Saturday, February 13, 2010

Valentine day

प्रेम दिबस !

बिर्सेको प्रसङ्ग,
नेटो काटिसकेको यात्रा,
मेरो संसार डटकमले सम्झायो,
टुङ्गो नलाग्ने बिसय बस्तु,
नाप्दा नाप्दै सकिएको द्रब्य,
पिउदा पिउदै प्यास नमेताउने,
छोप्न नसकिने, तर्पया तर्पया,
न राम्रो छ न नराम्रो नै!

तर,
तपस्या र योगदानको नाममा
दुखको निस्वास पिएर सुखी भन्ने चिज यो.
जस्तो ताज महलले कति खेपेको छ ताप, राप !
र पनि त्याग र तपस्यामा मख्खिएको मख्खियेकै छ.
पबित्र, श्री खण्ड भएर नि,
ठुलो सानो,दरबार र झुपडीमा नि उस्तै उचाई पाएर नि.
बेला बखत दुबिधामा परिरह्नाछ,
कहिले किल्तन संग त कहिले दाएना संग,
बिबादमा पर्छ, बेसहारा बन्छ.
एक्लै एक्लै
बेसहारा बनेर, त्रिसनामा प्रेम दिबस कुरिररह्न्छ.

अनुभवले भन्छ,
प्रेम दिबस रातो गुलाफमा झुटो माया साट्नेहरुसंग भन्दा,
बिस्वाश र निष्ठाहरुमा बिलाउन चाहन्छ.
बाबु आमाको इगोको प्रमाणपत्र, दाह सस्कार गरेर,
बाबु आमा र सन्तान सहितको सग्लो संसार हेर्न मारी हत्ते गर्छ.

यथार्थमा,
प्रेम दिबस,प्रेम भित्र संसार देखेछ.
संसारमा सक्ति भेट्छ,अनि दुनिया जित्छ,
फेरी फेरी जित्नलाई लागि परिरहन्छ,
नया नया,उत्सर्गमा प्रेमका कथाहरु कोर्न,
भौगोलिक दुरीलाई चिरेर,
सिङ्गो संसार, शान्ति, सुख र एउतै स्पन्दनले बच्न.





Friday, February 12, 2010

मेरो लोग्ने

हजारौ नर नारीहरुको धुइरो,
गाजा बाजा,नाटक,नतर्की,
भासन,प्रसंसा,बख्यनबाट, मेरो लोग्ने,

गराबाट आलीमा घाम तापेका भ्यागुता झैँ
गलाले थाम्न नसक्ने,माला पन्छाउदै,
पालै पालो सम्बोधन,र सुभकमनामा बेस्त मेरो लोग्ने,

श्रीमतीलाई माया गर्ने,सहयोगी लोग्ने,
लुगा धुने,भाडा माज्ने, मान्छे,नमुना पुरुष,
रक्सि नखाने, जुवा नखेल्ने,
वल्तिर,पल्तिर आखा लाउन नजानेको पत्नीब्रत,
कलियुगको सास्वत देवता,
जिबनी लेखिदै छ, एउटा एउटा .
मेरो आधा जिबन, मेरो लोग्ने.

महिला हिसाको बिरोधि,
महिला अधिकारको पहेरदार,
समाज रुपन्तरन्को अगुवा,
सबैले चिन्ने, आखाको नानी, मेरो लोग्ने,

बीच बीचमा परर ताली,
प्रतिबद्द गर्नेहरुको घुइचो,
किसिम किसिमका कसम,
नमुना पुरुषहरु मद्येको पनि नमुना मेरो प्यारो लोग्ने,

पत्रकारको मारामारी,
रेडियो, पत्रिकामा छ्याप्छ्याप्ती,
बाटो घाटो दुनियानै मेरो लोग्ने परि,

लाग्छ, उल्टा असर नभएको,
बांगे पानीको निर्माण कसैले गरिदिए,
म अधिकार उपभोग गरिरहन्थे, सधै नमुना मेरो लोग्ने.
(I wouls like to extend my sincere gratitude to women who traust me and share their stories)


Saturday, February 6, 2010

DAMAI

दमै

औला थरर्थरी काम्दा काम्दै,
धुकधुकी बढ्दा बढ्दै,
दुसाहस गरे यो सिर्षकमा एकछिन भुन्लाई
माफ गर्दै पड्नु होला,चित्त कतै फाटी हाल्यो भने.

चैत मासको हुरीले खसालेका,
आप टिप्न जादा,
लछारिएको गुंड, खुरु खुरु मर्मत गरिरह्यो.
भदौरे घाम, घाम पछिको मुसलधारे पानि
लुरु लुरु,आफ्नो काम गरिरह्यो,

एकादसीमा सबै नारायणी गए,
मागे संक्रान्तिमा देवघाट,
सुरु सुरु आफ्नो धन्दा सकीरह्यो,

बच्चा बचीको सुसार,
सुत्केरीको थान्कोमानको
इस्ट मित्रको मान मनितो,
चाड पर्ब,सधै जुतीरह्यो

रिस छैन कसै संग,बोलेकै सुन्न रहर,
छोरा छोरि, ठुलो सानो सबलाई सम्मान बेब्हार.

सानो लामलामो डंदुर भित्र,
जति, जस्ता भएनी अट्न सकेको,
मेलमिलापको नमुना,
मायापिरतीको उन्माद,
राजेश, झरना र नारन गोपाल,

मेहनती हुनुपर्ने उसको नाम,
मिलन्सरी राख्नुपर्ने,
नमुना जोडी भन्दै सम्मान गर्नुपर्ने,
पत्रिकमा आउनुपर्ने,टि भी मा देख्नुपर्ने,
नोबेल पुरस्कारको मनोनितमा पर्नुपर्ने,
शान्ति को दुत भन्नु पर्ने,

मान्छेले
प्रकृति माथि गरेको सोषण,
जिम्मा लिन आतुर बन्दै,
मोचानार्थ, दमै चरालाई सम्मान छ,
गल्ति दोहोरिने छैन,
सुन्दर प्रकितिबाट सिक्छ, उड्छ मान्छे .
एकपटकलाई माफी पाऊ हजुर .....

