Thursday, December 8, 2022

Closing Remarks; Press Meet, November 25, 2023

 

Dear Friends from AHF, Steering committee members and national coordinators of GSCDM, executive committee and members of DMC Nepal, Media and all participants who are joining here and online from all around the globe,

Book Review: Shunya ko Mulya, Dr. Nawaraj KC

 

·      शुन्य भंग गर्दै स्नेहले बुनिएका अक्षरहरु चोर्दै चोर्दै विचरण गर्ने तपाई महान पाठकहरुमा मेरो हृदयको गहिराइबाट एक भूगोल साहित्यिक नमस्कार |

·      बिधवा आमाको ख्याल गर्न कर्णालीको फेद फेदमा जन्मिएर कर्णालीका कुना कुनामा साहसी आमाहरुको आँखाबाट पढेको, आशुबाट बगेको, उहाहरुको पैतालामा सिंगो कर्णाली मात्रै ननापेर सिंगो नेपाल अझ भनौ सिंगो ब्रामंडको सयर गर्ने साहसी, स्नेहको प्रति मुर्ति, शुन्यको परिभाषाकार हैन दर्शनकार डा. नबराज केसीलाइ मुरी मुरी बधाई |

·      यो  एक महिला, एक


 आमा, एक प्रेमी, एक दिदीका तर्फबाट, यो तिमीले शुन्यतामा हराउदा देखे जति कै निलो आकाश जति धन्यबाद पनि | हैन धेरै नै लिन मिल्छ भने पनि लिनु मेरो कन्जुस्याई रहने छैन |

Closing Remarks on 4th International Dignified Menstruation Day 2022

 

·      Dear Friends from AHF, Steering committee members and national coordinators of GSCDM, executive committee and members of DMC Nepal, Media and all participants who are joining here and online from all around the globe,

·      Namaste, Salam Alekam, good morning, good afternoon and good evening!

·      All protocol observed.



Thursday, November 17, 2022

Key Note Speech: Period Pandemics

 Key Note Speech

·       Namaste, good evening friends

·       Its my great pleasure to be with you all.

·       Thank you so much for the opportunity.  

·   I have so many stories to share, let me share a story why do I dedicate my life for Dignified Menstruation today.  

It started 40 years ago. I knew menstrual blood as an impure, dirty, and contaminated fluid from my mother, and not only observed dozens of menstrual restrictions among my three sisters but also noticed that they were treated as powerless beings, inferior, disadvantaged, and weak. I was shocked and deeply traumatized. I did not like to live as a girl child so I attempted suicide. Unfortunately I failed, and fortunately I am speaking with you all now. The story continued.

Saturday, September 24, 2022

local election in Nepal 2022

दोस्रो स्थानीय चुनाबको अनुगमनमा जान दुइ कुराले म अलिक आकर्षक थिए - चुनाबमा मर्यादित महिनावारिका सिदान्त कति प्रयोग भएका हुन्छन होला जताततै प्रजातन्त्र र समाबेशीका नारा घन्किएका हुन्थे | अर्को कारण डोल्पामा बस्ने रहर पुगेको थिएन. गएको दशैँ अघि गरिएको यात्रा बिरामी पारेर छोटो पारिएको थियो | अझै महत्वपूर्ण कुरा त के भने प्रेम बहादुर बोहोरा भाइ नगरपालिकाको मेयर पदमा उठेका थिए | 

Thursday, August 4, 2022

Is Combating Viruses with Vaccine Inequity Possible?

 Often, I asked myself in the past -- were pandemics real? Did these pandemics sweep away such a large number of lives? While studying public health issues in my nursing course about three decades back, I witnessed outbreaks of communicable diseases in specific districts such as Chitwan and Jumla.  I also saw them while working at respective district hospitals as a Nurse.

