knew that free pads, clean sheds or knowledge on hygiene do not guarantee the dignity during menstruation. In other hand, menstrual stigma, taboo and restriction is underlying cause for violence against girls and women, destroying the peace and violation of series of human rights. Succinctly, I learned that the menstrual stigma, taboo and restriction play a crucial role to construct and shape the power since childhood between girls and boys that is missing by global community who were/are working for development, human right and feminism. It is happening everywhere across the globe but the forms and severity vary from place to place. The global community remained not only silence and biased but also worked in assumption or misinterpretation at the name of support or funding. In this circumstance, despite having support, I determined to work for changing the narratives around menstruation from hygiene to dignity.

Monday, May 4, 2020

Nurses amid COVID-19 Pandemic


महाब्याधिमा नर्स
छ दशक भन्दा लामो इतिहास हुनु, आफैमा गौरबपुर्ण इतिहास हो नेपाली नर्सहरुको | यो अबधिमा ९५ हजार नर्सहरु दर्ता भएको देखाउछ नर्सिंग परिषद | सोझो अर्थमा हेर्दा एक नर्सको भागमा करिब ३ हजार बिरामी पर्छ | तर सबै नर्सले काम गरेका छैनन, काम गर्न पाएका छैनन्, नेपालमा काम गर्दैनन् |

Friday, May 1, 2020

Dignified Menstruation amidst COVID-19, Pandemic


महाब्याधिमा मर्यादित महिनाबारी

आम्मामा,
कोभिड १९ को महाब्याधिको बन्दाबन्दीले मलाई गएको चैत्र ११ गते देखि एक्कै कोठामा बन्द गरेकोगरेकै छ तर..तर गरेन, गर्न सकेन मेरो महिनाबारीलाई |

बिश्व स्वास्थ्य संगठनले ४५ दिन अघि (यो लेख लेखिरहदा) कोभिड १९ लाई महाब्याधि भनेर घोषणा गरेको थियो | मेरो जीबनमा महिनाबारी शुरु भएको करिब ३२ बर्ष भएको छ तर महाब्याधि शुरु भएको ४३० बी सी, एथेन्सबाट देखिन्छ भने महिनाबारी शुरु भएको त करिब ४ करोड वर्ष पहिले जब आजको मानबको शुरुवात भयो अर्थात् होम सपियेन्सको उत्पति भएको थियो | महिनाबारीका कारण यो दुनिया चलिरहेको कुरामा असहमत सायदै कोहि होला | तर यो दुनियाले महिनाबारी किन बिर्सिरहन्छ | नारा, जुलुश, बिरोध गरेपछि मात्र यो दुनियाका विद्वानहरु महिनाबारी र यसका सबाल सहानुभुतीका साथ अल्पकालीन रुपमा मात्र सम्बोधन किन गर्छन | के यो महिनाबारी महाब्याधि जस्तो छैन वा हैन अर्थात् के नसर्ने रोग झैँ कुनै लिंग, वा ठाउँ बिशेषमा केन्द्रित छ र  | कोभिड १९ अहिलेसम्मको तथ्यांकमा पुरुषहरुमा धेरै देखिएको छ | यदि महिलाहरुमा मात्र देखिने भए के यो दुनिया यतिका मरिहत्ते गर्थ्यो होला | म दाबीका साथ भन्दैछु -पक्कै गर्थेन | स्यानिटरी प्याडको बिज्ञापन गर्दा रगत निलोभएको प्रमाणित गरे झैँ भन्थे होलान- नाथे महिलाहरु रुघाखोकी पनि पचाउन सक्दैनन्, यस्तै यस्तै |    
जतिखेर अरिस्टोटलले महिनाबारीलाई अचम्मको प्रकिर्या भनेर ब्याख्या गर्दै थिए झन्डै त्यति नै बेलातिर पहिलो महाब्याधि देखापरेको थियो | त्यतिबेलादेखि आजसम्म मोटामोटी ( स्रोत: गुगल इतिहास-  एथेन्स ४३० बी सी, अन्तोनिन प्लेग १६५ ई स, साइप्रेएन प्लेग  २५० ई स, जस्टिएन प्लेग ५४१ ई स, कुष्ठरोग ११ औ शताब्धि, ब्ल्याक डेथ १३५० ई स, कोलोम्बीएन एक्सचेन्ज १४९२ ई स, लन्डन प्लेग १६६५ ई स,  हैजा १८१७ ई स, तेस्रो प्लेग १८५५ ई स, फिजी दादुरा १८७५ ई स,रसियन फ्लु १८८९ ई स, स्पानिश फ्लु १९१८ ई स, एच आई भी/एड्स १९८१ ई स, सार्स २००३, कोभिड १९ ) १५ पटक महाब्याधि फैलिएछ मात्र हैन प्रबिधि र ब्यबस्थापनमा पनि ठुलो छलांग मारेको छ | ठ्याक्कै त्यतिबेलादेखि आजसम्म आधाधर्ती ओगट्ने महिलाहरु, हरेक दिन एकतिहाई महिनाबारी हुदा जम्माजम्मी कतिपटक महिनाबारी भए होलान | यो संग सम्बन्ध राख्ने शक्ति निर्माण र यसले निम्त्याएको महिला माथिको हिंसा, अन्याय, विभेद, महिनाबारीसंग प्रत्यक्ष सरोकार राख्ने यौनिक र प्रजनन अस्वस्थताका कारण कति महिला बिरामी परे होलान, उनीहरुले अस्पताल देखे कि देखेनन्, कति यमराजको पुगेहोलान | यस्तै थाक लागेका प्रश्नहरुको उत्तर खोजिरहेको छ यो लेख |  