Saturday, January 30, 2010

स्मृति

घाटी सुकेर,
सुस्केराले,
स्मिर्ती भनेर बोलाउदा,
हजुर भन्दै पानी लिएर,
जिउदो आवाज त पक्कै नै आउने छैन.
तर,
आखा नदेखेर,
छामे पनि,
पिदौलाको खतले, स्मिर्ती आउने छे त्यो पानी घट्टमा,
भन्ने छे - दीडोको पानी धेरै उम्लिंछ कि छिटै आयेस.
मायाले मुसार्ने छे, सारीको फुर्को च्यातेर पट्टि लाउनेछे.

कान नसुनेर,
हेरिरह्दा,
स्मिर्ती आउछे,जुरुक्क उचाल्छे,
काखमा राख्छे, माया गर्छे,मायाले सुताउछे.
स्मिर्ती आमा भएर माया गर्छे, बा भएर स्नेह गर्छे, प्रेमी भएर प्रेम गर्छे.

आखा, कान दुवै नभएनी,
स्मिर्ती आउछे,कानमा फुस्फ्सौछे,
भाग,दौड, सत्रु तिमीलाई पिछा गर्दै छ,
लुक्देउ,झाडीमा सुत्, बाघ पनि फर्कोस,
सत्रु तर्सोस,उठ, झन्डा गाड!भन्छे.

मेरी स्मिर्ती, जानकी मन्दिर जान्छे,
कहिले भुटन देवीको मन्दिर त कहिले, गडी माइको मेला बनेर,
स्मिर्ती आइरहन्छे,झस्काई रहन्छे,

स्मिर्ती,
तोते बोल्दै आमा भन्छे,
सताउछे, फकाउछे, जिती छाड़छे,
तेस्मै प्रफुल्ल,संसार देखौछे.


बिदेस होस् वा स्वदेश,
गाउमा होसकी शहरमा,
एक्नासकी स्मिर्ती,
थाके, सक्दिन, हुन्न जानेकै छैन,
कहिले यस. यम. यस. मा,
कहिले इमेलमा, भानिरह्न्छे,
ज्यानको ख्याल गर है,
धेरै नै गर्न बाकी छ,

डोल्पा जान्छे,
बादी र पहिरोमा परेकालाई उदार गर्दै,
स्मिर्ती अउछे, भन्छे,सुनेउ आज फुको चिउरा नै भएनी खान बेबस्था भो.

मेरी स्मिर्ती चिन्तित छ,र पनि हसिरहंछे,
मेरो स्मिर्ती म संगै बस्छे,
रक्सि खान्छे, नाएट क्लब जान्छे,
झुट बोल्छे,चोर्छे, झूकौछे,
भन्छे स्मिर्ती, गल्ति भयो, अब गर्दिन.

निद्रा नपरेर,
ओलतोकोल्टो परिरहदा,
स्मिर्ती आउछे,
गोडा मिच्दिन्छे, कथा हाल्छे,
दाउराको भारी बोक्न नसकेर रोएको कथा,
नजानेर सालका पोथरा खेपका खेप गरेको गाथा,
थुन्को सिषा कलमले दिएको जाचको कथा,

बेस्त शहरमा,
जान्ने टोप्लिनेहरुलाई,
नाग्दै, उछिन्दै,
स्मिर्ती आइ, र भनि,
देखेउ अन्तत हाम्रो जित भयो,
एक गास खान, एक सरो लाउन,
तिम्ले सरिर बेच्नु पर्ने छैन,
तिमि अब एकलै पर्ने छैनौ,

स्मिर्ती भनेर बोलाउदा,
हजुर भन्दै जिउदो आवाज त पक्कै नै आउने छैन.
तर
यो एक सर्को सास तेही स्मिर्तीका लागि तनिरहेछ.
स्मिर्ती लाई कुरिरहेछ

Saturday, January 23, 2010

शान्ति आउछे .

बाहुनबाले,
घिउ थप्दै थप्दै, बोलाए,
शान्ति ! शान्ति!! शान्ति !!!
बोलिन शान्ति, आइन .

मातिएर, पातियेर,
ऋण ले थाचारियेर,
गरुला, होला र खाउला,
भन्ने आसमा, बिदेसिएकाहरुले
प्रेमले, वियोगले,स्रदाले,
ब्लग र इमेलमा,
मरिहत्ते गरेर बोलाउदा,
सायेरी, गीत र कविता मा फक्कौदा,
साढे दुइ कि पाच,
अछरमा,
खुनसियेर,
कम्पुतेरको नानो झ्यालमा,
चेप्तिएर, लेसियेर बसेकी छे शान्ति,

त्रिकोड़े यात्रा,
बल्खु, सानेपा,कोतेस्वोरको,
टाएर संग धुलिंछे,धुवा संग फुस्सिन्च्चे,
लतारिएर घसारियेर,
दुब्ली, काली, ख्यौतियेकी छ शान्ति,
किचकन्या जस्तै बिलायेकी छे,

आफै तर्सिन्छे, उछितिन्छे, फुत्किरहंछे शान्ति,
राहत को आसमा,
कहिले गधा बनेर,कहिले झाकी हालेर,
लोत परेकी शान्ति,
बासुरीमा बज्न नसक्ने भएकी छे,
बहौलायकी शान्ति,
निबस्त्र, कहिले शिह दरबार, कहिले बनेस्वोर पुग्छे,