Saturday, July 16, 2022

Solidariy

 

ऐक्यबद्धता

 मानव अधिकार, सामाजिक न्याय र लैंगिक हिंसा बिरुद्ध लेख्ने लेखक, संगीत (याम वहादुर क्षेत्री) बाट सात बर्ष अगाडि यौन हिंसा भएको दाबी गर्दै हालसालै सर्भाईभरले फेसबुक लाईभ मार्फत सार्बजनिक गर्नु भएको यौन हिंसाको घटनाले हामीलाई स्तब्ध बनाएको छ । यस घटनाले यौन हिंसा जुनसुकै क्षेत्र, पेशा, तह, र राजनीतिक विचारधाराको वृत्तमा व्याप्त छ भन्ने कुरालाई फेरि एकपटक उजागर गरेको छ । सर्भाईभरले यति लामो समय भोग्नु भएको आघात अकल्पनीय छ । यसका वावजूद यौन हिंसाको घटना बाहिर ल्याउने ऊहाँको हिम्मतलाई हामी सम्मान र उहाँले सार्वजनिक गर्नु भएको भोगाइमा हामी बिना शर्त विश्वास गर्छौं। सर्भाईभरले नामै लिएर यौन हिंसा जस्तो संवेदनशील मुद्धामा विभिन्न संस्था र सार्वजनिक छवि बनाएका व्यक्तिहरुले खेलेको भूमिकामा गर्नु भएको प्रश्नमा समेत हाम्रो ध्यानाकर्षण भएको छ । सर्भाइभरले आफ्नो फेसबुक लाइभमा भने अनुसार, कानुनी कारबाहीको लागि जाँदा हदम्यादको तगारो आउने देखि, उहाँले आफूले भविष्यमा अन्य लडाइँको सम्भावना कायमै राखि हाललाई आफूले भोगेको यौन हिंसाको घटना सम्बोधन गर्न विश्वास गरेर सहयोग मागेका मध्येका केही व्यक्तिहरुले महिनौँ उहाँलाई दिएको मानसिक हतासा र हैरानीको हामी भत्सर्ना गर्दछौं ।

Dignified Menstruation is foundation for achieving SDGS

 

मर्यादित महिनाबारीको मूलप्रबाहीकरण दिगो विकास लक्ष्य प्राप्तिको आधार

आजको दिनमा `दिगो विकास लक्ष्य’ नसुन्ने को होला ? `कोही पनि पछाडी नपरुन वा नछुटून’ भन्ने नाराका साथ अगाडी बढिरहेको यो लक्ष्य सयुक्त रास्ट्रसंघसंग आबद्द सबै राष्ट्रहरुले आ-आफ्नो देशको टार्गेट (अपेक्षित नतिजा) निर्माण गरेर काम गर्न थालेको सन् २०१५ बाट हो जसका आधारमा संसारले सन् २०३० मा सामाजिक, बाताबरणीय रुपान्तरण सहितको महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ | यसको कार्यन्वयनका लागि स्थानीय देखि सयुक्त राष्ट्र संघ सम्म पाच वर्ष र खरबौ खरब लगानी भैसकेको छ | जम्मा १७ वटा लक्ष्य र १६९ टार्गेट भएको यो बिश्व अभियानमा `मर्यादित महिनाबारी’ को स्थान जताततै छ तर देखाल कतै पनि छैन | अर्थात् औपचारिक रुपमा मर्यादित महिनाबारीको सूचांक प्राप्तिको लागि भनेर कतै लेखिएको छैन तर यसको सिदान्त र ब्यबहारिक पक्षलाई बिस्लेषण गर्ने हो भने जतातै छ | कुनै कुनै सस्थाहरुले महिनाबारीलाई स्वास्थ्य, सरसफाई संग कसैले लैंगिक समानता संग जोडेर तर छुटाछुटै सम्बोधन गर्न कोशिस गरेका भने छन् | महिनाबारी प्राकृतिक तर जटिल र बहुमुखी अबस्था भएकोले एस्तो एकांकी र टुक्रे सम्बोधनले दिगो विकास लक्ष्य पुरा हुन् सक्दैन | यो पृष्ठभूमिमा दिगो बिकास लक्ष्यमा काम गर्ने सबै सरोकारवालाहरुले `मर्यादित महिनाबारी’ लाई किन बिर्सन हुदैन वा यसको मूलप्रबाहीकरण किन आबश्यक र महत्वपूर्ण छ भन्ने सबालमा केन्द्रित रहेर लेखिएको लेख हो |