Tuesday, April 21, 2020

Good Men or Real Men

This piece challenge the men's thoughts, behaviours and suggested few points for way forward for transformed as Real Boy or Real Men. In Nepali, there is no exact word for Real thus use good but its more than good in descriptions. Enjoy the reading.
असल पुरुष अर्थात् रियल म्यान
सामान्य भाषामा असल पुरुष अर्थात् रियल म्यान त्यस्तो पुरुष हो जसले महिला, पुरुष, वा कुनै पनि व्यक्ति, समुदायको बिरुदमा कुनै पनि किसिमको विभेद, हिंसा गर्दैन र यदि कसैले गरेको देख्यो, सुन्यो भने त्यसका बिरुद्दमा बोल्छ, पिडितलाई सम्मान गर्छ, सहयोग गर्छ | अर्थात् व्यक्तिगत रुपमा जिम्मेबार हुन्छ र आफु वरपर भएका वा अरुहरुलाई पनि जिम्मेबार हुन् र  लिन पहल गरिरहन्छ | यो नियमित प्रक्रिया हो अर्थात् कुनै पाहुनालाई देखाउन,प्रोजेक्टमा जागिर खान, ताली र तारिफ पाउन वा कुनै देखावटी प्रयोजनलागि गरिने कार्य हैन |   

Under the Time Bomb's Beep's during Amidst Lockdown, COVID-19

This article about the increasing the cases of GBV during amidst COVID-19. Its like living under the time bomb.Also recommended few strategies to overcome these issues. 
एकान्तबास टाइम बमको टिक टिक
ट्याउट्याउ कराई भने पनि केहि गुनासो छैन, अरु विधामा बोल्नै नजान्ने भने पनि कुनै दुखेसो पागल त्यो पनि पहिलो पटक हैन केरे सुनेको | २५ बर्ष अघि येनेस्थेटिक नर्स हुदा इन्टुबेट गरेको अनुभब वा समुदायमा काम गर्ने नर्स, स्वास्थ्य,समाज, विकास, वा कोरोनाको अन्तरास्ट्रिय ब्यबस्थापन र राजनीति केहीमा बहस गर्न मन नै छैन | छ त मात्रै आधा धर्ती ओगट्ने महिलाहरुको सुरक्षा र मर्यादाको ? चिच्याएर भनिरहेछु - महाब्याधि ब्यबस्थापनमा महिला खै ?  