डाक्टर र नर्स आन्दोलनमा छन्,
अस्पतालमा ताला मारेको छ,
शान्ति बेहोस् छे,
शान्ति मरी भने,
मरेकी मरै हुन्छे,
फर्किन्न, खोला बगे जस्तै,
उदौउन्ना फेरी,हिउ पग्ले झैँ सकिन्छे,
तेसैले,
आन्दोलन फिर्ता गर,सफा हावा फेर्न देउ,
चिसो पानी छार्किदेउ,
तिम्रै हातको पानी,
तिम्रै माया, तिम्रै प्रेममा,
जाग्छे, उठ्छे, हासछे, नाच्छे,
तिमीलाई जबाफ पठाउछे, फेसबुकमा,
मैले तिमीलाई थपे,स्वीकार,
म तिम्रो उही,उस्तै, थाने शान्ति !

Thursday, January 7, 2010

मेरो परिचय !!

हासो र ठट्टाको तालमा,
साथीहरु कमेन्ट गर्छन,
म हरेक पलमा अस्तित्व खोज्छु रे,
हत्केलाको कापबाट झरेको चना जुठेल्न्मा टुसाए झैँ,


बसन्तको लाली गुरास फुर्के सरि,
म गौरबले छचल्किएको थिए,
मानौ समुन्द्रको पानि ठाउँ नपाएर छाल बनेका होउन.


औला भाच्दै गुनिरहे-सगरमाथा, लुम्बिनी, जुम्ला आदि आदि.......
कुन भनू, कुनको गुण के, सम्झिनको हतारो.....

नया साथीले हात पसार्दै सोध्यो कहाँबाट?
उत्तौलिएर मैले प्रतिप्रस्न गरे,
येव्रेस्ट सुनेका छौ?
सुनेकी छु?
म प्रफुल्ल हुदै उसको बोलि छुट्न नपाउदै सोधे,
कहाँ पर्छ?
भारतमा,

म पोखिए,
फुटे, राजमार्गमा मित लाएका बसको सिषा झैँ!
दातबाट पसिना छुट्यो,
जान्ने टोप्लियेकोमा पछुतो पनि,
समलिएको पारामा सुनाए, वृत चित्र देखाए गूगलअर्थमा.



पगोडई पगोडा को देश,
सयेकड़ा नब्बे बौध्हमर्गीहरुको देश,
पुन: प्रस्न गरियो!
मेरो घमण्डले नेटो काट्यो र प्वाककै बोले,
तिमि बौद्ध मार्गिहरुको देश,
तिमीलाई थाहा छ, बुद्ध कहाका हुन्?
आकासका ताराहरु गन्दै,उत्तर आयो फेरी उही,
मानौ उ तेही देसको नागरिक होस्!
सदासहएताको सिमा नागेर केहि गरिहाल्न हामी नेपालीको गीतले रोक्यो.

मेरो परिचयले मलाई सुकसुकाएर भनिरह्यो,
बुधबार जन्मेकी दिदि बुधिनी,
मंगलबार जन्मेका तल्लाघरे सान्दाई मंगले,
स्मिर्ती, प्रकिर्ती, सम्झना, बिनिता आदि आदि
सबैको त परिचय,तर ?

मेरो परिचयको रछ्यर्थ,
सगरमाथाको फोटो निधारमा टासेर,
लुम्बिनीको स्तम्भ काखीमा राखी.,
जुम्लाको धान पसरमा देखाउदै,
म हिडिरहेको छु, फगत् मेरो परिचयका लागि,

सगरमाथा पग्लेको छ रे,लुम्बिनीमा खिचातानी,
कहिले कुन प्रदेश त कहिले कुन राज्य,
मेरो परिचय अझै नि उस्तै अन्धधुन्ध !!!

मेरो परिचय अनसन, बन्द हड्तालले कहिले देलान,
मेरो नाम भन्न नजान्नेहरुलाई, मेरो नाम कहिले सिकाई देलान ,
अब फेरी पनि मेरो नाममा भित्र वा बाहिरबाट, षड्येंत्र भयो भने,
म सगरमाथाको अठोट लिएर, बुद्धको सिद्दान्तमा,
यार्स्वगुम्बा टिपे झैँ
मेरो परिचयको एक एक मूल्य चुकाउन सकिन भने......?
म सक्दिन……


स्कुलबाट फर्कदै गर्दा,
सरुवा घारी र मन्दिरको एकान्तमा,
म बलत्कृत भए.

ट्युशन पड्ने बाहानमा बलत्कृत,
छिमेकी दाई,
काका र बाउ भन्नेहरुबाट,
म पटक पटक मेरै घरको पूजा र भण्डार कोठामा.


महिनाबारी बार्ने बहानमा,
लुक्न बसेको घर र गोठमा,
म गाउका भद्रहरुबाट लुटिए,


मिठा मिठा सपनाहरुको साथमा,
ठुला ठुला होटेलहरुमा,
हयुस्कीको चुस्कीको साथ म बलत्कृत भए.


बिबाहको औपचारिकता सकियो,
कहिले पति ब्रताको नाममा, कहिले सुशीलाको नाममा,
मुर्दो सरि म बलत्कृत भइरहे.


आत्मा निर्भर बन्ने रहरमा, कार्यालय छिर्दा,
सिप सिकाउने र बदुवाको साथमा,
म बलत्कृत भइरहे.


मनको भरि, बिसाउने निर्णय गरेर,
दुनियाको लच्मन रेखा पर गर्दै, कानुनविद्कोम़ा गए,
प्रतिउत्तरमा म बलत्कृत भए.