Sunday, June 26, 2022

Menstrual Discrimination in Badikhel, Lalitpur


The total students were 27 who 19 girls, boys 8. Among them, 24 belonged with grade  and rest of them belonged with grade 9. Except two, all were belong with Pahari, indigenous community. 

Both girls and boys shared that they have been practicing menstrual restrictions at their home such as restricted for a single room for 7 days (not allow to see any male members, sun, mobility even within home etc.), not allow to enter or cook in kitchen, not allow to touch male members, performed any religious activities. Likewise, not allow to touch the plants, flowers, fruits during menstruation.

Monday, May 30, 2022

Tax on Menstrual Pad, Budget 2079

 अप्रत्यक्ष कर, बुंदा न. ४०३, पेज न. ८० #बजेट भाषण२०७९

यस बुंदामा उल्लेख भएका कुराहरु

१.   आयातमा लाग्दै आएको भन्सार शुल्क मा ९० % छुट

२.  कच्चा पदार्थको भन्सारमा १ प्रतिशत मात्र कर

३.   सरकारीस्तरबाट बितरण प्याड स्वदेशी उत्पादन

Saturday, May 28, 2022

Thank you note

 

#महिनावारीविभेद लाई  मानब अधिकारका दृस्टीकोणले बिस्लेषण र सम्बोधन गर्ने नबिन र बृहत अबधारणा #मर्यादितमहिनावारी हो | हरेक व्यक्ति जो पाठेघर र अन्डाशय लिएर जन्मनेहरुले #मर्यादितमहिनावारी जीबन जिउन पाउने उनीहरुको संबैधानिक तथा मानब अधिकार हो | महिनावारी विभेद मानब अधिकारको हनन र लैगिक हिंसाको स्वरूप भएकोले यसलाई १६ दिने लैगिक हिंसा बिरुद्दको अभियानको १४ औ दिन अर्थात डिसेम्बर ८ तारिखका दिन मनाइन्छ |  हाम्रो महिनावारी जिबन चक्र भर नै मर्यादित बनाएर बाच्न पाउने हाम्रो मानब अधिकार हो | हरेक पल मर्यादित महिनावारी दिबस मनाइनुपर्छ   तथापी दिबस नै मनाउन ब्यबहारिक हुँदैन | तसर्थ हामीहरु मर्यादित महिनावारीको आबाज बुलन्द पार्न त्यस्ता दिन वा पलहरु पर्खिरहेका हुन्छौ | त्यस्तै आजको दिन पनि एउटा अबसर हो | संसारभर नै छरिएर बस्नुभएका बिभिन्न संस्था, व्यक्ति वा संजालले आजको दिनमा वा आजको दिनको उपलक्ष्यमा मर्यादित महिनावारीको कुनै न कुनै पक्षलाई दिबसको रुपमा मनाउनु भएकोमा हामी धन्यबाद तथा धन्यबाद ज्ञापन गर्दछौ |

#WeAreCommiittedForDignifiedMenstruation, #MHDay2022

Sunday, May 22, 2022

Menstrual Talk, Dignity First

 

Menstrual Talk, Dignity First[1]

`The issue of Menstrual Discrimination is not an issue for Madesh.’ This is a very common statement among many parliamentarians, activists, NGO workers and so on who belong or work for Madhesh. Menstrual Discrimination is ranges of practices associated with menstruation that includes taboos, stigma, shyness, restrictions, abuses and violence associated with menstruation throughout the life cycle of menstruators (girls, women, transmen and queer or who born with uterus and ovaries). There were evidences since 2005 which confirmed the menstrual discrimination prevail in Terai regardless of religion, class, caste, region etc. However, it is yet to acknowledge by all concerned stakeholders at federal, provincial and local level.

