Sunday, November 17, 2013

संकटकाल्को माया

संकटकाल्को माया मेरो संकट कतै परेछ कि,
कर्फ्यु को प्रित मेरो, बन्द कतै भएछ कि .
कम्प्युटर्को माउस जस्तो चलाख हाम्रो प्रित,
ह्यङिङ ह्यङिङ भैइरहेछ बिना कुनै सकेत,
हार्डडिस्कमा शन्का छैन, कम्पनी एपलको,
म्यनुपुलेसन भाईरस हुन सक्छ, कुनै झन्झटिलो ।

तिमीलाई दिनु केही छैन

चौबाटोको भिखारी, तिमीसँग माग्ने छैन,
फुट्पाथ्को फुट्पाथे तिम्रो अगी पर्ने छैन ।
बिना लछ्य बाचेकै छु, मात्र तिम्रो लागि ,
गीत बिना नाचेकै छु, तिमी हास्छौ भनी ।
ओठहरु खुलेका छन, आत्मा जलेपनी ,
मुलहरु सुकेका छन, बर्षा लागेपनि ।
सधैं भरी एउतै इचछा मुस्कान देख्न पाउ,
जता ततै, जहाँ तही तिम्रै गीत सुन्न पाउ ।
सबै पाय, तिमीलाई दिनु केही छैन ,
विश्वाश छ माफ गर्छौ अर्को कुनै दिन ।

जुन पाये, तारा पाये

आँखा जुद्दा तर्सी भाग्थे,गलत गरे भनी,
कथा कोर्छु, नाटक खेल्छु, तिम्रै प्रीत्ले होनी ।
माया लाग्दा डर् लाग्थ्यो भुल भयो कि भनी ,
हासो फुट्यो, स्वर फुट्यो, तिम्रै साथ्ले हो नि ।
भागी भागी धेरै हिड्थे, समाजले देख्छ भनी,
नामि भए, प्रख्याती भए,तिम्रै आट्ले हो नि ।
जुन पाये, तारा पाये तिम्रो साथ्ले हो नि ।  

बतास झै पंक्षिदिन्छु

मेरो अनुपस्थिती नै तिम्रो खुशी हो भने,
पलायन नै पलायन भैरहन्छु ।
संजोग्ले चौबाटोमा ठोकिये पनि ,
सरी भन्दै अघी बडिदिन्छु ।
नबोलेरै बिना शर्त जन्मिएको विश्वाश,
भाबनामा नै झङिरहोस् शुभकामना दिन्छु ।
जित्छु भन्थेउ, गर्छु भन्थेउ जित्दै जाउ सधैं भरी,
काडासरी, छारोसरी बतास झै पंक्षिदिन्छु ।

पाउनै गाह्रो नियती

दुखान्तमा साथ्हरु पाउनै गाह्रो नियती,
दुखी, निमुखी भैदिन्छ सम्झिएर साहानुभुति ।
रोजिन्छ साथहरु पनि खोजिन्छ मात्र केही,
दुखी बिरही बनिदिन्छ नपाएर तेही उही ।
संगालेर मिउजियममा,सजायर् अती ,
सम्बेदना, स्रदान्जली नामकरन गरीवरि ।
पोखिउन शब्दहरु, छापिउन् पृष्‍ठ भरी भरी,
औपचारिक ओठहरु अद्रिस्य रहुन सधैं भरी ।

एक्मुठि कि घटिबडी,

मर्नको लागि जन्मिएको मनुस्य चोला,
मृत्‍यु मृत्‍यु नै अन्तिम लछ्य बन्छ ।
शाहस जती हुन्छ जितमा,
तेती नै हारमा बिशक्ती हुन्छ ।
मृत्‍यु स्विकार्द स्विकर्दै पनि,
अनपेछित, लेखान्तर किन भन्नु पर्छ ।
निश्वास कती थियो, एक्मुठि कि घटिबडी
फुस्क्यो फुस्किएर गयो मुठी नै नकसिने गरी ।

उत्तिस्ले जिस्काइ

तिमीले बिर्सिएउ कि के गरेउ तिमी आफी जान,
त्यो मन्दिर, त्यो खोला, त्यो मोटेल सबै साछी छन ।
त्यो मन्दिर उस्तै, मुर्ती उस्तै, आसिर्बाद् उस्तै,
त्यो खोला छिल्लिएर बग्छ तिमी सँग भय झै ।
कनकाको लाली गुरास सोधिरहन्छे खै तिम्रो प्रियतम,
म उस्तै भनिदिन्छु कतै उतै बेस्तै छन ।
मन्दिराको घन्टी बजेसम्म, त्यो खोला बगेसम्म,
रङ उस्तै, स्वरुप उस्तै, रहन्छ मेरो माया ।
उत्तिस्ले जिस्काइ राखी मनै नथामिने गरी,
रङ उस्तै, स्वरुप उस्तै, मेरो माया कसम सधैं भरी ।  