बलत्कारको चित्कार बाट, आत्महत्यालाई, पन्छाएर,
अधिकार र न्यायेको भिख माग्दै,
म पुलिसकोमा गए,
तुरुन्त सहयोगको नाममा बलत्कृत.


अन्यायसग जुध्नलाई म,
आवाज बिहीनका आबाज बोल्नेहरुका गए,
मेरो कथा सुनाईएन, मेरो बेथा छापिएन,
रेक्डरम़ा कैद गरिएको म,
पुन पुन बलत्कृत भइरहे.


म दिदि बहिनि रहन सकिन,
आदर्श श्रीमती पनि,
म आमा र हजुरआमा बन्न सकिन,
मैले जन्माएका छोराहरु,
रुप फरक, स्वरूप,फरक, फरक गर्दै,
मैले स्याहरेका पासुलाहरु मलाई बलत्कार गरिरहे,
म सम्झिन सक्दिन, म कति पटक,कहाँ कहाँ बलत्कृत भए?

(Indeed, I wrote this version first,I do not why I like to translate in Enligh and posted, I also put it here later)

Tuesday, January 5, 2010

Karnali and its Rights

कर्णाली र यसको अधिकार !
गरिब राष्ट्रहरुको सुचिमा १४ मा परेको नेपाललाई पूर्व मेची देखि पश्चिम अञ्चल,उत्तर हिमालदेखि दछिडमा भारतको सिमानामा एक एक गर्दै केलाउने हो भने चाए त्यो ताप्लेजुंग होस् वा धनुषा को सम्म फाट वा धनगडी, कर्णालीको बिडम्बना उस्तै उस्तै हो. साचिकै ब्व्हान्ने हो भने ललितपुर, भक्तपुर र कठ्मंदुं का छेउछौका बस्तीहरु पनि उस्तै मारमा परेका छन्.उनीहरुको पनि टाउको लुकाउने बास छैन,उभिने जग्गा छैन, बिहान खायो बेलुका के खाने, बेलुका खायो बिहान नभयेनी हुन्थ्यो जस्तो अवस्था छ. तर यो भन्दा पनि अलिक फरक र गम्भीर प्रकृतिको भने कर्णाली बासीको अबस्था छ.
कसै कसैको मनमा प्रस्न उठ्नु स्वाभाविक हो किन कर्णाली फरक?गरिबी सबै उस्तै त हुन्छनी?
हो फरक छ किन भने तपाई कि छोरि काली हुनुमा, तपाइको छोरा लाम्घरे हुनुमा, तपाई फरक दंगले शसक्त जन्मिनुमा, तपाई कि श्रीमती गोरी हुनुमा तपाइको, तपाई कि श्रीमती, तपाई का बा आमा, तपाई क़ा सासु ससुराको के दोस? तेसरी नै त्यो गरिबीमा फरक पनि छ दोस पनि हामी कर्णाली बासीको छैन.
सायद, तपाई को छोरिलाई ब्ल्याक बिउटी भनेर पछाडी लाग्नेहरुको घुएच्यो होला, तपाइको छोरालाई बा हर्मोन मा गडबडी भयो कि भनेर राजधानिका राम्रा र गतिला टोप्लियेका अस्पताल र डाक्टर को मा लाइन बसेर थाक्नु भएको छैन होला? तपाइको प्रेम बिबाह होस् वा मागी बिबाह होस्, पक्का पक्कि भएका दिन कति भाग्येमानी ठान्नु भयो होला, अरु यस्तै कति कति ....

हो यसरि नै कर्णालीले पनि उसको प्रकिर्तिको प्रसंशा पाउनु पर्ने होएँ र? कर्णाली को बिसेषता किताबका पाना, पानामा लेखिनु पर्ने हैन र ? जुम्ला, डोल्पाका स्याऊ बिदेसिनु पर्ने होइएन्न र ?तेया उम्रेका गुची च्याउ र यार्सागुम्बा सिलबन्दी गरेर संसार का कुना कुना का रेस्टुरेन्ट र होटेल हरुमा पाक्नु पर्ने होइएनन् र? हिउमा चिप्लेटी खेल्ने बिदेसी ठिटाठिटी समुन्द्रका छेउमा लर्को लागे झैँ लाग्नु पर्ने होइएनन् र? विदेश बाट अत्तर र जडिबुटीहरु माग पुरा गर्न नसकेर माफ माग्नु पर्ने थिएन र? नेपाली युवाहरु ले नभ्याएर बिदेसिहरुले काम सघाई दिनु पर्थ्यो हैन र?

तर तेसो हुन् किन प़ाउथ्यो र? कसलाई टाउको दुखेको छ र? न बाउ पट्टिको न आमा पट्टिको!उल्टो बच्चा बच्चीहरु कोहि गातो च्यातिएको किताब च्यापेर बाकल्ले छाएका स्कुल, नागो खुट्टा र भोको पेटमा पढे झैँ गर्दै होलान त कोहि खियौटे गाईको गोठालो जादै होलान, कोदोको लोप्र्यो नुन र खुर्सानी सग बल्ल तल्ल निल्दै होलान.कोहि भाई बहिना हेर्दै होलान, आमालाई सघाउदै होलान.किन भने भोका पेटहरु भर्न, नागो हरहरु छोप्न सकिन्छ कि भन्ने आसै आसमा दाईहरु, बाहरु कुम्लो बोकेर परदेश गएका छन्.