Saturday, May 21, 2022

Menstrual Dignity is Life Long Process

This is the part of conversation in Karnali Utsav March 2021 and all about how does the menstrual dignity is urgent in our life cycle approach. Organizer will be preparing a proceeding report. I would prefer to share over here because it is public document already via facebook live, you tube. Here, the role of men for menstrual dignity, the socialization of menstrual discrimination and rights in our constitution are briefly discussed during my part of talk. Once again, thank you Karnali Utsav. 

राधा पौडेल

अभियन्ता, लेखक

वास्तवमा कर्णालीमा महिलाहरूको अवस्था मैले अठारउन्नाइस वर्ष अगाडि जुन अवस्थामा देखेको थिएँ, त्यो अवस्थाबाट अलिकति सकारात्मक हिसाबले अगाडि बढेको देखिन्छ राजनीतिमा, स्वास्थ्यमा, खानपानमा, सबै कुरामा, तर गमता जीको कुरा सुन्दा, डा.नवराज को  कुरा सुन्दै गर्दा कर्णालीमा महिला तथा बालबालिकाहरूको अवस्था जहाँको त्यहीँ भन्दा फरक पर्दैन, मैले अन्याय गर्दिन जस्तो मलाई लाग्छ वास्तवमा के भने हामीले  महिनावारी बार्ने जुन अभ्यास , महिनावारी वा छाउ पुरुषहरूको दाह्री जुँगा आएजस्तै महिलाहरूको महिनावारी हुने कुरा हो यो प्राकृतिक कुरा हो तर यो सँग जोडिएको सामाजिक, आर्थिक, राजनैतिक, वातावरणीय पक्षहरूलाई विश्लेषण नगरेका कारणहरूले गर्दा पेटमा बच्चा आएदेखि मृत्यु पर्यन्तसम्म छोरीहरूमाथि गरिने विभेदहरुको को मुख्य कारण नै महिनावारी बार्ने अभ्यास हो त्यो अभ्यासका दृष्टिकोणले हेर्दाखेरि महिलाहरूको अवस्था पटक्कै सुध्रिएको छैन अहिले खुसी लाग्छ, गमताजीले जुन अघि उदाहरण प्रस्तुत गर्नुभयो आफूले बार्न छोड्नुभयो, त्यसपछि सङ्गठित रूपमा छोरीहरूलाई लैजानुभयो, गोठ नि भत्काउनुभयो | एउटा जुन प्रक्रियागत रूपमा अगाडि जानुभएको उहाँको कथा मेरो कथाको सिलसिला  वा प्रकिर्या एउटै हो भलै हामी दुइटा फरक जातमा, फरक परिवेशमा जन्मिएर, हुर्किएर काम गरेका व्यक्तिहरू हौ , तर हामीले काम गर्ने प्रक्रिया एउटै हो यसो भन्दै गर्दाखेरि नेपाल सरकारले मर्यादित महिनावारीलाई आत्मसात् गरेर मस्यौदा नीति बनाउने, विभिन्न कार्यक्रमहरूमा समावेश गर्ने, अन्तर्राष्ट्रियस्तरमा कार्यशाला गोष्ठी गरेर छाउपडीको देश होइन मर्यादित महिनावारीको देश हो भनेर अगाडि लैजानका लागि जुन खालको पहल गरेको , छाउपडी गोठमुक्त अभियान गर्दै मर्यादित महिनावारी प्रवर्द्धन गर्ने भनेर यही गएको २०७६ माघको गते सङ्घीय, प्रदेश नगरपालिका, गाउँपालिका, सबै प्रमुखहरू रहेर प्रतिबद्धता गरेको ठाउँ पनि हो तर एकातिर अक्षरहरूमा, संविधानमा, नीति नियमहरूमा, प्रतिबद्धताहरूमा, भाषणहरूमा महिलाहरूको सशक्तीकरण भएको , महिलाहरू मर्यादापूर्वक जिउन पाउने कुराको आवा दिएको तर वास्तविक जीवनमा हेर्ने हो भने सुकी बडाललाई लिएर हेर्नुपर्छ हामीले उनी गरिबीका कारणले मात्रै मरेकी होइनन्, उनी रक्सी खाएको श्रीमानले कुटेर मात्रै मरेकी होइनन्, जुन त्यहाँभित्र रहेको छोरीहरू भनेको मानव नै होइनन् उनीहरू एउटा पशुसरह हो भन्ने जुन खालको सामाजिकीकरण , महिनावारी बार्ने कारणले गर्दा घरदेखि नै छोरा छोरी बिचमा जनखालको छोरीहरूलाई शक्तिविहीन छोराहरूलाई शक्तिशाली जे पनि गर्न सक्छु, जे पनि गर्न हुन्छ भन्ने खालको जुन सामाजिकीकरण भएको त्यसको एउटा परिणाम हो यसले हाम्रो राजनैतिक, आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ सबै तह क्षेत्रमा अल्पकालीन दीर्घकालीन दुवै रूपमा असर गरेको  