Friday, March 27, 2020

If I were Prime Minister during the era of COVID-19


यदि म प्रधानमन्त्री भएको भए ?
मोबाइलको सानो झ्यालबाट विश्व हेरी/सुनिसकेपछि सानो काठको झ्यालबाट काठमाडौँ हेर्न मन लाग्छ | केहि महिना अघिमात्र अस्ट्रेलियामा लागेको आगोको मुश्ला जस्तो पेटबाट हुड्ल्दै घाटितिर उकुसमुकुस गर्दै आउछ | आखा धमिलो हुन्छ, एकसरो हातले पुछ्न खोज्छु फेरी झसंग हुन्छु- कोरोना | झिमिक झिमिक गरेर आखाको पर्दा सफा बनाउछु, काठमाडौँ हेर्न खोज्छु, कस्तो धमिलो देख्छु | पहिले घुइघूइ घुईकिने गाडीको आबाज आउदैन, घुक्क घुक्क रोएको आवाज सुन्छु | बच्चाहरु रोएको सुन्छु |ओह नो | केहि पनि गर्न सक्दिन | आफैलाई उल्टोबाट सम्झदै सम्झदै गएर झन्डै तीस वर्ष पहिले यदि तिमी प्रधानमन्त्री भएमा के गर्छौ भनेर सोधिएको प्रश्नमा अड्किन्छु | साच्चै म प्रधानमन्त्री भएको भए बिश्व महामारी आफ्नै आगाडी आएर छमछम नाच्दा के गर्थेहोला |

Friday, March 20, 2020

Women during COVID-19 Management


कोरोना कहरमा महिला
हैन हैन, छैन छैन भन्दाभन्दै, केहि डर, केहि बाध्यता, केहि जिम्मेबारी, केहि भाबना, केहि येक्यबदाका साथ नेपाल सरकारले चैत्र ५ गतेबाट स्कुल, बिस्वबिद्यालय अनि धेरै गतिबिधि  औपचारिक रुपमा बन्द गर्यो कोभिड १९ संग लड्नको लागि | जुन आफैमा सकारात्मक छ, बिज्ञानलाई बिस्वाश गर्नुको बिकल्प छैन |
Image result for corona virus

कुनै पनि महामारी वा प्रकोप कसैले चाहेर वा रहरले हुदैन, भलै राजनीतिक प्रोपोगान्डका रुपमा प्रयोग गरिन्थे र गरिदै छन् पनि | जे होस्,जब यो आउछ यसले महिला-पुरुष, धनी- गरिब, ठुलो- सानो, राष्ट्रियता, सार्वभौमता, सिमाना आदि केहि पनि भन्दैन भनिरहन पर्दैन | अहिलेको कोरोना भाइरस हाम्रै पालामा त्यसकै एउटा ज्वलन्त उदाहरण हो | अर्थात् यो एकादेशको कथा रहेन |  

Saturday, March 14, 2020

Dignified Menstruation is owned and lead by the Nepal government, Ministry of Women, Children and Senior Citizen

Journey for Dignified Menstruation within Nepal Government

Nepal government, Ministry of Women, Children and Senior Citizen took a leadership role for forward pushing the agenda of dignified menstruation in many ways. With the reference of following pictures, started from December 8, 2019. 

1. December 8, 2019 Hon. Minister Parbat Gurung announced for a country of nation with chhaugoth free and dignified menstruation. He also promised to proceed for endorsement of dignified menstruation day for December 8, as a day for 16 days activism.He also promised to bring forward the pending policy of dignified menstruation.

2. January 5, 2020 organized an consultation meeting with parliamentarian from 6, and 7 province where RPF presented a paper.

3. January 18,2020 campaign for dismantle for chhaugoth and promotion of dignified menstruation in Doti

4.  January 19, 2020 campaign for dismantle for chhaugoth and promotion of dignified menstruation in Managalsen, Achham

5. January 20, 2020 campaign for dismantle for chhaugoth and promotion of dignified menstruation in Dullu, Dailekh

6. January 21, 2020 campaign for dismantle for chhaugoth and promotion of dignified menstruation in Surkhet 

7.January 27, 2020 had meeting with Archana Patkar and partners for international workshop on dignified menstruation. Joint Secretary lead this process and promised to finalize the guidelines on dignified menstruation.

8. February 3, 2020 Agreed to lead the international workshop, planned for May 26, 27,28, 2020

9. February 23, 2020 host press meet at Ministry for international workshop, planned for May 26, 27,28, 2020

Monday, March 2, 2020

TripleA 2020: A summary for Thank you and FUN.