परदेशबाट के के लेउ छन् ति अबोध श्रीमती र केटाकेटीलाई के थाहा?भारी नै बोकेर, भाडा नै माजेर, ल्याएका दुइ चार जोर लुगा, एक दुइ पुरिया बिस्कुट, एक पाउ नरिबल,मिस्री र जिरा हातमा रहनुन्जेल त त्यो स्वदेश र विदेशको अपमान त बिर्सियेला तर तेसले परेको दिर्घ कालिन असरका बारेमा कल्ले सोच्ने?कसले जिम्मा लिने?
सन् २००३ मा कर्णालीको जुम्ला अस्पतालमा कर्णालीकै एतिहासिक रक्त संचार सेवा र सुत्केरी अप्रेसन गर्ने सन्दर्भमा एक एच आइ भी र हेपातैटिस बि पोजेटिब देखियेको आज सम्म के भो होला?बर्सेनि भारत जानेहरुले नजानेर वा बैरागीयेर बाटो बिरौदा आज त्यो संख्या कति पुग्यो होला? गोठालो जिबन मा रमाएका केटाकेटीले भाबिस्येको कर्णधार कसरि बन्छन होलान? एक पेट दरो खान नापुने हरुले पिरल कसरि बोक्दा हुन्, बर्सेनि कसरि सृस्ती भर्दा हुन्?

तेसो त कर्णाली बासीले राजधानी सरकारलाई गुण नलगाएको नै कहाँ हो र? २००७ साल होस् वा २०३६ साल, २०४६ होस् वा २०६१/६२ हरेक आन्दोलनमा कर्णाली तात्छ!बन्द पनि गर्छ! ताला लाउछ! तेतिले नपुगे २०५९ मा माओबादीको भिसन आक्रमण पनि खेपेकै हो?शहिदहरु पनि जन्माएकै हो, नेताहरु हुर्कायेकै हो. तर आज केहि पनि नगरे झैँ भाको छ.

नागो हर र भोको पेटमा स्वाभिमान कति दिन टिक्छ र ? सिनेमाको एक्लो हिरोले सबैलाई मारेर जित गरे झैँ जित कहाँ सम्भब छ? देसको माया कति दिन लाग्ना सक्छ र ? रितो पेटले राष्ट्रिय गीत गाउँन थाकेर आत्मा समर्पण गरेर कुल्ली र दरबान हुन् जानेहरुलाई प्रधान मन्त्रि ज्यु आफ्ना भाई भातिजोलाई जागिर लगाउने छोडेर के सोच्द्थ्ये? राजधानी गए तेही दरबार, नेपालगंज गए तेही घर,कर्णाली गए साहेब बन्न पाएकाहरुलाई जमुनियामा पोको काखी च्यापेर बोडर तिर हानिएको धुएरो रोक्न के रहर? सिमन्नामा उता गए उताका, यता आए येताका पुलिस र आर्मीले झोला छ्ताछुला पारेको रमाइलो मान्नेहरुलाई फरक दाई, फर्क दिदि, तिम्रो मेरो बराबरी अधिकार छ, हामी मिलेर माग्ने हो, लिने हो भन्न लाई कसको मुटु पोलेको छ र?
तिस लाख जनतालाई बेमौसम मा कति अन्न चाहिन्छ,कति आयोनुन आबस्यक पर्छ?बिरामी दर, कति छ? औसधि कति चाहिन्छ, डाक्टर, नर्स कति हुनुपर्छ भनेर दुइ घन्टाको हिसाब गर्न छोडेर, यो सरकार पखाला लाएर मरेपछि सुन्ने, भोकमरी लाएर लड्दै,पर्दै विदेसिए पछी मात्र सुन्ने कस्तो हुतिहारा सरकार हो? के लोकतन्त्रको सरकार यस्तै हो? यसकै लागि हामी लडेको हो? मरेको हो?

कर्णालीबासीहरु यसरी एक एक गर्दै पलाएन भएर जाने हो भने ति सामन्तहरुलाई कल्ले खबरदारी गर्छ? बारम्बार झुटा कुराको खेति गरेर नअघाउने कोरी सरकार सग को लड्छ? लोकतन्त्र मा साथ दिनेहरुसग मिलि यो निस्र्मी सरकार सग लडौ, हाम्रो आफ्नो अधिकार लिएर छाडौ, कहिले कहिँ लाग्ने गरेथ्यो हामीले लडेको पुगेन कि? हामीले हाम्रा लागि लडेका छैनेउ कि, उनीहरुलाई भर्यांग मात्र बनायेउ कि? आज साबित भएको छ- हामी आफ्नो लागि एक हुनै छ,आफ्नो लागि लड्न छ, तेसैले फर्क, फर्क !
(It is publishes in Jan 6, 2010 in www.onsnews.com)

Monday, January 4, 2010

I Can’t ………how many and where I raped?

While returning from school,
Lonely place of bush and temple,
I raped.

At a cost of home tuition,
Brother of Neighborhood,
So called uncle and fathers,
Profoundly raped at my worship and store room,

At a cost of menstrual taboo,
Hiding home and cowshed,
I victimized from so called intelligent,

Many dreams along with my lover,
At nice and large hotels,
I raped with sips of whisky,


Formality was over of marriage ,
At the name of ideal wife and greatest lover,
I accept rape without any comment.

Wishing for independent, entered at office,
At a name of skills learning and promotion
Continuously I raped!!

Determined to put off my mind’s load,
Crossed the customary law, reached at a door of lawyer,
In response, I raped!!

Escaped from suicide, blowout from raped and sorrows,
Begging rights and justice,
Reached to police,

I raped at a cost of prompt response!
Fighting for injustice myself,
Reached to institute who speaks for voiceless
Neither broadcasted not printed my story and pain,
Confined at recorder,
I raped time and again.

Unable to remain sisterhood,
Neither ideal wife as well,
Nor mother and grandmother,

My Sons!
Differs in nature and forms,
I raped by these muscles, endurance which I cared,
Can’t remember, how many times and where I raped!


(Government announce 2010 for VAW year having with poor law enforcement, what governemnt doing?)




Thursday, December 31, 2009

मेरो शुभकामना ! ! !