मलाई दुई जना साथीहरूको कुराबाट के सापट लिन मन भने, हामीले गर्न बिर्सेको कुरा नै यही हो, आमा भन्दाखेरि अथवा महिला भन्दाखेरि हामीले महिनावारी भन्ने कुरै छुटायौँ जबसम्म महिनावारी विभेदलाई सम्बोधन गर्न हामीले अभियान अथवा कुराकानी, वार्ता गर्दैनौँ, तबसम्म केही पनि परिवर्तन हुँदैन उहाँले भन्नुभएको जस्तै आमालाई महिनावारी विभेदका कारणले गर्दा, एउटा पेटमा आएदेखि नै हेलाँ गर्न थालिएको , एउटा छोरी हो नि यो यसले केही पनि गर्न सक्दैन ,यो दोस्रो दर्जाको व्यक्ति हो भन्ने खालको उसलाई मानवको हैसियतमै राखिएको छैन भने अर्कोतिर  महिनावारी भएकै कारणले गर्दा उसले जुन खालका खानेकुराहरू खान पाउनुपर्ने थियो त्यो खानेकुराहरू खानबाट नै विभेदमा पर्छ उसले  ५० प्रतिशत महिलाहरू कुपोषित भएको कारणले ५० प्रतिशत बच्चाहरू कुपोषित छन् भन्ने खालको जुन तथ्याङ्क पेस गर्नुभएको त्यो एकदम अन्तरसम्बन्धित हुन्छ हामीले आज छाउको कुरा गर्दै गर्दा समावेशीको एजेन्डा राख्दिम , महिनावारीको कुरा गरम न कर्णालीमा राखिएको कार्यक्रम भएपछी,  हैन कुरा गर्दै गर्दा सरसफाइको कुरा पनि गर्दिए हुन्छ, भन्ने खालका खालको मानसिकताबाट ग्रसित भएको कारणले गर्दा महिलाहरू विभिन्न तह क्षेत्रमा हिंसामा परेका हुन् उहाले भन्नु भएको आत्म हत्याको कुरा, सुकी बडालको कुरा होस् वा उहाले स्कुल जान नपाएको कुरा होस् वा उहाले राजनीतिमा सहभागिता हुन् नपाएको कुरा होस् यो सबैको सम्बन्ध महिनाबारी बार्ने अभ्यास वा महिनाबारी विभेदसंग सम्बन्ध छ | जुन महिला महिनावारी भएको अवस्थामा भान्सामा बसेर कुराकानी गर्न सक्दैन, जुन महिलाले आफ्नो दाइ भाइ अथवा आमासँग सँगै बसेर खान सक्दैन उसको पहिलो संसद् भनेको भान्सा हो अथवा डाईनिग टेबल हो | संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता लेखेको भनेर भन्दैमा संसद्मा गएर ३३ प्रतिशत महिला सहभागिता गराउन सकिन्छ? सकिँदैन त्यहाँ गएर बोल्न सक्नुहुन्छ ? सक्नुहुन्न तसर्थ सबभन्दा पहिला प्रश्न गर्न सिकाउने, आफ्नो बाउ, आमा,दाइ, भाइलाई प्रश्न गर्ने, चुनौती दिने थलो भनेको नै घर हो आज नेपालमा १०० वटा हिंसा मध्य ९३ वटा हिंसा घरमा भएको त्यो ९३ वटा हिंसामा ८२ वटा हिंसा चाहिँ आफ्नै घरपरिवारका व्यक्तिले गर्छन्, श्रीमान्, दाइ, भाइ, काका, हजुरबुवाले गरेका छन् त्यो कुराबाट जबसम्म हामी टाढा भाग्न खोज्छौँ, तबसम्म उहाँहरू दुवै जनाले भनेका समस्याहरू समाधान गर्न सक्दैनौँ सबैभन्दा पहिलो चाहे त्यो संसद् भन्नुहोस्, चाहे त्यो स्कुल वा विश्वविद्यालय भन्नुहोस् जे भने पनि घर हो घरभित्रको शक्ति