Safely landed Kathmandu. 🇳🇵🇳🇵
Thank you 🙏 all: Asian Institute of Management family, FAIM, Professors, MDM2010mdm20_20,TripleA awardees, media’s, family, friends around the world for re-charging me. My selection is already a paradigm shifting, indeed. Survivors are leaders, no more victims. I reiterated that I will continue and together, we would overcome one day 🥰🥰🥰🥰🥰

Friday, December 27, 2019

Two Opportunities for Nepal Government: Dignified Menstruation or Chhaupadi


नेपाल सरकारलाई दुइ अवसर: मर्यादित महिनाबारी कि छाउपडी

गत महिना प्रदेश सातको कार्यक्रममा एकजना नगरपालिका प्रमुखलाई चित्त दुख्यो `जब मैले नेपाल सगरमाथा र बुद्ध जन्मेको देश हैन छोरीहरु महिनाबारी हुदा छुट्टाउने, विभेद गर्ने देश हो भनेर चिनिएको छ भने' |  चित्त त मेरो पनि दुखेको छ, बिदेशी भूमिमा त्यो पनि एक्कैछिन एरपोर्टमा भेटिएको विदेशीले प्याच्च सोध्या कति चित्त दुख्योहोला | फेरी बास्तबिकता पनि हो | विधुतीय  संचारको जमानामा लुकाउन के नै सकिन्छ र ?

Monday, December 9, 2019

Dignified Menstruation Day, Dec 8, 2019


This is speech is delivered during the Dec 8, Dignified Menstruation Day ever first globally in front of the Ministers of Women, Children and Senior Citizen, Vice-Prime Minister and many distinguished delegates from government of Nepal and CSOs at National City Hall, Kathmandu. 
This speech dedicated to all girls and women who were and are suffering from death, abuses, discrimination due to menstruation in Nepal and globally. 

Monday, December 2, 2019

The Menstrual Campaign Misinterpreted in Nepal and Beyond



I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. It composes with two words; `Chhau' (blood) and `Padi' (shed). It is very common word in west Nepal exchangeable use with the words of `Chhui' or `Chhui Pratha'. The blood considered as `impure' no matter whether it is from childbirth or menstruation. Because of the government's priority program of Safe Motherhood Program, Chhaupadi during childbirth is getting unpopular whereas the Chhaupadi during menstruation remained untouched for many years and getting global attention since beginning of the Millennium Development Goals in many ways. My experiences/studies confirmed that the more than forty types of restrictions related with touch, eat, mobility/participation exactly same in Chitwan, Lamjung, Kathmandu and West Nepal but more visible in west Nepal. The reason behind the following restrictions during menstruation is also same that is `impurity' and it is transferred from generation to generation without any dialogue as among of my three senior sisters. I would call `deep level of ignorance' and `silence' around menstruation. Around 1980, I not only observed the more than forty types of restrictions but also observed my three sisters at neighbour's shed for 21 days, 15 days and 11 days during their first three periods in Chitwan.

Thursday, November 28, 2019

Cat's Ear- Story


बिरालोको कान
खानै मान्दैनन बिरालोको कान |

तर पनि भान्सा उम्काउन पनि आफूले त मेसो गर्नेपर्यो नि | उनले नखाए पनि अरुले त खान्छन | हैन, खानै पर्यो नि ?

Tuesday, November 19, 2019

Written for Movie


दारी र जुगा बरदान हुने, बाबा र दादा, प्रकृतिको उपहार,
महिनाबारी प्रकृति कै उपहार, हुन्छ कसरी पाप, श्राप र फोहोर
किताब..., धर्म ....सस्कार..., अनि कानुनको कुरा, म कस्को पताउ
महिनाबारी नभएरै कुन पुरुष जन्म्यो, लेखियो कुन धर्म, म कसरी बुझाउ
++++++
बाच्दीन बाबा, बाच्दीन आमा, एकछिन नी बाच्दीन
भएर पापी, थुनिएर दिउसै नै राती, सक्दिन सहन
पाउन्न खान, रोजेको जस्तो, पाउन्न तिर्खा लाग्दा पानी
भाइ पनि टाढा, बाबा पनि टाढा, उकुसमुकुस भो  जिन्दगानी

Gen Z Protest in Nepal, Social Media Ban

  जेनजी आन्दोलन