Declaration Paper 2018, Dignified Menstruation Hygiene Day
This is post here again for reference because many of stakeholders did not know and keep asking about it. The minister of women, children, Ministry of Health, Ministry of Education and Ministry of Water Supply and sanitation and speaker were there.
In 2019, there were similar types of programs and I was following the campaign but do not find the implementation at all.
नेपाल सरकारको चारवटा मन्त्रालयले यस
सम्बन्धी विभिन्न प्रतिबद्धता गरेका थिए । सभामुख कृष्ण बहादुर महरा सहित
मन्त्रीहरुले हस्ताक्षर गरेको ७ बुँदे प्रतिबद्धता निम्नानुसार छ :
१. हामी
महिनावारीका समयमा हुने सबै प्रकारका हिंसा अन्त्य गर्न र सरसफाइको वातावरणमा
बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न मर्यादित महिनावारी स्वच्छता नीति लागु
गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
२. हामी
महिनावारीका समयमा महिलाहरुको जीवन नै जोखिममा पर्ने छाउपडी लगायतका कु-
प्रथाहरुलाई पूर्ण रुपमा निषेध र निर्मूल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
४. हामी
समुदायगत तहमा सरकारी र गैर सरकारी तहबाट सामाजिक परिवर्तनका सघन अभियानहरु
सञ्चालन गर्दै समुदायलाई महिनावारीसँग जोडिएका कुरीति र गलत मान्यता परिवर्तन गर्न
एकीकृत कार्ययोजना तर्जुमा गरी साझा कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त
गर्दछौं ।
३. हामी
देशैभरिका सामुदायिक विद्यालयमा नियमित पानीको उपलब्धता सहितको किशोरीमैत्री
शौचालय निर्माण गर्ने र महिनावारीका समयमा विद्यालय आएर निर्धक्कसँग पढ्ने र
स्वच्छता सामग्री उपलब्धताको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
५. हामी
स्थानीय तह, प्रदेश
तह तथा संघीय तहको नेतृत्वमा रहेका सबै महिला तथा पुरुष जनप्रतिनिधीहरु आफ्नो घर, परिवार तथा समाजमा आफै उदाहरणीय
बनेर महिनावारी सम्बन्धी सबै प्रकारका कुसंस्कार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त
गर्दछौं ।
६. दिगो
विकास लक्ष्य पुरा गर्न राज्यको आवश्यकता अनुरुपको आर्थिक तथा प्राविधिक सहयोग, गैरसरकारी तथा निजी क्षेत्रबाट
राज्यले अघि सारेका योजनाहरुमा हातेमालो र नागरिक समाज एवं समुदायका तर्फबाट महिला
अधिकारको सुनिश्चितताका लागि परिवर्तनको यो अभियानमा सक्रिय सहभागिता जनाउने
प्रतिबद्धता व्यक्त गर्दछौं ।
७. हामी
‘महिनावारीलाई म र मेरो घरबाट नै मर्यादित बनाउछु’ भन्ने दृढ अठोटका साथ हामीले आज
गरेका प्रतिबद्धतालाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।