निर्माण प्रक्रियालाई हामीले भङ्ग गर्न सकेनौँ, शक्ति निर्माण प्रक्रिया भनेको छोरीहरूलाई शक्तिविहीन बनाउने छोराहरूलाई बनाउने, जुन महिनावारी बार्ने चलन वा अभ्यास चाहे त्यो काठमाडौँको कुरा होस, चाहे धनी वा एकदमै पढेको परिवार, चाहे कर्णाली, सुदूरपश्चिम सबै ठाउँमा जुन खालको छोरीहरूप्रति गरिने फरक, शक्तिविहीन अथवा अमानवीय हिसाबले हेर्ने दृष्टिकोण , त्यो दृष्टिकोणलाई नफुटालेसम्म अर्थकोपनि जोडिँदैन आमाकोपनि जोडिँदैन आमालाई सहानुभूतिका हिसाबले आमा एकदम राम्री हुन्छिन्, आमाको ममताबिना केही पनि हुँदैन भनेर कविता वा गीत गाएर मात्र केही पनि हुनेवाला छैन किन सम्मानित राष्ट्रपति संस्थामाथि अमानवीय शब्दहरू बोलिए, संसद्मा महिलाहरू बोल्दाखेरि किन ट्याउँट्याउँ गर्छन् भन्ने शब्दहरू बोलिए ? किन महिलाहरूले फेसबुकमा विभिन्न कुराहरू लेख्दाखेरि बलात्कार गर्ने, मार्ने धम्कीहरू आउने गर्छन् ? ती सबैको पछाडि महिलाहरूलाई हेर्ने दृष्टिकोण कहाँबाट सिर्जित हुन्छ भन्दा महिनावारी बार्ने अभ्यासबाट सिर्जित भएको हुन्छ महिनावारी अशुद्ध हो, पाप हो, कुरा गर्नुहुँदैन, छोपछाप राख्नुपर्छ , लाज हो भन्ने एकातिर अज्ञानता अर्कोतिर मौनता अर्कोतिर चाहिँ धर्म संस्कृतिसँग जोडेर दिइने डर, महिलाहरू आफैँमा पनि सानो छु केही पनि गर्न सक्दिन भन्ने खालको कुराहरू स्थापित गराइदिने, समाजले पनि थिचिरहने, थिचिरहने | थिची, थिचिरहने   उहाकै भनाइ सापट लिने हो भने पनि आत्महत्या गर्ने कुरा पनि महिनाबारीसंग सम्बन्धित छ | उसले वा एउटा बच्चाले पाँच वर्षको उमेरमा नै महिनावारीको बारेमा थाहा पाउँछ आमाको, छिमेकी भाउजूको,  दिदीहरुको, काकीको व्यवहारबाट उनीहरूले महिनावारी बारेमा थाहा पाउछन | म ठुलो भए पछी महिनाबारी हुन्छु | महिनाबारी भएपछी महिनावारी यसरी बार्नुपर्छ, पचास साठीवटा महिनाबारी बार्नुपर्ने सुची उसले तयार गरिसकेको हुन्छ, मैले बोल्न हुँदैन, मैले यसरी सहनुपर्छ भनेर सिकाइएको हुन्छ आफ्नो आमालाई प्रश्न नगर्ने छोरीले, आफ्नो दाइले चिमट्दा, धकेल्दाखेरि तिमीले मलाई राम्रो गरेनौ मलाई मन परेन भन्न नसक्ने छोरीले भोलि आफूले काम गर्दाखेरि अथवा स्कुलमा अथवा श्रीमानलाई चाहिँ मलाई यो मन पर्दैन अथवा यस्तो नगर, नाइँ भन्ने हामीले विकासी कुरा गरिराखेका छौँ, त्यो कुरा सम्भव छैन प्रश्न गर्न सिकाउने, नाइँ भन्न सिकाउनेको अभ्यास घरबाटै गर्नुपर्छ तब मात्र सबै कुराको समाधान हुन्छ सबै हिंसाहरूको मूल जरा भनेको नै महिनावारी विभेद हो त्यसमा सम्बोधन नगरीकन वा महिला भन्ने बित्तिकै महिनावारी आउँदैन भने त्यो सम्भव छैन  