चोट थप्न पर्खि राछु अब

देखेको त कल्ले पायो संसारमा, लेखेको नै पाउछ,
जहाँ जाउ, जसलाई हेरु भाग्य दरो भन्छ ।
न लेखिएको साईनो भन्न नि गाह्रो भो,
सपना कि बिपना पताउन् सारो भो ।
मिलाएर भाग्य हेर्देउ भने धेरै पटक जान्नेलाई,
रुद्री पूजा, दान दन्छिना धेरै गरे बाहुन्लाई ।
गधा धोइ गाई कसको कहाँ भो र ,
भाबिले बिर्सें पछी,अहिले खोजी को पाउने छ र ।
लेखिएकोमा नै रमाउछु आजभोलि, तेही सबै सुख,
चोट माथि चोट थप्न पर्खि राछु अब ।

Saturday, November 16, 2013

तिम्रो घोषणा पत्र को हिस्सा माग्दै छु

म रोए बेसरी,
रुन्न भन्दा भन्दै रोए ।
भोट् दिएको मैले विश्वाशले हो
लोग्ने र छोरोलाई छलेर हो ।
किन भने
म लोग्ने हैन
म छोरो हैन
म शुरछित छैन
मेरै श्रीमान सँग
मेरै दाई सित
मेरै जन्म्दिने बाउसित ।
थाहा छ
वास्तवमा म तिमी सित पो  शुरछित छैन
मैले भागेर
लोग्ने साशु सबैसित भागेर
पर्खालहरु नाग्दै, भाच्दै तिमी कहाँ पुग्दा
तिमीले न्याय को बदलामा
मलाई बेस्या भनेऊ
अपराधी लाई सज्जन मानेउ
शायद तिम्ले बिर्सेंउ होला
म बेसहरा बनेर रोएको
म पुलिस चौकिमा एक्लै मरिन्जेल रोएको ।
म तिनै आशुका दानाहरुभित्र
तिम्रो एतिहस अडिट गर्दै छु
तिम्ले आशुहरुमा दुबुल्की मार्दै
गरेका बलात्कार, तिम्रो एस्म्ग्लीङ
तिमीले मेरो निबेदन लुकयेउ, बयान फेरेउ
तर म बयान फेर्दिन
म तिमी जस्तै पुन बलात्कर गर्दिन
म तिम्रो घोषणा पत्र को हिस्सा माग्दै छु
यो पाला हैन , पोहोर साल्को
म रुन्न अब पुग्यो
मैले नेता चिने, छाने न्याय दिने को
मेरो गलत निर्णय
मेरो पास्चतापमा जलेर म रुन पर्ने छैन ।

Friday, November 15, 2013

सुतेको छैन, उठेको को नै कहाँ छु र

सुतेको छैन, उठेको को नै कहाँ छु र
हेरेको छैन, आबाज् छेक्नै कहाँ सक्छु र
बिद्रोह छ, धड्कन् बडेको पक्कै हो
कसरी भनु, मेरा शाछी बकिदिने को ?
निरिह बनेको छु परिस्थिती तेस्तै जिर्ण
सुतेको छैन, ठगिएर आँफै आँफै
निश्वासहरुसँग शरण मागेको हो
धड्कन्सँग भागेको हो
थाहा छ म चोर् हैन
विश्वाश छ म ठग् हैन
निस्ठा छ म आत्मघाति बम हुने छैन
तर पनि म कसुर मुक्त छैन
डदेलो लगेको सपना को सिरानीमा
सुतेको छैन, उठेको को नै कहाँ छु र