नया बर्स,
दसैँ,
तिहार,
इद,
आदि आदिको
शुभकामनाको गद्दीमा बसेर,
शुभकामनाका प्रकृतिहरु नियाल्दा,
मलाई प्रति प्रस्न गर्न कर लायो.

सबैलाई उस्तै, एउटीइ दुरुस्तै,
शुभकामनाले पो भएछ.
कसरि?

मैले आफन्तहरु बीच,
मेरा मित्रहरु बिच,
फरक, फरक ,
अनुभूति, स्थान र भूमिका पाए.

धेरै धेरै भूमिकाहरु ........
भूमिका बिचमा भिन्नता!

भूमिकाहरुको बीचबाट,
एउटा भूमिकाले सोदिरह्यो?

अन्तमा,
मलाई बोध मात्र हैन,
ग्लानी पनि भयो,

मेरो शुभकामना किन भिन्न हुन् सकेन?
म गरिब भएर,
के भाथ्यो र इमान्दारी हुन् सकिन.
म बेफुसती भएर के भाथ्यो, कर्तब्य बिर्सन हुन्थेन.

मेरो खुसि सकिएको थिएन,
कसैले चोरेको थिएन,
म नै पो भगुवा रहेछु.
मनै मेरो भूमिका बाट टाडा हुन् पुगेको रहेछु.

मेरो शुभकामना,
मलाई नै,
बिलिनो भयो,

मेरो शुभकामना,
मलाई नै,
कता कता,
अद्यारोमा हराएको कौवा झैँ लग्यो,

मेरो शुभकामा,
मेरो पहिलो पाइला देखि,
यो शुभकामना सम्म ठम्म उभेर,
शुभकामनाको खोस्टो खय्सकखुसुक पार्दै
मेरो आखामा हेरिरह्यो,
म अनुतरित छु.

मेरो शुभकामना,
भाति, भातिका प्रस्न गरेर,
मलाई नै जचिरह्यो
म भयेभित छु,

मेरो शुभकामना,
शुभकामनाको खात् बाट,
जुरुक्क उठेर,
मेरो शुभकामनाका,
शब्द शब्द,
पठन गर्दै,
मैले उनीलाई,
भन्ने गरेको
मेरो आदर्श, मेरो एथिच्क्स भनेर जिस्कईरायो,

मैले,
नाच्ने तालमा नाचेर,
मलाई,
निर्लाजित,
बनाई रह्यो !.
म,
पसिनाले निथ्रुक्क भइरहदा,
मलाई उहिले झैँ, पहिले झैँ,
गम्लंग अगालो हालेर भनिरयो,
मेरो अजम्बरी, परिबर्तन हुनै नसक्ने शुभकामना !!!!















सेकेण्डह्याण्ड हु म.


सुपर मार्केटको दोस्रो तलामा,
झुन्ड़ाई राखेको सेकेण्डह्याण्ड हु म.


इन्तु न चिन्तु भएर लहरै, लहरमा,
किरिज सर्लक्क देखाउदै,
झुण्डीरहेको सेकेन्डह्यान्ड हु म.


हूलका हुल मान्छेहरु,
राति राति सम्म मलाई ओल्टाई पोल्टई गरि रहन्छन,
निर्जीव भएर स्वागत गरिरहन्छु म.


बिस्त्रिना छैन रति पनि,
उनकै खुसि गौरव ठानेर,
लज्जबती झार झैँ लात्रक लुत्रुक भएदिन्छु म.


उचाल्छ्न, राख्छन, मिलाउछन,

taschhan sagain, yenama, मुस्कुराउछन्
कतिले माया गर्छन र फोटो पनि,
तर जे होस्,
झुण्डीरहेको सेकेन्डह्यान्ड हु म.


कोहि सोध्न डर मान्छन,
त् कोहि लाज पनि,
डर र लाज को मलाई के मूल्य,
अखिरमा,
झुण्डीरहेको सेकेन्डह्यान्ड हु म.


कसै संग किन्ने पैसा छैन मन परेर के गर्नु,
कसै को आल्मारीमा ठाउं छैन, मुटु नै दुखेनी के गर्नु,
आखिर सनिबार घर पुछ्न आउनेलाई दिने पोकोमा राख्न,
फेरी सेकेन्ड ह्याण्ड, जडौरी भन्ने पार्न,
फाली रहेको सेकेन्डह्यान्ड हु म.


भित्र भित्रै मक्किएको,
तिरिक्क, च्यातिने,
हारहरुमा मिलाइएको अति कम्जोर, निर्जीव, सेकेन्डह्यान्ड हु म.

तिमीलाई पनि हेर्न , छुन, मन छ भने,
उस्तै, जस्तै, उतिक्कै, स्वागत गरिरहन्छु म,
किन भने,
अखिर झुण्डीरहेको सेकेन्डह्यान्ड न हु म.


Tuesday, December 29, 2009

दिदि तिम्ले बिसौउ नभन.....
दाई तिम्ले थाके नभन...

गिटी कुट्ने हातहरुले कलम समाउन नपाउदै,
दिदि .......तिम्ले बिसौउ नभन.

तिमि हिंड्ने गोरेटोमा , बामे सर्न खोज्दाखोज्दै,
दाई......... तिम्ले थाके नभन.

यो बन्दुकको बाटो होइन , भासनको पनि,
फड्को मर्न गारो हुन्छ, धैर्य गर्छु हामी,
दिदि .....तिम्ले भयो नभन.

मन्दिरको छिडीमा गुच्चा खेल्नेहरु,
सिनेमाको भिडमा गोजी छाम्नेहरु,
हुन्न, गर्दिन भन्न नपाउदै,
दाई .... बस्छु नभन.