 

यो पृथ्वीमा महिनावारी सुरु भएको चार खरब वर्ष भयो , होमोस्यपियान्स अथवा चिम्पान्जीको पालादेखि महिनावारी यहाँ त्यही महिनावारीको कारणले गर्दा अगाडि ड्यासमा बस्ने पुरुषहरु जो शक्ति लिएर बस्नुहुन्छ, महिनाबारीका कारण उंहाहरु जन्मिनुभएको हो, अथवा हाम्रो सम्मानित प्रधानमन्त्री पनि जन्मिनुभएको हो सबै पुरुषहरूले महिनावारीको कारणले यो पृथ्वीमा आएको हो भन्ने कुरा आत्मसात् गर्नुपर्यो पहिला, सबै पुरुषहरू कहीँ कहीँ केही केही रूपमा शक्तिमा हुनुहुन्छ, दिलभूषण पाठक जी यहाँ हुनुहुन्छ उहाँले कति पटक महिनावारीको कार्यक्रम चलाउनुभयो ? उहाँलाई प्रश्न गर्न चाहन्छु योजना आयोगका सदस्य माननीय ज्यूहरू हुनुहुन्छ, उहाँहरूको कार्यक्रममा महिनावारीका लागि कस्ता कस्ता एकदम खास खास खालका कार्यक्रमहरू, योजनाहरू छन् ? कस्तो खालको योजना आएको ? यहाँ सबै टोपी लगाएर बस्नुभएको जुम्लाबाट आउनुभएको बा आमाहरू हुनुहुन्छ, यहाँ बस्ने भाइहरू, छोराहरू, प्रहरीहरू, तपाईँहरूले कहिले कहिले महिनावारीको बारेमा कुरा गर्नुहुन्छ ? महिनावारी हुँदाखेरि आमाहरूलाई, छोरीहरूलाई, दिदिहरुलाई  कसरी व्यवहार गर्नुभएको ? त्यहाँबाट सुरु गर्नुपर्छ हामीलाई कसैको प्रोजेक्ट चाहिँदैन, कसैको कानुन चाहिँदैन, कहाँबाट आएँ, यो पृथ्वीको अस्तित्व के मा रहेको ? भन्ने कुरा आत्मसात् गरेर , समस्या वा महिलाहरूमाथि हुने जति पनि समस्याको मूल कारण महिनावारी विभेद रहेछ त्यसको मूल व्यक्ति, कर्ता भनेको पुरुष रहेछौँ, अघि सयमा बयासी जना पुरुषहरू बाउ, काका, हजुरबुवा, दाइ, भाइ छन् नि, त्यस कारण पुरुषले समाधान गर्नका लागि किन नेतृत्व नगर्ने भन्ने हिसाबले तपाईँहरू अगाडि आउनुभयो भने समाधान सम्भव भन्ने मलाई लाग्छ जहिले पनि महिलाको अधिकारको कुरा गर्यो, महिनावारीको कुरा