Sunday, November 10, 2013

Khalangama Hamala: A book of mine, A WAR memorior


       Read:Contribute: Become Peace Builder

A Nepali proverb says; `River will revert after 12 years’. Almost same thing happen in my life. I wrote this book right after third week of war in Jumla. 14 November 2002 was the attack day. There was huge and destructive war between Maosit insurgency and Nepal Army.  I was the first civilian who got chance to leave the place as a rescue through four sitter helicopter. Likewise, I might  first who  back to Jumla with determination, considering rebirth in Jumla for the sake of cause or Jumla people.
From airport, directly I went to the hospital then back to the residence by crossing the army sports  ground. Near the bridge of Jugad river, in front of the sports council and Science Academy center, I was stopped while and thinking of people who were died during that day. Thought, the exact data don’t know yet, I saw 47 dead bodies in Army Sports ground. But I was kept thinking about DSP (Deputy Police Officer) Mr. Bijayashor Ghimire whose body was burnt well. By considering his belt, a piece of it, a burnt piece considered his dead body and Nepal army brought it to the Kathmandu to his family. That incidence pinched me very badly. And many questions came to mind; why were people fighting? why did conflict in such a peaceful country Nepal? Did poor, marginalized groups get justice? What was the meaning of peace and justice ?..............I thought I must write for the future generation about the entire experience of war since day, of course 14 Nov was the main story. In order to do justice, to educate future and to bring sustain peace and justice, I started to write and finished within the third day of onset. I was keep on try to publish. I couldn’t make afford myself due to cost and marketing. The people who from rural, poor, non political family has really very tough to get connection with pioneer publisher. In 2013, it was owned by NEPALYA. Thank you Nepalaya.
This book was launched in 23 may 2013 at Nepalya office. I owe 10 % royalty but I have already committed to construct Peace Commemoration (Miteri Shanti Batika) at Bohoragau, Kartikswami village in Jumla at the memory of 247 people who died during a decade more war in Nepal. For details;www.actionworksnepal.org

If you purchase a book, you would contribute in Peace process. Further, if you like to join the hand for building the peace commemoration, you are most welcome. Feel free to write @rpaudel456@gmail.com or actionworksnepal.awon10@gmail.com
for online purchase:
http://writingnepal.com/bookdetails/novel%E0%A4%89%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B8-%E0%A4%96%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%82%E0%A4%AE%E0%A4%BE-%E0%A4%B9%E0%A4%AE%E0%A4%B2%E0%A4%BE-khalangama-hamala/719871

Tuesday, November 5, 2013

सयपत्री, मक्खमली

सयपत्री, मक्खमली फुलहरु गम्केर पत्रै पत्र
मौरी आयो कसरी, एक्लै सुग्दै छ पत्रै पत्र 
काग करायो, कुकुर बसायो, गाइको के कुरा
गलाहरु, दलान्हरु,मन्दिरहरु सबै पवित्र 
प्रेम पायो, जिबन पायो, पायो सबै नछत्र 
सम्झन पर्नेहरु बिर्सेंर, मान्छेहरु अल्पत्र 
पत्रहरु छोए, सुघे, फेल पारे रित्तो मात्र

न कोख छ न काख ?

कोखबाट मान्छे  काखमा झर्छ कि खस्छ ?
म सम्जिन्न कोख कती मज्जा थियो ?
तर किताब भन्छ गज्जब हुन्छ ।
कती गज्जब मैले सोधिन गुरुले भनेनन,
तेही किताब जानोस बा तेही लेख्नेहरु?
ए ए किताब त सबै तिनैले लेख्थे,
जसले  कोख मुन्छे को जिबन भर बर्दान पाएनन
खैर् जे होस्, जो होस् कोख कोख नै हो ,
संसारको सत्य, कटु सत्य, रिसैले मरेनी नहुने,
 पैसा - हा हा नो भ्यालु, भालु हुन्छ आलु ।
आज चराइरहेको, पोलिरहेको तेसैले हो
न कोख छ न काख ?
कोख न म सम्जिन्छु न सोध्नलाई---- छैन ।
काख म सम्जिन्छु,
कती मायालु, सुरछित, सन्सारै तेही,
नयाँ शब्द थप्दै छु शब्द कोस्मा थप्न, आशा छ भेटिन्छ
आफसोच मान्ने कि भाग्य ? खै के हो ?
काख छोटो रह्यो, सपना जस्तो जस्तो ।
भुज्थिन धेरै थियो, बुजे थोरै भयो .
झुक्काएर कतकती, अरुले नभुजे, बिर्सिये निदाये मात्र ।
तेही पनि छैन अब, अरु कोही खोस्दैनन, अ ह कोही पनि
मेरो काख, म शुरछित् रहने काख धेरै टाढा छ,
म सपनिमा देख्छु, म सुत्न सक्दिन, अरु के के  .
लाग्छ काख कहिलै मलाई सम्झन्न, बाहनामा निस्केको  
छितिज बाट चिहाएको  हुन्छ रे भन्छन      
भो म  छितिज चिन्दिन, सपनिमा  न आउन
कोख बिर्सेंर हुँदा काख बिर्सिन्न किन हुन्न .

Dignified Menstruation is Human Right.

आज (1 December 2024) मैले मानव अधिकार आयोगका मा. अध्यक्षसंग सोधे - सन् २०२० मा दोस्रो #मर्यादितमहिनावारी दिबस मनाउन सह-आयोजक (फोटोमा) भएको ...