देशै हाम्रो प्रकृतिको, भिन्न भाषा भेसको,
खाल्टा खुल्टी, खोलोखाली, स्वाभाविक हो डिस्को,
लतारिनु, पछारिनु ,स्वादै फरक कस्तो,
दिदि....... तिम्ले पुग्यो नभन.

थोपा थोपामा अडेको यौ शक्ति,
रुपन्तरंको मूल फुतौउनुछ,
लहरिदै, छाहरिदै मुलुक ततौनुछ.
दाई ........तिम्ले हुन्न नभन.

बास नहुनेहरूको, धुरी गादेछैन,
गास नपाउने को आगो फुक्य्या छैन.
लाज लुकाउन सक्या छैन,
दिदि ......तिम्ले सुहायो नभन,


मैनाहरू बलात्कार भैराखेका छन्.
भ्रस्ताचारि लाई जेल चलान गर्याछैन,
जमिन्दारको नक्कली तमसुक च्यातेकै छैन.
सय कडा छको ऋण घटेकै छैन.
दाई .....तिम्ले मिल्यो नभन.

उच, निच सबै सगैं बिहेबारी गरेकै छैन,
बोक्सी, भुत, पीरेत छैन भनेकै छैन,
दिदि .....तिम्ले सुद्र्यो नभन.

रक्सि भट्टी बन्द भो, फेकतरी बढ्दै छ.
मातेर कुट्न छोडेको छैन.
जंगल मासियो,गिटी बालुवा भारत पुग्दैछ.
बाडी पहिरोबढेकै छ,पखाला चलेकै छ.
दाई...... तिम्ले घट्यो नभन.

गोठाला , देस, बिदेस बटुल्न सक्या छैन मैले,
सिमाना मा किला ठोक्न भ्याको छैन मैले,
दिदि ....तिम्ले सक्छौ नभन.

गिटी कुट्ने हातहरुले कलम समाउन नपाउदै,
दिदि .......तिम्ले बिसौउ नभन.
तिमि हिंड्ने गोरेटोमा , बामे सर्न खोज्दाखोज्दै,
दाई......... तिम्ले थाके नभन.

Sunday, December 27, 2009

तिमि र म ...........

तिमि र म,
म र तिमि,
सम्बन्ध के हो? नाता के पर्छ?

छेत्र के हो? सिमाना कहाँ छ?
माया, प्रेम,बिबाह, चिनेको जस्तो, देखेको जस्तो ?
कुन परिभाषामा पर्छ?

भनेको जस्तै लोग्नेस्वास्नी हो कि?
सुनेको जस्तो कृष्णजी र राधिका?
एकै छानामुनि, एकै ओछान्म सुत्नु,
भावना हो की छानिकता?

अस्पतालमा म बिना कुरुवा बस्दा,
तिमि कतै रमेर बस्न सक्छाउ भने,
तिमि र म,
म र तिमि,
सबैले देखादा, सबैले सोद्दा,
एकै छानामुनि, एकै ओछान्म सुत्नु,
माया हो की बिबसत्ता?

के खायेउ,
कहाँ गयेउ,
के गरेउ,
रहरले खोज्न र सुन्न नपाउने भए,
तिमि र म,
म र तिमि,
लोग्ने र स्वास्नी भन्नु,
सन्जोग की कामुकता?

म रोइरहद,
तिमि मुस्कुरह्येउ, भने,
म भोकै सुद्द,
तिमि भोजमा मातेर आउँन सक्केउ भने,
तिमि र म ,
म र तिमि,
एकै छानामुनि, एकै ओछान्म सुत्नु,
औपचरीकता हो की बाद्येता?

नबोलेरै जीत थानिरहंछौ भने,
इमर्जेन्सी पर्दा.....
भनेका खलिकोस्तामा,
तिम्रो र मेरो,
मेरो र तिम्रो,
नाम लेख्नुको के अर्थ?

तिम्रो जीत,
हेर्न खोजेर मात्र के गर्नु?
हारई हार पोखौछौ भने,
चूपचाप !चूपचाप,
बस्नु नै छ भने,
पल पल पिल्सिएर बस्न भन्दा,
तिमिसग मिछिये भन्नु,

नया वर्ष,
दसैँ,
क्रिसमस,
निसवासमा फर्कनुपर्छ भने,
दलिनको सघरर्मा,
तिम्रो र मेरो,
मेरो र तिम्रो,
अजंगको तस्बिरको के अर्थ?
तिमि र म,
म र तिमि,
एकै छानामुनि, सगंसगै बस्नु,
ग्लानि हो की कातरता ?




तिमि र म,
म र तिमि,
एकै छानामुनि, एकै ओछान्म सुत्नु,
भावना हो की बिबसता ?

Friday, December 25, 2009

Thursday, December 24, 2009

बाटुली !

अलच्छिनी !
कुलान्ग्घरनी !
कुजात!
गधेनी!आची खुवाई !
कति धेरै छन् उनका नाम.

जे नामले बोलाएपनि,
मुस्कुरौदै, दुइहत जोडेर निउरुनु धर्म मान्छीन उनि.
के उनि साच्चिकै अलच्छिनी हुन् त?
के जात थीयो ? के गयो? अनि आयो के?
आज सबैले वकालत गर्दैछन.
रेडियो, टेलिभिजन तेही नै बोल्दैछ ,
सरकार बजेट भासन प्रभाबकारी बनौदैछ.
यिनै कामको प्रससा गर्छ.
सबै जातकै छन् रे, राम्रो नै मानदैछन

तेसो हो भने,
के बिराईंन त बाटूलिले ?
पचास वर्ष अगी अंतरजतिये बिबाह गरेर,

उनको नाम परिबर्तन!
उनको घर उठिबास !
उनका छोराछोरी कोचेचामे!
तेतिरम्रो नाम छ उनको बाटुली.
उज्जल्यो, रातो बर्नाकी,जवानीमा कस्तो !