गर्यो भने महिलाहरू नै बोल्नुपर्छ महिलाहरू नै सचेत भएर आउनुपर्छ, महिलाहरू नै उस्तै हुन् भन्ने कुरा गरिन्छ, अघि अन्तिम प्रश्नमा गमता जीलाई सोधिएको कुनै पनि व्यक्ति, कुनै पनि अभियानकर्मी, राजनीतिकर्मी सबै कुरा जानेको हुन सक्दैन लैङ्गिक विभेद भन्ने कुरा चौबिसै घण्टा, हरेक सेकेन्ड सकेन्डमा जकडिएर बसेको हामीले अहिले भर्खर गरेको कुराकानी छलफल, उहाँले गर्न आँटेको जुन बामे सर्न आँटेको खालको अभ्यास गरिराख्नुभएको , सबै प्रश्नहरूको उत्तर दिन सक्ने सबै कुराहरूको रोल मोडल हुनसक्ने कोही पनि छैनौँ हामी सबैले विगतलाई सिक्दै, समीक्षा गर्दै अगाडि बढ्न सकियो भने साँच्चीकै न्यायसङ्गत समाज सृजना गर्न सकिन्छ, मौरी भुनभुनाए जस्तो  वा मौरीको हुला आउदा के हुन्छ , भुँ ..भुँ ...भए जस्तै महिनाबारी ...महिनाबारी .....महिनाबारी ...कुरा गर्ने | घरमा, स्कुलमा, पुजामा सबै ठाउमा कुरा गर्न थालेपछी, हाम्रो संबिधानमा लेखिएका अधिकारहरु खाना, स्वास्थ्य, शिक्षा, मर्यादापुर्बक जिउन पाउने अधिकार, महिलाको प्रजनन हकको अधिकार लगायत सबै अधिकार प्राप्त गर्नको लागि महिनाबारीका बारेमा कुरा गर्नु जरुरी छ | संबिधान लागु गर्नका लागि हामीहरु यहाँ छौ,  हरेक मानिसले म ..म ,.. भनेर आफ्नो आफ्नो क्षेत्रबाट महिनाबारीका बारेमा कुरा गरिराख्यौँ समस्या समाधान गर्ने प्रयास गरिराख्यौँ भने त्यो पक्कै पनि सम्भव पुरुषहरू जन्मिँदै हिंस्रक भएर जन्मिएका होइनन्, सबै पुरुषहरू हिंस्रक हुँदैनन्, असल पुरुषहरू धेरै भयो भने चाहिँ साँच्चिकै न्यायपूर्ण समाज सिर्जना गर्न सकिन्छ, घर सुरक्षित हुन्छ भन्ने लाग्छ  

अहिले मलाई मेरो वा, भाइ, मेरो आफन्तहरु संग समस्या छ | तपाईहरुलाई देख्दा पनि डर लाग्छ |

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...