बाहुनकी छोरि भएर,
दमैसंग बिबाह गर्ने आट !
के उनि माओबादी हुन्? समाजसेबी हुन् त ?
हुन् उनि केवल सामान्य महिला.
उनको साहस पासंग्को सगरमाथा भन्दा अग्लो छ!
उनको विश्वास प्रिथिबी भन्दा अटल छ!

बिडम्बना!!
आज भए सेलिब्रेटी हुन्थे!
बोलिरहंछन, गाइरहन्छन्,
तर,
कन्जुस छन्, गर्न सक्दैनन्,
नबोल्नेहरू गर्छन!


अफसोच!
बास पईनान्नी बाटुलिले!
गासको को त के कुरा!
जंगलेको छेउमा, सेउलाले बारेर,
हरेक रात पुनर्जन्म लिईन,
धन्य हो बाटुली!

तिम्रो बिसौ हजार पुनर्जन्म!
तिमीलाई साधुबाद छ.

दूसल्ला त कसैले नओड्लाउला,
तिमि र तिम्रो लाशलाई,
तर म जहाँ भए पनि सलाम गर्छु.
तिम्रो आट्टीमा तिमि संगै ,
कूचिएको शिलाबतक्को लोताले,
मुख फाटेको गाग्रीबाट उबाऊदै पानि पिउन सक्छु.

तिम्रो सामाजिक क्रान्ति,
न कम्युनिष्ट न कांग्रेसलाई सुहाउछ ?
किनकी,
तिनीहरु बोल्नलाई मात्र हुन्.
इमान्दारिता र बिस्वासको लागि हैनन!


हरेक रातको पुनर्जन्ममा तिमि कति रोयेउ होला?
पश्चातापमा कति परेउ तिमि?
कति सरापेउ आफुलाई?
नानाबाला नभएको भए,रापतिमा हेलिने थियेउ!
बरनाबर्को जंगलमा पासो!
कति धिक्कारेयूनी बागले लतारेंन भन्दै खुला आकाशमा सुत्दा !

बाटुली !
म सक्दिन कल्पना गर्न पनि!
तिम्रा ति नानाबाला र तिमीलाई,
एकलासमा , बिधवा भएर बस्नुपर्दा,
आज चक्काजाम गर्दैछन, सिह्हदर्बर धेर्दैछां.

बाटुली,
तिमीलाई पो चक्काजाम गरेनी हैन?
पानी पनि खान पाएनौ!
थाग्ना घसेतेलो पुछेर सुखायेउनी !

तिम्रो लोग्ने बिरामी पर्दा, औसदी त कुरै भईन,
बोलि मीसाउने पनि कोहि पाइनेउ नि!
लाश बोक्ने कोहि नभएर, आफैले डोकोमा बोकेर सतिगति गर्दा!
तिमि महान महिला !

बाटुली !
म बिर्स भन्नता सक्दिन,
किनकी,
चोट चोट नै हो !
बिर्सेको नाटक मात्र गर्न सकिन्छा तर बिर्सन!

म एती मात्र भन्न सक्छु, बाटुली,
दिन फेरिए,
तिम्रो कथा एतिहस्नै भएनी,
नया पुस्ताले स्विकर्नेछा.
मान्छे मान्छे बिचको विभेद नीर्मुल पार्नेछ .
तिमीलाई ढिलाई भएनी मुरी मुरी बध्हाई र शुभकामना ! !!

Sunday, December 20, 2009

Women are able to lead for development activities, see -women of Patharkot VDC, Sarlahi, Nepal.
It was not easy to construct 5 KM road. It took around three months for discussing, negotiating and act it. During this process, specially, political leaders, school teachers and so called intellegent people werestand for opposition. Women were threaten by phone, abused at their work setting and on way to field, bad discussion at women's home. Women were advocating and fighting tirelessley. They also inform about their plan and challenges to their neighbouring VDCs, groups and districts. Finally, they make it where they compelled to broken rich, feudal people's house , shop and trees which were in the road. Now everone enjoying and happy. Here, Majhi (fisher) women was taking lead role.

I have Right, I can Exercise


`I have Right, I can Exercise'

(I)

Fifteen years back!!!
I never thought that,
About my tragedy with my dearest one, parents and my friends,
I was full of energy and enthusiasm.
I didn’t listen to anyone, married a policeman of buffer zone.
He really loved me! respected me! I am shocked - how he left me!
After two years of my blissful time,
Having girl child, looks like copy of him, felt proud, being with him.
Regrettably, he said that he transferred
He gone, gone forever, no miss calls, no letter
My tragedies went up and up !
(II)
Kicked out from my rental house,
No communication with parents and siblings,
I was in road! No food for my daughter, Iam guilty of her as well,
Everyone behave as I’m untouchable and to my daughter!
I begged for labor work but NOT provided
I loved roads, sold liquor, gradually men started coming,
All respected me by drinking, love me with sexual advantages
Neither was I aware nor options I had!
I got used to all, couldn’t kill neither my daughter nor mine,
In other hand,
Charged me-a bad women like prostitute,
Neighbors threatened me for burn,
But it was my life and way of survival!
(III)

Now, improved my social condition as well,
Because I associated with popular education centers,
I give up liquor, men, quarrelsome and all misfortune,
Still I am with my girl child.
Transformed daily life of both of us, she is in school as child of shopkeeper,
No men come at night,
No any charges, violence at all.
I learned several things from my life.
Won’t repeat to my girl child.
She would get education as her choice, were not blind as I had.
She has right to control over body with logical order, not as mine.
She would get position by her choice and would act upon
(Presented in Burundi, WEP conference, June 2009)

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...